‘श्रीमती मेरो लागि भगवान् हुन्’

DSC04940भनिन्छ श्रीमती आमा अनि भगवानको रूप हुन्छन् । श्रीमतीलाई आमा अनि भगवान्को रूपमा हेर्ने व्यक्ति सायद हाम्रो समाजमा थोरै मात्रामा भेटिन्छन् । एउटी छोरी आफ्ना घरपरिवार, समाज, नाता इष्टमित्र सबैलाई त्यागेर पराइ घरमा जाँदा कस्तो पीडा अनि चुनौतीहरू भोग्नुपर्छ त्यो त भोग्नेहरूलाई मात्र थाहा हुन्छ । श्रीमतीलाई भगवान् अनि आमाको रूपमा सम्मान गर्ने पुरुषहरू हाम्रो समाजमा अझै पनि भेटिन्छन् । यस्तै पिता दरिमान केसी र माता नन्दा केसीको कोखबाट २०२१ सालमा लालीकाँडा दैलेखमा जन्मिएका पहलबहादुर केसी पनि आफ्नी श्रीमती जमुनालाई भगवान् सरह मान्छन् । उतिकै मान सम्मान पनि दिन्छन् ।
केसी भन्छन्, ‘जमुना मेरो लागि भगवान् बनेर मेरो जीवनमा आइन् ।’ केसी विवाह गर्दा कक्षा १० मा पढ्दै थिए । धेरै पढेर भविष्यमा शिक्षक बन्ने उनको बाल्यकाल देखिको सपना थियो । त्यही सपना पूरा गर्नको लागि जमुनाले रातदिन मेहेनत गरेर केसीको पढाइलाई निरन्तर अगाडि बढाउनमा ठूलो मद्दत गरिन् । केसीको घरको अवस्थालाई सुधार गर्नमा पनि जमुनाको ठूलो हात थियो । केसीको जीवनमा जबदेखि जमुना आइन् तबदेखि नै केसीको जीवनमा खुशीका बहारहरू आउन थाले ।
विवाहपछिका दिनमा सङ्घर्ष त उनीहरूले धेरै नै गरे । केसीका बाल्यकाल दैलेख लालीकाँडामा नै बित्यो । बाल्यकालदेखि नै सङ्घर्षका मोडहरूले केसीलाई छाडेन । उनी आफ्नो मेहेनतप्रति बढी विश्वास गर्छन् । बाल्यकालदेखि नै उनको जे काम गर्ने आँट लियो त्यो काम गरेरै छोड्ने र अरुभन्दा अगाडि बढ्नुपर्छ भन्ने स्वभाव थियो । उनको मेहेनतले उनलाई १० कक्षा पास हुने बित्तिकै शिक्षिक बन्ने मौका दियो । केसीले २०३८ सालदेखि शिक्षक भएर हाल उनी प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । सुरुमा उनले दैलेखको लालीकाँडाको विद्यालयमा अध्यापन गराए । उनी सात वर्ष शिक्षक भएपछि शिक्षक सेवा आयोगबाट नाम निकालेर स्थायी रूपमा मटेलाकाँडा झोगाडाको विद्यालयमा अध्यापन गराए । उनले शिक्षक भएर विभिन्न ठाउँमा अध्यापन गराउँदै अगाडि बढे । हाल उनी सामुदायिक मावि लेखपराजुलमा प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । उनको बाल्यकालको सपना पूरा त भयो तर, जमुनाले केसीका लागि गरेको त्याग तपस्यालाई केसी प्रेरणा मान्छन् । उनी भन्छन्, ‘उनी नै मेरो जीवनको सुखी हुन्, म उनको ऋणी भएको छु उनले गर्दा नै म विवाह पछि पनि पढ्न पाए, अगाडि बढ्ने हौसला पनि पाए र त मेरो बाल्यकालदेखिको सपना पूरा भयो ।’ केसीको जीवनमा जमुना नआएको भए सायद केसीको सपना पूरा हुने थिएन होला । जमुनाले घरको सम्पूर्ण घरधन्दा धानेर छोराछोरीको साथमा सङ्घर्ष दुःख गरेर श्रीमान्लाई बाहिर पढ्न पढाइन् । यतिसम्मकी केसीलाई कानुन विषय लिएर नेपालगन्जमा अहिलेसम्म पढ्न पठाउँदैछिन् । अहिले केसीले कानुन विषयमा एलएलबी पढ्दैछन् । उनले घरको सम्पूर्ण जिम्मेवारी र साथमा रहेका छोराछोरीहरूलाई आफूले सम्मालेर केसीलाई पढ्न पठाइन् । उनीहरूको विचारमा श्रीमान् श्रीमती बीचको विश्वास सधैं दरिलो भए मात्र जीवनको लक्ष्यसम्म पुग्न सकिन्छ ।
