शिक्षक संघको नगर भेला

सुर्खेत, २५ भदौ । नेपाल शिक्षक संघ वीरेन्द्रनगर कार्यसमितिको प्रथम नगर भेला शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नगर समितिका संयोजक खगिसरा शाहीको अध्यक्षता तथा वरिष्ठ केन्द्रीय उपाध्यक्ष तीर्थजङ्ग शाहीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
प्रमुख अतिथि शाहीले संघले पेसागत जिम्मेवारीलाई उच्च महŒव दिएको बताए ।

उनले पेसाको मर्यादा जोगाउँदै संगठनको काममा लाग्न सुझाव दिए । भेलाका सहभागीहरूले संघमा आवद्ध शिक्षकहरूले विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा संघले शिक्षकहरू तेजकुमारी चपाईं, प्रेमप्रकाश देवकोटा र चन्द्रा न्यौपानेलाई सम्मान गरेको छ ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:१०