रेडक्रसको गोष्ठी सम्पन्न
चौकुने, २५ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेतको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल र जनता माध्यमिक विद्यालय विद्यापुरको समन्वयमा जिल्लास्तरीय ३५औं जुनियर युवा रेडक्रसको गोष्ठी र २६औं शिक्षक नायक गोष्ठी शनिवार विद्यापुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सांसद हृदयराम थानीले सामाजिक सेवामा रेडक्रसको योगदान उल्लेखनीय भएको बताए । उनले आफू पनि विद्यार्थीकालमा रेडक्रसमा आवद्ध रहेको स्मरण गर्दै विद्यार्थीहरूको क्षमता र नेतृत्व विकासमा पनि रेडक्रसको महŒवपूर्ण भूमिका रहने जनाए । रेडक्रसले मानिसहरूलाई निःस्वार्थ समाजसेवामा लाग्न प्रेरित गर्ने गरेको उनको भनाइ थियो । पूर्व सूचना तथा सञ्चार मन्त्री शिवराज जोशीले दुःख र आपत विपत्मा साथ दिने रेडक्रस सदैव निःस्वार्थ भावनाका साथ अगाडि बढीरहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटीका सभापति रामलाल आचार्य, निवर्तमान अध्यक्ष लिलाराम सुवेदी, जिल्ला अधिकृत गोविन्द आचार्य, उपशाखाका सभापति रामप्रसाद सापकोटा, जुनियर युवा सर्कल सुर्खेतका संयोजक हिरामणि पौडेल, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, उपप्रमुख मुक्ति पुरी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २५ भाद्र २०७४, आईतवार १२:१०
साझा बिसौनी ।