दुर्भाग्य जीवन
भद्राकुमारी भण्डारी (खनाल)
एउटा पहाडी जिल्लाको सदरमुकामभन्दा केही टाढाको गाउँ । जुन गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यस ठाउँको बीचभागतिर सुन्दर, सिर्जना र उनीहरूको आमा गरी तीन जना परिवारसहितको एउटा घर छ । सुन्दरले गाउँदेखि सदरमुकाममा रहेको कलेजमा अध्ययन गरेर जीवनयापनको लागि जागिरको खोजीमा भौंतारिरहेको छ । उसले स्नातक तह पूरा गरिसकेको छ । उसलाई माथिल्लोस्तर पढ्नको लागि धनपैसाको खाँचो छ । तर पैसा जुटाइदिने कोही
छैन । उसको बाबुको निधन ऊ सानै छँदा नै भइसकेको थियो । उसलाई आमाले तरकारी खेती गरेर मेहेनत, दुःख, सुख झेल्दै सुखको आशामा पढाएकी थिइन् । आमा पनि वृद्ध भइसकेकी थिइन् । आमा अशक्त भएपछि उसले श्रृष्टीसँग विवाह गरेको थियो । सुन्दर र श्रृष्टीले उनीहरूको परिवारको सहमति अनुसार प्रेम विवाह गरेका थिए । सुन्दरको घरमा सबै ठीकै छ तर आर्थिक समस्या भने टट्कारो रूपमा छ । त्यसैले सुन्दर सरकारी वा निजी दुवै जागिरको खोजीमा छ । उसले यसका लागि हजारौं हजार ठाउँमा प्रयास गरिसकेको छ । तर अवसर भने पाएको छैन । नेपालको नियम कानुन ठूलोवडा नेता पैसावाला धनी वर्गको हातमा छ । उनीहरूको छोराछोरी आफन्तहरूको लागि मात्र अवसर छ । सुन्दरले जागिरको खोजी गर्दागर्दै नाम पोष्ट नभएका कारण हराइसकेको छ ।
अब सुन्दर समस्याभित्र छ । सुन्दर र श्रष्टीको विवाह भएको पनि पाँच वर्ष पुग्यो यतिखेर श्रृष्टी आमा बन्ने भएपछि घरमा एक नयाँ सदस्यको थप हुने भएकोले घरमा रमाइलो छाएको छ । सुन्दर एकातिर दुःखी छ अर्कातिर सुखी पनि भएको छ । किनभन्दा सन्तान जन्मिएपछि लालनपालन पोषण र शिक्षा दिक्षा दिन मैले के काम गर्ने भन्नेमा ? लामो सास फेर्छ ऊ । एक निर्णय लिन पुगेको छ । भारतमा गएर काम गर्ने अनि घरमा आएर सानोतिर व्यापार गर्ने निर्णय गर्छ । यसो गर्दा गाउँका मनिसहरूलाई सेवा र सुविधा पनि हुने र आफ्नो सजिलै जीवनयापन हुने भएकाले सुन्दर यसको लागि अनुमतिलिन आमा र श्रृष्टीसँग सोधपुछ गर्दछ । आमा र श्रीमती सहमति देखिन्नन् । अनि बढी आमा भन्छिन् ‘पढेर लेखर त्यस्तो परदेशमा जानेकुरा नगर भारतमा त पढ्न नसकेका र पढ्न नपाएका मानिसहरू जान्छन् त मैले त मेरो छोरा पढ्ला आफ्नो गाउँठाउँको सेवा गर्ला, आफ्नै देशमा जागिर गर्ला र बुढेसकालको साहारा होला, सेवा गर्ला भन्दै कस्ता दुःखले तलाई पढाएँ ।’ अनि उतिर श्रृष्टी पनि भन्न थाल्छिन् ‘हैन बुढेसकालकी आमा र म दुई जिउकी श्रीमतीलाई छोडेर तपाईं विदेश जाने कुरा कसरी गर्न सक्नुहुन्छ ?’ त्यसपछि श्रृष्टी र आमालाई सुन्दरले सम्झाउँदै भन्छ ‘पहिलाका जमनामा पढ्लेखेको मानिसहरूले अवसर पनि पाइहाल्थे त्यसैले नपढेको मानिसहरू पैसा कमाउन भारततिर जान्थे तर अहिलेको युगमा पढेको लेखेको युवाहरू धेरै छन् अनि बेरोजगार पनि । अहिलेको सरकारले युवाहरूलाई उपयुक्त रोजगार दिनसकेको छैन ठाउँ–ठाउँलाई विकास दिन पनि सकेको छैन बरु नेताहरू नै कुर्सीको होडबाजीमा त की म भन्दै मारामार गरिरहेका छन् उनीहरूले देश र जनताको बारेमा कहाँ सोच्न भ्याएका छन् खै आजसम्म तपाईंको छोरा जस्तै हजारौं युवाहरूको अवस्था यस्तै छ । अलिकति धेरै पैसा हुनेहरू अमेरिका बेलायत कोरिया जस्ता ठूलाठूला देशमा छन् र पैसा नहुनेहरू पनि आफ्नो घर र जग्गा जमिन साहुकोमा राखी ऋण सापटलिएर खाडी मुलुकमा जान बाध्य भएका छन्, अर्काको गुलामी गरेर पसिना बेचिरहेका छन् । आफ्नो देशमा आधुनिक कृषि प्रणाली अन्य उद्योग व्यवसायिक, कलकारखाना भइदिएको भए आफ्नो देशलाई पसिना दिएर मेहेनतले हराभरा पार्नसक्ने देशलाई पाखुरामा थाम्न जोस र जाँगर भएका कुनै पनि राष्ट्रका मुख्य शक्तिका रूपमा रहेको युवाशक्तिलाई किन विदेशिनु पथ्र्यो ? मलाई पनि मन छैन आमा तर पनि के गरुँ, म विवश छु । तर म सधैंको लागि विदेशिन लागेको होइन । केही पैसा जम्मा गरेर आफ्नै गाउँ–ठाउँमा आएर व्यावसाय गर्नेछु । त्यसैले आमा मलाई विदेश जानका लागि दिनुहोस् म हजुरको सेवा गर्न आवश्य आइपुग्नेछु । अनि श्रृष्टीले पनि पीर नगर तिमी र तिम्रो गर्भको सन्तानको सुनौलो भविश्यको लागि मेरो कुरा र बाध्यतालाई स्वीकार गर । समय–समयमा पैसा पठाइदिन्छु अनि फोन पनि गर्छु । राम्रोसँग आफू र आमाको ख्याल गर्नु । धनसम्पत्ति कमाएर सदाको लागि कहिल्यै विदेश नजाने गरे म फर्कन्छु । दुःख पछि सुख अवश्य आउनेछ ।’ त्यसपछि सुन्दरले मनभरी आफूले सोचको सपनाहरू आमा, श्रीमती, बहिनी, बुहारी सबै सहमत भए । अनि त सुन्दर भोलिपल्ट बिहानै एकजना गाउँले साथीसँग परदेशतिर लाग्यो । २÷३ वर्षपछिको कुरा हो सुन्दर भारतको मुम्बइ सहरको एक
प्रख्यात ठूलो कम्पनीमा जागिर गर्दैछ । तलब पनि सुहाउँदो किसिमको छ । पहिले भर्खरै आउँदा उसले केही दुःख पाएको थियो एक दिन एउटा नेपालीले उसको हालत देखेर सोधपुछ ग¥यो र सुन्दरले आफ्नो सबै कहानी सुनायो । अनि सुन्दरको प्रमाणपत्रको कदर गर्दै आफू काम गर्ने संस्था वा कम्पनीमा सम्पर्कमा गइ जागिरमा लगायो । यसरी उसले आफूप्रति गरेको उद्दार सुन्दरले बेला–बेलामा सम्झन्छ र सम्मान
