कम्युनिष्ट पार्टीहरूबीच एकीकरण होला !

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनकै सेरोफेरोमा रहेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँशक्ति पार्टी लगायतका दलहरूले वाम एकताको घोषणा गरे । तत्कालका लागि चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्ने घोषणाले एकाएक नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गरायो । एकातर्फ पार्टी एकीकरण गर्ने उद्देश्यसहित वाम तालमेल हुँदा अर्कोतर्फ नेपाली कांग्रेससहितका दलहरूले लोकतान्त्रिक गठबन्धन निर्माणको अभ्यास पनि गरिरहेका छन् । तथापि यतिबेला वाम एकताको विषयले सबैलाई चकित तुल्याएको छ । निर्वाचनपछि पार्टी एकीकरण हुने वा नहुने विषयलाई सबैले निकै चासोका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा हाम्रा सहकर्मी गीता थापाले शनिवार वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई नेपालका कम्युनिष्ट पार्टीहरूबीच पार्टी एकीकरण हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? भनी सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको भनाइ जस्ताको त्यस्तैः

रत्ना कँडेल, वीरेन्द्रनगर–१२
दलीय गठबन्धन हुनु भनेको राम्रो कुरा हो । किनकी जनताले तिरेको करबाट नेताहरू पालिएका छन् देश चलिरहेको छ । यस्तो अवस्थामा देशको आर्थिक अवस्था पनि कमजोर भइरहेको अवस्थामा दलीय गठबन्धन हुनु भनेको हाम्रो लागि एकदमै खुशीको कुरा हो । दलीय गठबन्धनले देशको आर्थिक भारलाई पनि केही हदसम्म कम गर्न मद्दत पु¥याउँछ । एक पदका लागि दुई राजनीतिक पार्टी हुने भएकाले अब दलीय गठबन्धनले एक पदमा एकै जना मात्र हुने भएकाले पनि देशको आर्थिक भार कम हुनसक्छ । जसरी अहिले दलीय गठबन्धन गर्ने चर्चा चलिरहेको छ गठबन्धन पछि पनि राम्रो काम गरेर चर्चामा नै आइरहनु शुभकामना छ ।

कुसुमश्री निरौला, वीरेन्द्रनगर–७
नेकपा एमाले, नेकपा माओवादी र नयाँ शक्ति पार्टी बीचमा दलीय गठबन्धनको जुन चर्चा अहिले चलिरहेको छ यो मेरो लागि मात्र नभए सबै जनताको लागि खुशीको कुरा हो । सधैं दलीय रूपमा वादविवाद भइरहने पार्टीहरू अब दलीय एकतामा आउन लागेको कुरा त राम्रो नै हो । देशमा धेरै पार्टीको पनि आवश्यकता छैन । अब देशमा दुई पार्टी मात्र बनाए राम्रो हुन्छ । तर, दलीय एकता जनताको आँखामा छारो हाल्ने काम भने नबनोस् एकता साँचिक्कै एकता होस् भन्न चाहन्छु । दलीय एकता साँचिक्कै जनताको आँखाका किरण बनेर आउन सकोस् शुभकामना दिन चाहन्छु ।

गंगा विक, वीरेन्द्रनगर–१२
दलीय गठबन्धन हुनु भनेको एकदमै राम्रो कुरा हो । नेपालमा थोरै पार्टी भएको कारण पनि हरेक ठाउँमा राजनीतिक मात्र मौलाएको छ । नेपालमा विकास गर्ने हो भने दुई पार्टीको मात्र आवश्यकता छ । चुनावमा मात्र नभएर यो गठबन्धन दिगो रूपमा जनताको आशाको किरण बन्न सक्नुपर्छ । यसमा कुनै सत्ताको लागि मात्र नभएर देश र विकासका लागि गठबन्धन हुन जरुरी छ । यदि राजनीतिक दलहरूले देश र जनताको हितमा काम गर्न चाहाने हो भने एकता हुन जरुरी छ । अनि मात्र देशको विकास हुन्छ । यो दलीय गठबन्धन एउटा चुनावमा मात्र नभएर सधैंलाई भए अझ राम्रो हुने थियो ।

 

नन्दा चुहान, वीरेन्द्रनगर–७
नेकपा एमाले, माओवादी र नयाँ शक्ति पार्टी बीचको दलीय गठबन्धन साँचिक्कै जनताका लागि नयाँ र राम्रो कुरा हो । र अहिलेको चर्चाको विषय पनि बनेको छ । जसरी अहिले दलीय गठबन्धनको चर्चा परिचर्चा जनताको माझमा भइरहेको छ त्यसरी नै चुनावपछि पनि दिगो रूपमा यसरी नै दलीय एकता भइरहन जरुरी छ । अहिले जनताको केन्द्रविन्दु पनि दलीय गठबन्धनका पार्टीहरू नै परिरहेका छन् । जनताले विश्वास पनि गर्नेछन् । दलीय गठबन्धनले जनतालाई फेरि धोका दिने काम गर्न हुँदैन । जनताको विश्वासलाई दिगो रूपमा टिकाइ राख्न दलीय गठबन्धनको आवश्यकता पनि छ ।

