बलिदानको औचित्य

प्रस्तरले चेपिएर प्रचण्ड दबाबको कारणले मृत्युको संघारमा पुगी छटपटाइरहेको एक सजिव प्राणी त्यहाँबाट निर्वाण हुनको लागि धेरै प्रयास गर्छ । साधारण समयमा गर्ने दुःख भन्दा धेरै गुणा बढी दुःख÷प्रयास गर्छ, किनभने त्यहाँ उसको जीवन–मरणको सवाल हुन्छ । हो यसरी नै धेरै भन्दा धेरै संघर्ष गरेर नेपाल र नेपाली जनताकै लागि जीवन अर्पण गरेका मानिसहरू पनी धेरै हुनुहुन्छ । मानवतावाद र प्रकृतीवाद, ईश्वरवाद र आदर्शवाद, प्रगतिवाद र यथार्थवाद, नास्तिक र आस्तिक अनी भौतिकवाद र आध्यात्मवादबीचको ठूलो विद्रोहमा परी हजारौं मानिसहरू तितर–वितर भएका छन् । यी सबै दर्शनको लडाईंबीचमा तदर्थवादका मानिसहरू पनि धेरै भेटिन्छन् ।

हजुरबुबाको छोरा, बुबाको भाइ, ममीको देवर, ठूलो बुबाको भाइ, फुपुहरूको भाइ अनी मेरो अंकललाई पनी १० वर्षे जनयुद्धमा मारियो । कर्मयोगी हुनुहुन्थ्यो । नेपालीको लागि हरेक काम आधोपान्त विचार पु¥याएर गर्नुहुन्थ्यो । उहाँको पनी रहर हुँदो हो आफ्नो आमाबुबाको न्यानो काखमा बसेर आमाको हातले बनाएको मिठो खाना
खान । दाइहरूसँग सुख दुःख गरेर सँगै एकै ठाउँमा रमाएर बस्न । तर के गर्नु । आमाको न्यानो काख, दाइ–भाइको प्रियता अनी हुँदा–हुँदा स्वयम् आफैलाई सम्म पनि गुमाउन बाध्य हुनुभयो । आमाको न्यानो काख खोसियो, दाइहरूको ममता खोसियो र अन्तिममा मेरो अंकललाई संसारबाट नै खोसियो । बेदनाहरू आफ्नो ठाउँमा छन् । दुःख पोखुँ त कसको सामु पोखँु । सायद कर्मयोगी ईमान्दारिताको फल पाउनुभएको होला मेरो अंकलले ।
मेरो अंकल जस्तै हजारौं नेपालीको बेकसुरमै ज्यान गएको छ । धेरै नेपाली जनताहरू, सेनाहरूले मृत्युवरण गरेका छन् । हाम्रो देशमा भएको १० वर्षे जनयुद्धमा हजारौं आमाको काख रितियो । हजारौं चेलीहरूको सिन्दुर पुछियो । धेरै बालबालिकाहरू टुहुरा भए । सर्वसाधारण मानिसहरू अङ्गभङ्ग भए । २००७ सालदेखि २०४६ सालसम्मको अनि हालसम्मको राजनीतिक अस्थिरताको कारणले धेरै सेनाहरू, राष्ट्रसेवक कर्मचारीहरू र जनताले वीरगति प्राप्त गरे । झापा विद्रोह जस्ता धेरे प्रकारका विद्रोहबाट धेरै भन्दा धेरै किसिमको क्षति भयो । तर जनताले के पाए ?
हरेक कुरा गुमाए । आमाको काख गुमाए । चेलीले सिन्दुर गुमाए । बालबच्च्चाले आमाबाबु गुमाए । तर गुमाउनुको अर्थ के ? कालापानी, कोशी, टनकपुर, महाकाली जस्ता धेरै ठाउँहरू गुमायौं । राष्ट्रसेवक, जननेता मदन भण्डारी गुमायौं । उद्योगधन्दा कलकारखाना गुमायौं । गुमाउँदा गुमाउँदै राष्ट्रियता पनी गुमाउँदै छौं । सधैं गुमाउने मात्र हो ? कि, केही पाउने पनि हो ?
विदेशबाट आएका १५ दिन नेपाल बसेका भारतीय नागरिकले १०००÷१५०० मा कापीको पान्ना किनेसरी नागरिकता किन्न पाइन्छ तर नेपालमा १५ औं पुस्तादेखि रहेका सर्वसाधारणले नागरिकता पाउन वर्षौं कुर्नुपर्छ । कहिले नागरिकता बेच्ने, कहिले खोला बेच्ने, कहिले के बेच्ने–कहिले के बेच्ने । कोही भन्छ जनकपुर मेरो, कोही भन्छ लुम्बिनी मेरो । कोहिले भन्छ मधेशमा टेक्न दिन्न, कोहिले भन्छ पहाडमा छुन दिन्न । कसैको बाउबाजेको एक्लै गराएको देश होइन । पृथ्वीनारायण शाहले २१ वर्षबाट सुरु गरी उनकै नेत्तृत्वमा हजारौं सेना र नेपालीले ज्यान गुमाएर बनाएको देश हो नेपाल ।
