कर्णालीमा खाद्यान्न अभाव नहुने

सुर्खेत, २० भदौ ।
कर्णालीबासीले यसवर्ष चाडपर्वको समयमा खाद्यान्न अभाव व्यहोर्नु नपर्ने भएको छ । खाद्य संस्थानले चाडपर्वलाई लक्षित गरी कर्णालीका जिल्लाहरूमा २९ हजार क्वीन्टल चामल पठाउने तयारी गरेको छ ।


दशैं र तिहारको समयमा अझ बढी खाद्यान्नको अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दशैं र तिहारअघि नै खाद्यान्न पठाइसक्ने तयारी खाद्य संस्थान सुर्खेतले गरेको छ । संस्थानले चाडपर्वअघि नै खाद्यान्न पठाइसक्ने जनाएको छ । दशैं र तिहारलाई लक्षित गर्दै यसवर्ष २९ हजार क्वीन्टल चामल पठाउने तयारी भइरहेको संस्थानले जानकारी दिएको हो ।
खाद्य संस्थानका प्रमुख भीमबहादुर थापाले यसवर्ष कर्णाली अञ्चलबासीले खाद्यान्नको अभाव झेल्नु नपर्ने बताए । उनले भने, ‘हामीले कर्णाली अञ्चलका पाँच जिल्लामा दशैं भन्दा अघि नै खाद्यान्न पठाउने योजना बनाएका छौं ।’ संस्थानमा अहिले २५ हजार क्वीन्टल चामल मौज्दात रहेको थापाले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७२/०७३ मा कर्णाली अञ्चलका पाँच जिल्ला जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पाका लागि ६८ हजार क्वीन्टल खाद्यान्न पठाएको थियो । यो आर्थिक वर्ष २०७३÷०७४ को पहिलो चरणमा संस्थानले २९ हजार क्वीन्टल खाद्यान्न पठाउने भएको हो । संस्थानका प्रमुख थापाले यो वर्ष पहिलो चरणमा २९ हजार क्वीन्टल खाद्यान्न पठाए पनि उपभोक्ताको माग अनुसार दोस्रो चरणमा खाद्यान्न पठाइने बताए ।
अहिले पनि प्रत्येक जिल्लाका खाद्य डिपोमा खाद्यान्न मौज्दात रहेको हुँदा यसपटक दशैं र तिहारमा खाद्यान्नको अभाव नहुनेसमेत थापाले बताए । साथै थप २९ हजार क्वीन्टल चामल पनि पठाउने तयारी गरिएकाले कर्णालीका नागरिकले यसवर्ष चामल अभाव व्यहोर्नु नपर्ने उनको भनाइ छ ।
खाद्य संस्थानले दिने अनुदानको चामल पसलमा बिक्री हुने मूल्यभन्दा प्रतिकिलो एक सय रूपैयाँ कम पर्ने संस्थानले जनाएको छ । त्यसकारण पनि उपभोक्ताहरू बाहिरी पसल भन्दा संस्थानको डिपोमा नै चामल किन्न आउने गरेको थापाको भनाइ छ । उनले कर्णाली अञ्चलमा सडक पुगेपछि अहिले सहज रूपमा गाडीमा नै खाद्यान्न पु¥याइरहेको बताए । उनले भने, ‘पहिला सडक थिएन जहाजबाट लैजानु पथ्र्यो, मौसम अनुकूलता हेर्नुपथ्र्यो तर अहिले गाडी पुगेपछि कर्णाली अञ्चलमा खाद्यान्न समयमा नै पु¥याउन सकिएको छ ।’ कर्णाली अञ्चलका जुम्ला, मुगु, डोल्पा र कालिकोटमा गाडीबाट नै खाद्यान्न पठाइरहेको उनको भनाइ थियो । हुम्लामा अहिलेसम्म सडक पुग्न नसक्दा जहाजबाट नै खाद्यान्न पठाइरहेको उनको भनाइ थियो ।
संस्थानका अनुसार अन्य जिल्लामा पनि सदरमुकाममा मात्र गाडी जाने भएकाले गाउँ–गाउँसम्म खच्चडको माध्यमबाट खाद्यान्न पु¥याइएको छ । अन्य जिल्लामा खाद्यान्नको अभाव नभए पनि हुम्लामा भने जहाज जाने मौसमको अनुकूलता नभए खाद्यान्न समयमा पु¥याउन कठिन हुने थापाको भनाइ छ । खाद्य संस्थानले अहिले कर्णाली अञ्चलका पाँच जिल्ला र दैलेख, अछाममा पनि खाद्यान्न वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मितिः   २१ भाद्र २०७४, बुधबार १५:१८