कर्मचारी परिषद्मा आचार्य

सुर्खेत, २५ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति सुर्खेतको अध्यक्षमा हरिहरप्रसाद आचार्य चयन भएका छन् । परिषद्को पाँचौं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा लोकप्रसाद ढकाल, महिला उपाध्यक्षमा ओविसरा महतारा, सचिवमा दोर्णजङ्ग बिसी, सहसचिवमा गोपाल सापकोटा र कोषाध्यक्षमा निर्मल कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा तुलसी बुढा, देवी कँडेल, पदमबहादुर कार्की, भीमबहादुर वली, सन्तबहादुर राजी, रणबहादुर ठाढा, दीपबहादुर विष्ट, धिरजंग रानाक्षेत्री चयन भएका छन् । भेला जिल्ला कार्यसमितिका अध्यक्ष हरिहरप्रसाद आचार्यको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरीक्षक भोजप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।