दरबन्दी अनुसार कर्मचारी पूर्ति गर्न माग
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
कृषि सेवा केन्द्र कुनाथरीमा प्राविधिक सेवा उपलब्ध गराउनका लागि दरबन्दी अनुसारका प्राविधिक खटाउन सेवाग्राहीले माग गरेका छन् । असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले सञ्चालन गरेको स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाको सहयोगमा मानव अधिकार तथा ग्रामीण विकास केन्द्रले आयोजना गरेको आमने सामने बैठकमा सहभागी कृषकहरूले यस्तो माग गरेका हुन् ।
सामुदायिक अङ्क पत्र अन्तर्गत कुनाथरीको बड्डीचौरस्थित सेवा केन्द्रमा बुधवार आमने सामने बैठक गरिएको थियो । ‘कि दरबन्दी छैन भन्नु प¥यो कि दरबन्दी अनुसार कर्मचारी हुनुप¥यो’, कृषक दयाराम पौडेलले भने । कृषि सेवा केन्द्र बड्डीचौरमा तीन जना प्राविधिक, एक जना प्रशासन तथा एक जना कार्यालय सहयोगी गरी पाँच जनाको दरबन्दी रहेकोमा हाल एक जना प्राविधिक एक जना प्रशासनका सुब्बा र एक जना कार्यलय सहयोगी मात्रै छन् ।
छलफलपछि दरबन्दी अनुसारका कर्मचारी उपलब्ध गराउनका लागि जिल्ला कृषि विकास कार्यालयमा माग गर्ने निर्णय पनि गरिएको छ । सामुदायिक अङ्कपत्र अन्तर्गत सेवा केन्द्रको स्रोत आङ्कलन, सेवाग्राहीद्वारा सेवा प्रदायकको मूल्याङ्कन र कर्मचारी स्वयम्ले स्वमूल्याङ्कन गरेका थिए । आमने सामने बैठकमा भने दुवैले दिएको अङ्कका बारेमा छलफल गरिएको थियो । बैठकमा सहभागी सेवाग्राहीहरूले सामुदायिक पत्र कार्यक्रममार्फत् गाविसले दिने सेवा सुविधाका बारेमा राम्रोसँग जानकारी पाएको बताएका छन् । कृषक गंगा सुवेदीले सेवा केन्द्रमा भएको स्रोत, सेवा सुविधाका बारेमा जानकारी पाउनुका साथै सेवा प्रदायकसँगै बसेर छलफल गर्न पाउँदा खुशी लागेको बताइन् ।
साझा बिसौनी संवाददाता ।