हावाहुरीले विद्यालयमा क्षति

सुर्खेत, ३१ वैशाख । (साबिस)
हवाहुरी र वर्षातका कारण तातापानी–८ जामु सुर्खेतको जनज्योति निम्न माध्यमिक विद्यालयमा करिब नौ लाख बराबरको क्षति भएको छ । शुक्रवार दिउँसो २ बजेतिर आएको हावाहुरीले विद्यालयमा क्षति पुगेको हो ।
जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजारको अनुदानमा निर्माण गर्न लागिएको भवनमा क्षति पुगेको प्रधानाध्यापक कृष्ण ढकाले जानकारी दिए । भवनको लागि जग निर्माण गरी फलामको डण्डी ठडाइ राखेको अवस्थामा एकासी हावाहुरी लागि हालसम्म निर्माण गरिएका सबै भत्किएको उनले जनाए ।