राप्रपाद्वारा उम्मेदवार सिफारिस
सुर्खेत, २५ असोज ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रदेशसभा तथा प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको हो ।
राप्रपाले प्रतिनिधिसभाका लागि सुर्खेतको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद शर्मा र कर्णबहादुर शाहीलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ केन्द्रीय सदस्य ओमबहादुर जिसी र छत्रपति थापालाई सिफारिस गरेको छ । त्यसैगरी प्रदेशसभा अन्तर्गत क्षेत्र नं. १ को
(क) का लागि प्रत्यक्षतर्फ जिल्ला समिति सदस्य देवीराम चन्दारा र वीरबहादुर खड्कालाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ जिल्ला समिति सदस्य कलावती रेग्मी र खीमबहादुर रोकायलाई सिफारिस गरेको छ साथै क्षेत्र नं. १ को (ख) का लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ का अध्यक्ष मानबहादुर खरेल, लोकेन्द्रबहादुर शाही र जीतबहादुर खड्कालाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ भेरीगंगा नगर उपाध्यक्ष गोपाल हमाल, बिमला थापा, चन्द्रकला बादी र प्रेमबहादुर शाहीलाई सिफारिस गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६ नं. प्रदेश सदस्य सूर्य खत्री, भद्रबहादुर शाही र श्याम पुरीलाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ जिल्ला समिति सदस्य भरतप्रसाद ढकाल, कर्णकुमारी श्रेष्ठ, सन्तोषी शाही, टीका योगी, सीतादेवी खाण, रामबहादुर रोकाय, पार्वती गौतम, शम्भु पन्त, पार्वती चन्द पाललाई सिफारिस गरेको छ । क्षेत्र नं. २ को (क) का लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तुलाराम गिरी, अशोक थापा र अञ्जु बस्याललाई सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ ६ नं. प्रदेशका संयोजक एवम् केन्द्रीय सदस्य मुकुन्दश्याम गिरी, मानबहादुर खड्का, जनकसिंह ठकुरी, ईश्वर श्रेष्ठ, झरसिं सुनार, भुपेन्द्रनाथ योगी, कमलदेव जिसीलाई सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं. २ को (ख) का लागि प्रत्यक्षतर्फ क्षेत्र नं. २ का क्षेत्रीय उपाध्यक्ष लक्ष्मीबहादुर बयक क्षेत्री र समानुपातिकतर्फ जिल्ला समितिका उपाध्यक्ष गंगाराम देउवालाई सिफारिस गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतले जनाएको छ ।
लोकतान्त्रिक गठबन्धनसँगको छलफल पश्चात् केही दिन भित्रै केन्द्रीय कमिटीले उम्मेदवारहरूको टुङ्गो लगाउने राप्रपा सुर्खेतका सचिव जनकसिंह ठकुरीले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।