 

सुनिता विक, वीरेन्द्रनगर–१२
यो दलीय गठबन्धन चुनावको लागि मात्र नभएर हरेक ठाउँमा र सधैंका लागि हुन जरुरी छ । चुनावमा दलीय गठबन्धन ग¥यौं भन्ने चर्चा कमाउने र चुनाव जित्ने अनि जनताको आँखामा छारो हाल्ने काम नहोस् । जनताले फेरि एक पटक दलीय गठबन्धनलाई विश्वास गर्नेछन् । जनताको त्यो विश्वासलाई टुट्न नदिन सधैं एकताको आवश्यकता रहन्छ । दलीय एकताले जनता र पार्टीलाई मात्र होइन देशको आर्थिक अर्थतन्त्रलाई समेत सहयोग पु¥याउँछ । देश र जनताको लागि यो भन्दा खुशीको कुरा के नै हुनसक्छ र ? एक एकअर्कोको कुरा मात्र काटेर होइन मिले देशको विकास गर्न जरुरी छ ।

निशा कार्की, दैलेख
अब देशमा दलीय गठबन्धन भएपछि पार्टीलाई मात्र नभइ देशलाई समेत फाइदा पुग्ने भएकाले हामीले आफ्नो लागि भन्दा पनि देशको लागि सोच्ने बेला आएको छ । चुनावका लागि र दलीय स्वार्थका लागि यो गठबन्धन गरिएको हो भने जनतालाई धोका हुनेछ । त्यसैले यो गठबन्धन दिगो बनाउन जरुरी छ । पार्टीले सत्ताको मोहमा गठबन्धन गरेको समाचार हामी जनताले सुन्न नपरोस् । देशको हितका लागि र देश विकासका लागि यो गठबन्धनले धेरै सहयोग पु¥याउने आशा हामी सारा नेपालीहरूको रहेको छ ।

 

तीर्थ पौडेल, लेखगाउँ
प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले ६० र माओवादीका ४० प्रतिशत उम्मेदवार हुने र निर्वाचनपछि विधित्व पार्टी एकता गर्ने जुन निर्णय रहेको छ त्यो मेरो लागि मात्र नभइ सारा नेपालीहरूको लागि खुशीको कुरा हो । तर यो गठबन्धन कति समयको लागि भन्ने जनताको मनमा प्रश्न पनि उठ्न थालेको छ । अहिले चर्चामा रहेको दलीय गठबन्धनपछि टुट्ने पो हो कि भन्ने जनताको मनमा प्रश्नहरू पलाएका छन् । जनताको आशलाई निरासा हुन नदिन अब दलीय पार्टीहरूले एकताबद्ध भएर लाग्न जरुरी छ । दलीय गठबन्धनलाई दिगो बनाउन जरुरी छ ।

 

नरिसरा केसी, वीरेन्द्रनगर–१२
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी गठबन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिष्ट पार्टी’ गठन गर्ने ६ बुँदे सहमति घोषणा गरिसकेको अवस्थामा चुनावपछि गठबन्धनले जनतालाई केही भए पनि आशा दिलाएको छ । देश र विकासका लागि अब दलीय पार्टीहरूले केही नयाँ काम गर्दैछन् भन्ने आशलाई दिगो रूपमा टिकाइ राख्न यो गठबन्धनलाई दिगो रूपमा टिकाउन जरुरी छ । चुनावमा जित्न र सत्ता आफ्नो पार्टीमा ल्याउनको लागि मात्र यो दलीय गठबन्धन गरिएको नहोस् भन्न चाहान्छु ।

 

सुमित्रा केसी, वीरेन्द्रनगर–७
सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो । अहिले हाम्रा देशका नेता र पार्टीको आँखा उघ्रिएको जस्तो लागेको छ । सबै पार्टीका नेतालाई यो अभियानमा उत्साह र खुशीका साथ लाग्नका लागि सबैको सहयोग पनि चाहिन्छ । अहिले तीन पार्टी दलीय रूपमा गठबन्धनमा जाँदैछन् । देशलाई पनि धेरै पार्टीको आवश्यकता छैन । देश आफै त अर्थतन्त्रमा कमजोर रहेको छ । यस्तो अवस्थामा दलीय गठबन्धनले देशलाई समेत केही राहतको महसुस गराउने छ । दुई पार्टीको सहमति जनताको पक्षमा नै रहेको छ । पार्टी एकताको प्रयास र चुनावी तालमेलमा हामी जनताले पनि साथ र सहयोग गर्न जरुरी छ ।

प्रकाशित मितिः   २२ आश्विन २०७४, आईतवार १६:०९