भेरीगंगामा वृक्षारोपण

भेरीगंगा, २५ भदौ । भेरीगंगा नगरपालिका–१२ छिन्चुमा रहेको इलाका प्रहरी कार्यालयले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला वन कार्यालय सुर्खेतको सहकार्यमा प्रहरीले करिब दुई सय बिरुवा रोपेको हो ।

कार्यक्रममा सहभागी भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य ढकालले प्रहरी सधैं देश र जनताप्रति उत्तरदायी हुनपर्ने बताइन् । उनले प्रहरी र नागरिक मिलेर समाजमा शान्ति सुरक्षा कायम गर्नुपर्ने समेत जनाइन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख धुव्रबहादुर थापाले प्रदेश नं. ६ का प्रहरी प्रमुख रणबहादुर चन्दको निर्देशनमा वृक्षारोपण गरिएको जनाए । चन्दको प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यलयहरू वातावरणमैत्री बनाउने अठोट अनुसार आफूहरूले इलाका प्रहरी कार्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको थापाले बताए ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:११