म्याक्स् इडिगरले हिँडेको बाटो
म्याक्स् इडिगर । नामबाट नै थाहा हुन्छ, एक विदेशी नागरिक । जसको जन्म एक मध्ययमवर्गीय परिवारमा भएको हो, अमेरिकाको विभर ओक्लाहोमा जहाँको वातावरण एकदमै शान्तिपूर्ण थियो । त्यतिबेला अमेरिका सरकारको नियम प्रत्येक नागरिक उमेरले १८ वर्ष पुगिसकेपछि अनिवार्य रूपमा शैनिक बन्नु र्ने थियो । यदि कुनै पनि युवाले उच्च शिक्षा हासिल गर्दैछ भने त्यो युवाको लागि २÷३ वर्ष ढिलो गरेर अन्ततः शैनिक, सिपाहीमा भर्ना हुनैपर्ने कानुन रहेको थियो, अमेरिकामा ।
तर म्याक्स शैनिक हुन चाहेनन् । उनी भन्छन्, ‘मैले सिपाहीमा संलग्न हुन अस्वीकार गरें, मेरो घर नजिकैको चर्च मिलिनायलस् चर्चमा संलग्न हुन मनसाय बनाएँ ।’ यदि कुनै पनि युवा सिपाहीमा सामेल हुन चाहदैंनथ्यो भने, चर्चमा सहभागी हुनुपर्ने एक वैकल्पिक उपाय थियो । चर्चमा सहभागी हुनको लागि स्थानीय सरकारबाट अनुमति लिनुपर्ने हुन्थ्यो । तर सैनिकहरूले मन पराउँदैनथ्यो । सबै युवा सिपाहीमा नै भर्ना होस् भन्ने चाहन्थे ।
सन् १९६६ मा १९ वर्षीय म्याक्स चर्चको कार्यक्रममा अफ्रिका गए । तर त्यो समयमा अमेरिका सिपाहीमुखी भइरहेको थियो । जब उनी अफ्रिका गए, उनले जीवनमा पहिलो पटक गरिबी देखे । धेरै ग्रसित, अफ्रिकामा धेरैभन्दा धेरै द्वन्द्व, द्वन्द्वको कारण जनतालाई कष्ट, जनता भोकमरीले ग्रसित, धेरै शरणार्थीहरू, द्वन्द्वले पीडामा परेको शरणार्थीहरू धेरै भोकाएको खानाको अभावमा, बासको अभावमा शरणार्थीहरू छटपटाइरहेको, द्वन्द्वले ग्रसित मानिसहरू दिनदिनै ज्यान गुमाइरहेका थिए । यस्तो अवस्था जीन्दगीमा कहिल्यै नभोगेको र कहिल्यै नदेखेको उनी बताउँछन् । यस्तो किसिमको दर्दनाक अवस्था प्रत्यक्ष देखेपछि उनको मनमा ठूलो धक्का पुग्यो । भन्छन्, ‘जब म हुर्कें मेरो परिवारमा, हामी धेरै धनी नभएता पनि, हामीसँग सधैं खाना हुन्थ्यो, राम्रो घर, आरामदायी जीवन, आधारभूत आवश्यकताले पूर्ण थियौं, म सँग राम्रो जीवन थियो ।’ त्यस्तो क्षण, त्यस्तो दृष्यले उनको जिन्दगीले फरक बाटो मोड्न सुरु ग¥यो । ‘म के गर्न चाहन्छु, मेरो जीवनमा, मैले आफैमा प्रश्न गर्न थाले, मेरो दिमागले धेरै सोच्यो, त्यो अवस्थाको बारेमा, मैले धेरै अनुभव पाएँ, हजारौं शरणार्र्थीको जीवनशैलीमा एकदमै दर्दनाक जिन्दगी । अमेरिका फर्किएपछि शरणार्थीहरूको जीवनशैलीमा केही परिवर्तन नभएको, समस्याहरू जस्ताको त्यस्तै पाएँ ।’ उनले आफ्नो विगत सम्झिए ।