गर्दछ । उनीहरू दुवैसँगै एउटै ठाउँमा बस्छन् र काम पनि गर्दछन् । त्यो सहयोगी नेपाली पनि भारतमा आएको ५÷६ वर्ष भइसक्यो सुन्दरलाई अब घर फर्किनु पर्छ यसरी लामो समयसम्म अर्काको देशमा हराउनु हुँदैन भन्ने लाग्यो । अनि देशप्रेमको भावनालाई भुल्नु हुँदैन भनेर दुवैले सम्झन्छन् र त्यसपछि दुवै कुरामा सहमत हुन्छन् । सुन्दरले आफ्नो घरमा चिठ्ठी र पैसा पढाइदिन्थ्यो अनि आफूले पनि सानो तिनो व्यवसाय गर्ने सोच गरेको छ । उसलाई घर जान मन पनि लागिसकेको छ । ऊ कामबाट फर्केपछि आमा श्रीमती र जन्मिएको बच्चालाई सम्झन्छ । भन्छ कता हालान् के गर्छन् होलान् । मलाई धेरै सम्झेका होलान् भनेर उतिखेर निदाउँछ । उसले पत्तै पाउँदैन बिहान बिउँझन्छ बिहान उज्यालो भइसकेको हुन्छ । अनि फेरि सुरु हुन्छ दैनिकी कामको अन्त्य ।
सुन्दर परदेश गएदेखि दुईवटा दशैंभन्दा तिन आउने बेला भइसकेको छ । तिनी दशैं र तिहार बिना रंग, ढंगमा बितेका थिए तर उसले यो दशैंमा त घरमा जाने कोशिस गरेको थियो र जाने क्रममा छ । सुन्दर आउने जम्मै १५÷१६ दिन बाँकी छ । यसरी दशैंमा घर आउँदा घर सिंगार्न विभिन्न कलशहरू पनि पठाएको थियो र त्यहाँ सुन्दरको घर रमणीय भएको छ । ऊ घरमा उसकी आमा बहिनी र श्रीमती सबै हर्षले गद्गद् भएका छन् । अब धेरै वर्ष भएमा हामी सबै एउटै ठाउँमा बसेर दशैं मनाउने भयौं भनेर सबै रमाउनुका साथै ऊ घरमा लिने सामान आवश्यक कोशेली किनेर आफ्नो–आफ्नो मनमा नाबालक बच्चा, श्रीमती, आमा सबैलाई उसले मनभरी लिन्छ मनमनै सोच्छ, धेरै समयपछि सबैको बीच रमाउने पाइने भयो भनेर हर्षको साथ सुन्दर भौंतारिहरको छ । त्यसपछि ऊ सामान सबै बाकसमा भर्छ उसको साथी पनि धेरै वर्षसम्म त्यही ऊ पनि जाने तयारीमा छ । दुवैजना स्टेसनमा गएर टिकटका साथ रेलमा चढ्छन् र उनीहरू डाँडा, काँडा, पाखा, पखेरा झर्ना जस्ता कुरालाई आफ्नो भरी सजाउँदै र ठाउँठाउँमा रेलगाडी बदलिँदै नेपालको सीमाना जोडिएको भारतको रुपैडिया बजार आइपग्ने क्रममा छन् । तर दुर्भाग्यवश उनीहरू चढेको गाडी त्यहाँ नजिकै दुर्घटना हुन पुग्यो । सुन्दर लगायत उसको साथै धेरै जनाको घटनास्थलमै निधन हुनपुग्यो । यो खबर ठाउँठाउँमा रेडियो र पत्रपत्रिकाबाट चारैतिर प्रसारण भयो । कठिन परिस्थितिको सामना गर्दै सुखीका दिनहरू पर्खिरहेको सुन्दरका घरमा पनि रेडियोमार्फत् उक्त घटनाको खबर प्रसारण भयो ।
(मप विश्वविद्यालय शिक्षा विज्ञान सङ्काय, सुर्खेत )
साझा बिसौनी संवाददाता ।