एउटा ठूलो बुटालाई ढालेर पातमेरो, हाँगा मेरो, बोक्रा तेरो अनी दार उसको भनेर बाढेझै देशलाई बाढ्न पाइदैन । हाम्रै अगाडि २÷४ वर्षभित्र नै हाम्रै अगाडि वाटा चप्पल लगाएर हिँड्ने मानिस रातारात चिल्लो कारमा महंगो जुत्ताको साथमा हिँड्छन् । हमीसँगै गाउँले खाना खानेले महंगो विदेशी खाना खान्छन् । वाटा चप्पलबाट चिल्लो जुत्ता अनी चिल्लो कारमा २÷४ वर्षमै पुग्ने बाटो हामीलाई नि देखाइदिनुप¥यो ? होइन भने भष्ट्रचारीलाई छानविन गरी नांगो पार्ने काम गर्नुपर्छ । सात वर्षमा आठ प्रधानमन्त्री फेरिरहने अनी विदेश भ्रमण गइरहने हो भने देश कतातिर जाला ? हराउँछ, मेरो अंकल जस्ता हजारौं नेपालीको त्याग र बलिदानको महŒव ।
देशमा रहेका गोबर, अगस्ति, दुर्योधन रूपी मानिसहरूले एकदिन देश नै रित्याउँछन् । रावण र शकुनी रूपी मानिसले विदुर र हरिशचन्द्र जस्ता मानिसलाई रहन दिँदैनन् । गोरु अनी साइलक मान्छेले छेपारोको जसरी रङ्ग बदलेर श्रवणकुमार जस्तो पितृभक्त अनी रजहाँस जस्तो विवेकी मानिसलाई पनी रहन दिँदैनन् ।
७३ वर्षे भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुवेर र भीमसेन थापाको देन हो नेपाल । एउटा साधारण सरकारी जागिर खान न्यूनतम योग्यता निर्धारण गरिएको हुन्छ । खरिदार हुन १० कक्षा, सुब्बा हुन १२ बक्षा त्यसरी नै अधिकृत हुनको लागि स्नातक तह पास गर्नुपर्ने । तर देश चलाउने मानिस मन्त्री, प्रधानमन्त्री राम्रोसँग कखरा नजानेको भए पनि हुने । हरेक तहका मानिसहरूलाई शैक्षिक योग्यता तोकिनुपर्ने हाइन र ? ६०१ सभासद्मध्ये कतिले त राष्ट्रिय गान नजानेको कुरा पनी थाहा भएकै छ ।
वृद्ध नेताहरूलाई घरमै बसालेर घरमै उपचार गर्ने व्यवस्था मिलाएर देश हाक्न युवालाई दिनुपर्छ । युवाले साँच्चै देश बनाउने छन् । ४० लाखभन्दा बढी युवाले अरवमा भाडा माझ्नुपर्ने । ४०÷५० डिग्रीको तातो हावामा दुःख गरेर पठाएको रेमिट्यान्समा नेताहरूले रजाइँ गर्ने । विदेश भ्रमण जाने । मरुभूमिमा अन्न फलाउन सक्ने क्षमतावान युवालाई विदेशिन बाध्य गराउने । अनि त्यही दुःखले कमाएको रकम तानातान गर्छन् नेताहरूले । हाच्छ्यु लागे भारत, पेट दुखे अमेरिका, टाउको दुखे स्वीजरल्याण्ड अनी ढाड दुखे चिन जान्छन् । तर नेपालकै गरीब भेगमा टाईफईट भएको बेला सिटामोल नपाएर मर्छन् । चामल किन्नको लागि वृद्ध आमाबाबुलाई १ दिन हिँड्नुपर्छ । खोइ ती विदेश डुल्ने नेताहरूको ध्यान कता छ ?
म सेना अनि कर्मचारीहरूलाई भन्न चाहन्छु । देश बिगार्नेलाई सधैं सलाम ठोकिराख्ने, नमस्कार गरिरहने हो भने ठीकै छ । नत्र यदि भोलि हजुरकै अगाडि हजुरभन्दा माथिल्लो तहको मानिसलाई अभियोग लागेपछि केही आत्मगलानी महसुस हुन्छ कि ? देश चलाउन युवालाई दिनुपर्छ । तर यहाँ युवालाई नै तड्पाएर मारिन्छ । मेरो अंकल जस्ता हजारौं देशप्रेमी मानिसहरूलाई मारिन्छ । जहाँ पनि दुस्शासनहरू मात्र छन् । देशलाई नै नरक बनाएका छन् । नेताहरूलाई वृद्धाश्रम मा वृद्धवृद्धा पालेसरी पालिरहने हो भने त मेरो भन्नु केही छैन । नत्र देशलाई अगाडि बढाउन चाहाने हो भने देश चलाउन युवालाई दिनुपर्छ । मेरो अंकल जस्तो हजारौं नेपालीको बलिदानको त कदर भएन तर अब त्यही समस्या न निम्तियोस् जुन मेरो अंकल जस्तै धेरै नेपाली माथि घटेको थियो ।

प्रकाशित मितिः   ३० भाद्र २०७४, शुक्रबार ०८:२८