प्रदेश संयोजकमा बिसी

सुर्खेत, २६ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रदेश नम्बर ६ को संयोजकमा प्रेम बिसी चयन भएका छन् । संगठनले संघीय संरचना अनुसारको प्रदेशमा संगठन विस्तार, सुधार र महाधिवेशन सम्पन्नको लागि प्रदेश संयोजकहरू तोकेको छ । जसमा प्रदेश नं.६ को संयोजकको जिम्मेवारी बिसीलाई दिइएको हो ।


यसअघि राप्रपा नेपाल निकट विद्यार्थी संगठनको प्रदेश सहसंयोजक तथा जिल्ला अध्यक्षसमेत रहेका बिसी लामो समयदेखि सक्रिय विद्यार्थी राजनीतिमा छन् । क्याम्पस इकाई समितिको
अध्यक्षदेखि विद्यार्थी राजनीति सुरु गरेका बिसी जिल्ला सदस्य, जिल्ला अध्यक्ष हुँदै प्रदेश सहसंयोजक र अहिले प्रदेश संयोजकसम्मको जिम्मेवारी पाएका छन् । उनले अबको केही समयमा नै यहाँका सबै जिल्लामा संगठनलाई विस्तार गर्ने बताए ।
पार्टी र संगठनका एजेण्डा लिएर प्रदेशव्यापी कार्यक्रमहरू केही दिनमै सुरु गर्न लागेको जानकारी बिसीले दिए । बैठकबाट संगठनमा लामो समय संघर्ष गरेका तथा सांगठनिक अनुभव बटुलेका दक्ष विद्यार्थीहरूलाई प्रदेश संयोजकको जिम्मा दिनुका साथै संगठनका केन्द्रीय संयोजक महेश सिंहले संयोजकहरूलाई आफ्नो कार्यक्षेत्रमा परिचालित हुन निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मितिः   २७ आश्विन २०७४, शुक्रबार १६:०२