एमालेलाई निःशुल्क जग्गा

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
नेकपा एमाले गाउँ कमिटी लेखफर्सा सुर्खेतलाई एक परिवारले निःशुल्क जग्गा दान गरेको छ । पार्टीको कार्यालय भवन निर्माण गरी पार्टीका गतिविधिहरू सञ्चालनमा सहजता ल्याउने उद्देश्यले निःशुल्क जग्गा दान गरिएको हो ।
 लेखफर्सा–५ निवासी धन्सराम खाम्चा मगर, डिलबहादुर खाम्चा र डिलसरी खाम्चाको परिवारले जग्गा हस्तान्तरण गरेका हुन् । लेखफर्सा–६ मा रहेको करिब एक लाख मूल्य बराबरको ८४.६५ वर्गमिटर जग्गा बुधवार एमाले गाउँ कमिटी लेखफर्साको नाममा नामसारी गरिएको एमाले सुर्खेतका कार्यालय सचिव गगनसिं सुनारले जानकारी दिए ।
पार्टी सङ्गठनलाई जीवन्त राख्दै गाउँ कमिटीलाई संस्थागत रूपमा विकास गर्न उक्त सहयोगले महŒवपूर्ण भूमिका निर्वाह गर्ने कार्यालय सचिव सुनारले बताए । उनले भने ‘उहाँहरूको सहयोगी हृदयप्रति हामी आभारी 
छौं । यसरी पार्टीलाई सहयोग गर्ने सीमित व्यक्तिहरूमा उहाँहरू पर्नुभएको छ ।’
प्रकाशित मितिः   ९ बैशाख २०७३, बिहीबार ०३:५१