पिता कर्णबहादुर बिसी र माता शान्ति बिसीको कोखबाट २०२२ सालमा लालीकाँडा दैलेखमा जन्मिएकी जमुनाको बाल्यकाल घाँस दाउरा, मेला पर्वमा नै
बित्यो । सामान्य लेखपढ गरेकी जमुनाले बाल्यकाल गोठालो जाने, घाँस दाउरा काट्ने गर्दैमा बिताइन् । कक्षा ३ सम्म पढेर आफ्नो पढाइलाई रोकेकी थिइन् । उनले भनिन्, ‘त्यतिबेला स्कुल पनि टाढा–टाढा थिए, फेरि छोरी मान्छे भएर टाढाको स्कुलमा पढ्न जानु हुँदैन भन्ने मूल्य र मायताले गर्दा पनि पढ्न पाइन ।’ जमुनाको बुबाको धरमपोखरा बजारमा कपडा पसल थियो । जमुना सधंै जसो बुबाको पसलमा बस्ने गर्थिन् । केसी भने पढेर जमुनाको पसल हुँदै घर जाने
गर्थे । केसी जमुनालाई हेर्नको लागि पनि उनको पसलको बाटो हुँदै घर जाने गर्थे । सामान किन्ने निहुँमा जमुनालाई हेर्नको लागि पनि केसी पसलमा जाने गर्थे । उनले भने, ‘हामी एकअर्काेलाई मन पराउँथे त्यसैले पनि जमुनालाई हेर्नकै लागि पनि उनको पसलमा जाने गर्थे ।’ दुवैले एकअर्काेलाई मन पराउने कुरा दुवैको घरपरिवारलाई पनि थाहा भइसकेको थियो । दुवैको घरपरिवारले थाहा पाए पनि मुखै खोलेर भने दुवैले आफ्ना परिवारलाई भन्न सकेका थिएनन् । किनकी त्यतिबेलाको समयमा घरपरिवारसँग मैले मन पराएको केटासँग बिहे गर्छु भन्ने संस्कार थिएन् । उनीहरू भन्छन्, ‘सायद घरपरिवारलाई भनेको भए मान्थे होला तर हामीले भन्न सकेनौं र भागी विवाह ग¥यौं ।’
एकअर्काेलाई बुझेपछि उनीहरूले भागेर विवाह गरे । जे जस्तो भए पनि आफ्नै जन्म दिने बाबुआमा अनि आफूले जन्म दिएको सन्तानले जति ठूलो गल्ती गरे पनि सहजै रूपमा माफदिने पहिलो व्यक्ति नै बाबुआमा हुन् । केसी र जमुनालाई पनि विवाहपछि दुवै परिवारले सहजै स्वीकार गरे । छोराछोरी नै आफूले मन पराएको व्यक्तिसँग भागेर विवाह गरिसकेपछि सबै बाबुआमा स्वीकार गर्न पनि बाध्य हुन्छन् । त्यस्तै स्वीकार गर्न केसी र जमुनाका बाबुआमा पनि बाध्य नै भए ।
विवाहपछिका दिनमा जमुनालाई घरमा जिम्मेवारी धेरै नै थपियो । माइतीमा सबैको माया ममतामा हुर्किएकी जमुना विवाहपछि घरमा सबै कामदेखि रहनसहनमा समेत आफूलाई परिवर्तन गर्नुप¥यो । घरकी कान्छी बुहारी भएपछि जमुनालाई बिहान दैलो कुच्चोदेखि हरेक काममा आफू नै अघि सर्नुपर्ने भएकाले सुरु–सुरुमा जमुनालाई गाह्रो पनि भयो तर, यस्ता चुनौती र परीक्षाहरू हरेक छोरीहरूको जीवनमा आइपर्ने गर्छन् । जो हरेक छोरीले बुहारी भएपछि पालना गर्नै पर्छ । जन्म दिने बाबुआमाको ठाउँमा सासुससुरा, दिदीबहिनीको ठाउँमा अमाजु नन्द, दाइ–भाइको ठाउँमा जेठाजु देवर यस्ता नाता परिवर्तन गर्दै आफूलाई त्यहीको संस्कार रितीरिवाजमा परिवर्तन गर्नुपर्छ । जुन कुरा जमुनाले सहज रूपमा आफूलाई पास पनि गराउन सफल भइन् ।