घर,परिवारको डाक्टर पढाउने योजनाले बादलपारीको दृष्यले फरक मोड लियो । ‘मेरो दिमागले अफ्रिकामा भइरहेको दर्दनाक अवस्थामा बाँचिरहेका शरणार्थीहरूप्रति केन्द्रित भयो । मैले किताबमा ध्यान केन्द्रित नै गर्न सकेनँ । सन् १९७१ मार्चकै कार्यक्रममा भियतनाम गएँ ।’ त्यतिखेरको अवस्थामा भियतनाममा पनि युद्ध भइरहेको सम्झिन्छन्, उनी । भन्छन्, ‘म भियतनामको एउटा सानो राज्यमा बसें । जहाँ अमेरीकनहरूले शोषण गरिरहेको थियो । किन यस्तो किसिमको द्वन्द्व अमेरिकाले गरिरहेको छ ? हामी मानवताको कुरा गर्छौं तर एक आपसमा काटमारको अवस्था सिर्जना हुन्छ किन ? मैले मनमा धेरै कुरा खेलाएँ, त्यसपछि केही दिगो विकासका कार्यहरू गर्नको लागि प्रयास गरें ।’
भियतनामलाई एक कृषिको लागि सुन्दर खेतियोग्य जमिन भनेर अझैं पनि चिनिन्छ । आफैमा प्रश्न गरें किनकि किसानहरू कृषिको लागि योग्य छन् तर समस्या यहाँ छ, किसानहरू त्यो कृषियोग्य जमिनमा केही रोप्छन्, द्वन्द्व र युद्धले गर्दा ती बालीहरू सबै नष्ट भएर कृषियोग्य जमिनमा परिवर्तन भएर जान्छ । अन्ततः केही उब्जाउ नभएपछि धान, चामलको अनिकाल हुन्छ र भोकमरीको सिर्जना हुन्छ । उनका अनुसार भियतनामको द्वन्द्व प्रजातन्त्रको बारेमा थिएन । त्यहाँ मुख्य समस्या आर्थिकको थियो, भेतनामसँग राम्रो स्थानीय स्रोत थियो । समस्या विकासको छ , समस्या द्वन्द्व र युद्धको छ । दिगो रूपमा विकाशको लागि सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने उनको बुझाइ छ । अन्ततः भियताामको युद्ध १९७५ मा समाप्त भयो । उनी भन्छन्, ‘धेरै सोचें कसरी स्थानीय जनताको आवाज बाहिर आउन सक्छ ? स्थानीयहरू द्वन्द्वले धेरै ग्रसित छन् । किन स्थानीयहरू बोल्दैन, एक जुट हुँदैन ? त्यसपछि उनले गाउँका मानिसहरूलाई संगठित गर्न थाले, सहयोग गर्न थाले, आवाज खोज्न थाले, बलियो बनाएर उभिन प्रयास गराए । समाजमा रहेका व्यक्तिहरू सबै जना एक जुट भएपछि त्यहाँ धेरै संख्या स्थानीय जनताको हुन्छ, हजारौं जनताहरू हाम्रा समुदायमा छन् तर शक्ति कहाँ छ ? हरेक ठाउँमा शक्ति जनतासँग भएता पनि स्थानीयहरू समस्याले ग्रसित भइरहेका हुन्छन्, न्यायको लागि यस्तो किसिमको प्रश्न हरेक जनताले गर्न आवश्यक छ । त्यसकारण स्थानीयहरू एक जुट हुन आवश्यक भएको उनी बताउँछन् ।
उनले सन् १९७६ मा भियतनाम छोडे र अमेरिका गए । केही समय बसेर सन् १९७८ मा थाइल्यान्ड पुगे । थाइल्यान्डमा पनि आन्तरिक द्वन्द्व अवस्था थियो । त्यो समयमा आफूलाई धेरै भाग्यमानी ठानेको सम्झिन्छन् उनी । समाजलाई कसरी संगठित बनाउने ? यस सम्बन्धित काम गर्ने स्थानीय व्यक्तिहरूसँग भेटेको बताउँछन् । आफूले सोचेको विचार र अनुभवलाई सँगै लिएर त्यहाँका स्थानीयहरू इस्लाम समुदाय, सामान्य कामदार, किसान र फ्याक्ट्री कामदारहरू ४÷५ जनाको सानो समूहसँग मिलेर काम गर्दै जाँदा कम्युनिटी ओर्गनाइजिङको बारेमा राम्रो अनुभव लिएको उनी बताउँछन् । शान्ति के हो ? शान्ति इमान्दारिता हो, एक अर्काबीचको राम्रो सम्बन्ध शान्ति हो । शान्तिको लागि न्याय आवश्यक छ, उनको अध्ययन र अनुभवले देखाउँछ ।
