राप्रपा प्रजातान्त्रिकको भेला हुँदै

सुर्खेत, २५ भदौ । राष्टिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सुर्खेतको जिल्लास्तरीय भेला वीरेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केही समयअघि फुटेर अलग भएको प्रजातान्त्रिकको भेला भदौ २६ गते हुन लागेको हो ।

भेलामा पार्टीका केन्द्रीय महामन्त्री ध्रुवबहादुर प्रधानले सम्बोधन गर्ने भेला आयोजक समिति सुर्खेतका सदस्य सचिव रुद्रबहादुर चन्दले जानकारी दिए । भेलामा राप्रपाका जिल्लादेखि गाउँतहसम्मका नेताहरूको सहभागिता रहने उनले जनाए । राप्रपाका संस्थापक नेतादेखि अन्य कार्यकर्ताहरूलाई भेलामा उपस्थितिका लागि पत्राचार समेत गरिसकिएको चन्दले जानकारी दिए । भेलामा महामन्त्री प्रधानले ६ महिनाअगाडि एकीकरण भएको पार्टीको पार्टी विभाजन बारेमा जानकारी दिने तथा राप्रपा प्रजातान्त्रिकको मूल एजेण्डा बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मितिः   २५ भाद्र २०७४, आईतवार १२:०८