विवाहपछिका दिनमा जमुना आफू घरमा दुःख र सङ्घर्ष गर्दै केसीलाई पढाइन् । केसीको पढ्ने इच्छा जमुनाले पूरा गरिन् । सायद उनले घरको सम्पूर्ण जिम्मेवारी सहज रूपमा नसम्हालेको भए केसी घरव्यवहारमा नै अल्झिनुपर्ने थियो । जुन उनको शिक्षक बन्ने सपना पूरा हुने थिएन । एकअर्काेको भावनालाई सहजै बुझ्न सक्ने यो जोडी कहिले काहीं भने सामान्य रूपमा झगडा गर्ने गर्छन् । तर, उनीहरू त्यो झगडालाई झगडा नभनेर माया भन्छन् । श्रीमान् श्रीमतीबीचमा सामान्य झगडा हुनु स्वभाविकै हो । कहिले काहींंको सामान्य झगडाले एकअर्काेमा झन् माया बढाइ दिने उनीहरूको भनाइ छ ।
उनीहरूको जीवनमा सङ्घर्ष सँगसँगै धेरै अविष्मणीय क्षणहरू पनि आए । जुन क्षण अहिलेसम्म पनि दिमागमा ताजै बनेर रहेका छन् । केसीका लागि श्रीमती भ¥याङ्गबाट लड्दाको क्षण एकदमै दुःखदायी बन्न पुग्यो । जुन श्रीमतीलाई केसीलाई हर कुरामा सुखी राखिन् उनलाई नै चोट लाग्दा केसीको जीवनको सबैभन्दा ठूलो दुःखदायी घटना बन्न पुग्यो । त्यस्तै जमुनाको लागि पनि केसीको एउटा मृगौला नै फाल्नु पर्दाको क्षण दुःखदायी नै बन्न पुग्यो ।
केसीलाई जमुनाको हरेक काम गर्दा सोच विचार गरेर काम गर्ने बानी मनपर्ने गर्छ । केसी भन्छन्, ‘उनको मलाई काम गर्दा योजनाका साथ काम गर्ने बानी मनपर्छ ।’ कहिले काहीं घरमा समयमा नपुग्दा जमुना अलि बढी रिसाउने बानी भने केसीलाई अलि मनपर्दैन । त्यस्तै जमुनालाई पनि केसीको आफूलाई घरको काममा सघाउने र खाली समयमा केही न केही काम गरिरहने बानी मनपर्ने गर्छ । कहिले काहीं समयमा घर नआउने बानी भने जमुनालाई मनपर्दैन । फुसर्दको समय भयो भने केसी घरमा हरेक काममा सघाउने गर्छन् । यो जोडीका अनुसार बाचुन्जेलसम्म दुःख सुखमा साथ दिने साथी नै जीवन साथी हुन् । हरेक समस्यामा हातमा हात मिलाएर जुनीसम्म साथ दिने साथी नै असल जीवन साथी हुन् । उनीहरूका अनुसार एकअर्काेको भावना सहजै रूपमा चिन्न र जान्न सिकेमा र एकअर्काे बीचमा विश्वास समझदारी कायम गर्नसकेमा मात्र दाम्पत्य जीवन सुखमय बनाउन सकिन्छ । हर कुरालाई पछाडि राखेर एकअर्काेको भावनालाई कदर गर्दै अगाडि बढ्नसकेमा दाम्पत्य जीवनलाई सुखमय तरिकासँग अगाडि बढाउन सकिन्छ ।
उनीहरूका अनुसार प्रेम र विवाह एकअर्काेका परिपूरक त हुन् तर, प्रेमपछि विवाह नहुन पनि सक्छ । विवाह पछि प्रेम अनिवार्य चिज हो जुन प्रेम विना दाम्पत्य जीवन सफल हुन सक्दैन । प्रेम क्षणिक पनि हुनसक्छ । विवाह प्रेममा बदलिन सक्छ तर, प्रेम विवाहमा नबदलिन पनि सक्छ । यो जोडी नव दम्पती जोडीहरूलाई पहिला एकअर्काेको भावना बुझेर जानेर र आफ्नो खुट्टामा उभिनसक्ने भएर मात्र विवाह गर्न सुझाव दिन्छन् । देख्ने बित्तिकै क्षणिक माया प्रेमको फन्दामा नपरी भविष्यको बारेमा गहिरोसँग सोचेर मात्र विवाह गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७३, शनिबार १०:४३