थाइल्याण्डमा २३ वर्षसम्म काम गरेको अनुभव बताउँछन् उनी । विशेष गरी इस्लाम समुदायमा काम गरेको उनी बताउँछन् । कम्युनिटी ओर्गनाइजिङहरूको बारेमा, न्ययाको लागि स्थानीय युवाहरूलाई सिकाउने गरेको उनको अनुभव छ । उनी सन् २००१ मा हङकङ गए, त्यहाँ केही साथीहरूसँग भेटे र सन् २००१ देखि २००३ सम्म छलफल र सोच्ने काममात्र गरे । यसरी गहिरिएर छलफल गर्दै जाँदा सन् २००३ मा एउटा संगठन क्ष्लInterfaith Cooperation Forum (ICF) को अवधारणा आयो । Interfaith Cooperation Forum (ICF) सँगै एउटा दक्षिण एसियाका देशहरूबाट शान्ति अभियानताहरूका लागि तीन महिने कार्यक्रम School of Peace (SOP) मा सबै धर्मका मुस्लिम, हिन्दु , क्रिस्सियन, बुद्धिष्ट सहभागीहरूलाई सामेल गराउने उद्देश्यले स्कुल अफ पीसको अवधारणा ल्याएको उनी बताउँछन् ।
२००६ बाट स्कुल अफ पीसको औपचारिक रूपमा उद्घाटन भइ विभिन्न देशहरूबाट दिगो रूपमा कसरी शान्ति स्थायित्व गर्न सकिन्छ ? समाजलाई कसरी सही रूपमा संगठित बनाउन सकिन्छ ? लगायतका विषयहरूमा अध्ययनको लागि आउने गरेको उनी बताउँछन् । स्कुल अफ पीस औपचारिक शिक्षा नभएर एक किसिमको सामाजिक समस्या, देशको मुद्दा, प्रादेशिक मुद्दाहरूबारे छलफल गरी दिगो रूपमा कसरी शान्ति स्थायित्व गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको र शान्ति अध्ययनमा निश्चित सहभागीहरूले आफ्नो–आफ्नो देशहरूको बारेमा सामूहिक छलफल गर्ने गराउने गर्दछन् । यो एउटा शान्ति यात्रा हो । उनी भन्छन्, ‘प्रत्येक ठाउँमा स्कुल छ, किनकी हामी जहाँ बस्छौं, त्यहाँ कसैबाट केही न केही सिकिरहेका हुन्छौं । हालसम्म १६ वटा देशहरूमा एक सय ३० जना स्कुल अफ पीसका विद्यार्थीहरूले शान्ति अभियानलाई अगाडि बढाइरहेका छन् ।
म्याक्स भन्छन्, ‘गरिबी देखें, द्वन्द्वलाई घृणा गर्छु, सामान्य जीवन बिताउन सक्दिनँ, मानवता चाहन्छु, शान्तिको लागि काम गर, सबैलाई सम्मान गर, गरीबलाई माया गर, हिंसाको विरुद्धमा हातेमालो गर, सबैको धर्म एउटै हो, विश्वास मात्र फरक हो, यो मेरो सिकाय र अनुभव हो, म चाहन्छु शान्तिको लागि यात्रा अंगाली राखुँ ।’
( म्याक्स् इडिगर स्कुल अफ पिसका संस्थापक हुन् । लेखक स्कुल अफ पीसमा अध्ययनरत विद्यार्थी हुन् ।)
mमबथबतगििबद्दण्ज्ञद्द२नmबष्।िअयm
साझा बिसौनी संवाददाता ।