संगठनको भेला सम्पन्न

सुर्खेत, २५ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठन बराहताल गाउँपालिकास्तरीय भेला शनिवार ओदालतालमा सम्पन्न भएको छ । गाउँपालिकास्तरीय समितिका अध्यक्ष रत्नबहादुर थापाको अध्यक्षता तथा संगठन जिल्ला कमिटी कोषाध्यक्ष रत्नबहादुर बुढाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा संगठनको सुदृढीकरण, शिक्षकहरूका समस्या, संशोधित विधान, समसामयिक विषयमा छलफल भएको
थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय प्रतिनिधि एवम् मानार्थ सदस्य इन्द्र केसी, इलाका नम्बर ९ का इन्चार्ज टेकराज कार्की, जिल्ला समिति सदस्य सूर्यकला विक, दुर्गा गौतम लगायतका शिक्षकहरूको सहभागिता रहेको थियो ।