चलचित्र ‘अछुत’ सार्वजनिक

सुर्खेत, २१ असोज ।
सुर्खेतमा निर्माण भएको सामाजिक विभेदमा आधारित चलचित्र ‘अछुत’ सार्वजनिक गरिएको छ । शनिवार जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा चलचित्र ‘अछुत’ को सार्वजनिक गरिएको हो । काँक्रेविहार मुभि हाउस सुर्खेतले उत्पादन गरेको चलचित्र ‘अछुत’ समाजमा रहेको छुवाछुत र जातिय विभेदकाविरुद्धमा आवाज उठाउन निर्माण गरिएको हो ।


वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले चलचित्र ‘अछुत’ को उद्घाटन गरेकी थिइन् । उपप्रमुख ढकालले चलचित्र ‘अछुत’ ले समाजमा रहेको अन्धविश्वासलाई परिर्वतन गर्नका लागि महŒवपूर्ण भूमिका खेल्ने बताइन् । ‘यस चलचित्रले हाम्रो समाजमा रहेको पुराना मूल्यमान्यता अन्धविश्वासलाई अन्त्य गर्न महŒवपूर्ण भूमिका खेल्ने छ’ उनले भनिन्, ‘यस चलचित्रले उठाएको विषय वस्तुले राष्ट्र परिवर्तन गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।’ चलचित्रका लेखक तथा निर्देशक बालकृष्ण सुनारले समाजमा रहेको विभेदलाई न्यूनीकरण गर्नका लागि यस चलचित्र जहाँ उत्पीडन र विभेद हुन्छ त्यहाँ देखाउने बताए । उनले चलचित्र निर्माणका क्रममा सबैको साथ र सहयोग पाएको भन्दै आगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गरे ।
चलचित्रमा सञ्जीव बराल र सपना सापकोटाको प्रमुख भूमिका रहेको चलत्रिमा प्रेमदेव गिरी, गणेशभक्त गौतम, प्रकाश पौडेल, अकबर खान, गीता कटुवाल, शेरबहादुर आचार्य लगायत दुई दर्जन भन्दा बढी कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा संगीत तिलक गन्धर्व, द्वन्द्व निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल, छायांकन अकवर खानले गरेका छन् । चलचित्र निर्माणमा करिब सात लाख लगानी भएको जनाइएको छ । समाजमा रहेको विभेद न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रको प्रमुख गीत तथा टेलर यूटुबमार्फत सार्वजनिक गरिसकिएको छ ।

प्रकाशित मितिः   २२ आश्विन २०७४, आईतवार १६:१३