म यस्तो मान्छे बन्न चाहान्छु !

जुनेली रातको समयमा खुला आकाश हेरेर बन्द धर्तीबाट सच्चा एवम् पवित्र मनले विस्तारै–विस्तारै आकाशको बारेमा बहस गर्दा धेरे प्रकारका विचारहरू आउँदा हुन सायद । किनभने हरेक व्याक्तिपिच्छे फरक–फरक विचार हुन्छन् र हरेक मानिस फरक विचारकको रूपमा स्थापीत भएका हुन्छन् । सम्पूर्ण मानिसको विचार एउटै हुने भए त पृथ्वीको अस्थित्व नै हराउने थियो होला सायद । केही मानिसहरू आफ्नो व्याक्तिगत बारेमा मात्र सोच्ने गर्दछन्, केही मानिसहरू परिवार र आफन्तको बारेमा मात्र सोच्ने गर्दछन्, केही मानिसहरू देशको बारेमा मात्र सोच्छन् भने केही मानिस सम्पूर्ण मानिस र प्रकृतिको बारेमा सोच्ने गर्दछन् । सबैको महŒव आ–आफ्नो ठाउँमा आफ्नै किसिमले रहेको छ । अझ वास्तवमा भन्नुपर्ने हो भने त मानिसको आफ्नो क्षमता अनुसार उनीहरूले सोच्ने गर्दछन् । आफ्ना लागि होस् या पूरै प्रकृति र हरेक मानिसहरूको लागि ।


विश्वमा १९५ देशहरू छन् । हाम्रो देश एक सय ९५ मध्ये एक सय ६१ औं स्थानमा पर्दछ । ता कि हाम्रो देश विश्वकै तुलनामा एकदमै पछाडि परेको हामी सबैलाई थाहा छ । सम्पूर्ण साधारण मानिसदेखि लगेर नेतृत्व पंक्तिका मानिसहरूलाई थाहा छ कि हाम्रो समाज र समग्रमा देश विकास हुनको लागि असल नेतृत्वको आवश्यकता पर्दछ भनेर । तर हामी सम्पूर्ण मानिसहरूले असल नेतृत्व गर्ने खालको मानिस चन्न एकदमै जरुरी छ । म आज मेरो मनमा लागेका केही कुराहरू हजुर सामु भन्न गइरहेको छु, कृपया राम्रोसँग पढिदिनुहोस्, सुनिदिनुहोस् ।
सर्वप्रथम त म एक असल नेपाली बन्न चाहान्छु । जसको दिलमा नेपालीपन हुन्छ । राष्ट्र र राष्ट्रियताप्रति माया र सद्भाव हुन्छ । देशमा रहेका हरेक जनताप्रति माया ममता र करुणा हुन्छ, अनी आफ्नो लागि भन्दा बढी दुःख, बढी परिश्रम, बढी मेहेनत जनताको लागि गर्नुपर्छ भन्ने विचार हुन्छ र व्यवहारमा पनि गरिन्छ । म मेरो देश नेपालको लागि केही गर्न चाहन्छु । मेरो देशलाई विश्वकै उदारणीय देश बनाउन चाहान्छु । हजुरलाई लाग्नेछ, जावो एउटा १७ वर्षको मानिसले के गर्न सक्ला भनेर । हाम्रो विगतलाई सम्झने हो भने १७ वर्षदेखि २१÷२२ वर्षभित्रका मानिसहरूले धेरै ठूलाठूला कामहरू गरिसकेका छन्, सहिद कहलिएका छन्, नेपाल देश एकीकरण गरेका छन् भने मेरो उमेरका मानिसहरूले पनी केही गर्न सक्छन् भनि प्रमाणित भएको छ ।
मैले बारबार नेपाल नेपाल भनेर नारा लाइरहनुको तात्पर्य हो, नेपालीपन । म नेपाल होइन समृद्घ नेपाल चाहान्छु । समस्याले ग्रसित होइन समस्यामुक्त नेपाल चाहन्छु । अरुको भरमा आफ्नो स्वाभिमान बेचेको नेपाल होइन, आफ्नो खुट्टामा उभिएर बाँच्न सक्ने, अन्य देशको वैशाखी नचाहिने स्वाभिमान भएको नेपाल चाहान्छु । अनि समस्यामुक्त, समृद्ध, आत्मनिर्भर नेपाल चाहान्छु । समग्रमा भन्नुपर्दा यति धेरै जनताहरू हुनुहुन्छ कि हाम्रो देश नेपालमा, मानवजीवनको अत्यावश्यक तत्वहरू गास, बास, कपाससमेत पाउनुभएको छैन । शिक्षा, स्वास्थ्यको कुरा त धेरै टाढा छ, उहाँहरूको त्यो समस्याको अगाडी । धेरे बालबच्चाहरू छन्, बिहान साझ खुवाउने अन्न छैन, बिहान साझ थोरैथोरै भए पनि गुन्द्रुक ढिढो खान पुग्ने जति रकम दिनभरको कमाइले जेनतेन पु¥याउनुहुन्छ तर, रातमा सुत्नको लागि असल, सही एउटा कोठा छैन । झुपडीमा बस्न बाध्य हुनुहुन्छ । पानी चुहिँदा त्यो समस्यालाई मनभित्र लुकाएर रात काट्नुपर्ने हुन्छ । हावाहुरी लाग्दा त्यही सानो वारको झुपडी पनी उडाउछकी भनी रातभर निदाउन पाउनुहुन्न । ओड्न ओच्छ्याउनको लागि थोत्रोसानो कपडासमेत छैन उहाँहरूसँग ।
हो यो हो नेपालको वास्तवकी गरीबको समस्या । यही नेपालमै पनि छन् केही मानिस जो चिल्ला कारमा हिँड्छन् । एसी कोठामा बसेर आनन्द लिन्छन् अनी महँगो प्रकारको विदेशी खाना रोजी–रोजी खान्छन् । ती कन्दमुल खाएर प्रकृतिको हावालाई एसी सम्झी बाँच्नुपरेका नेपाली जनताहरू र सम्पन्न व्याक्तिहरूबीचको दूरीलाई कम गर्न चाहान्छु । म चाहान्छु नेपालका हरेक मानिसहरूको जीवनस्तर लगभग समान होस् । कोही मानिस कन्दमूल खाएर बाँच्ने अनी कोही विदेशी खाना खाएर होइन की बरु सबै मानिसले नेपाली खाएर गर्वको साथ बाँचेको हेर्न चाहान्छु । ती बिहान बेलुका हातमुख जोड्नको लागि दिनभर काम गर्नुपर्ने र त्यो थकाइलाई प्राकृतिक भएसँगै सामना गर्नुपर्ने समस्या हटाएर एक सुन्दर एवम् सफल देश निर्माण गर्न चाहान्छु । सडकको अनुहार नदेखेकाले सडक देख्न पाउनुपर्छ र एसी गाडीमा हिँड्ने मानिसलाई विकट सडकमा हिँड्दाको समस्या थाहा दिलाउनुपर्छ भन्ने कुरा चाहान्छु ।
हामी मध्य धेरै मानीसको सरासर डिग्री हासिल गर्ने अनी जागिर खाने सोच हुन्छ । कतिपय मानिसहरू प्राविधिक शिक्षातर्फ लम्किन्छन् । जब शैक्षिक योग्यताको कागत हातमा समातेर जागिरको शिलशिलामा भौंतारिन्छन् तब, थाहा पाउँछन् कि नेपालको साधारण जागिरले घरपरिवार पाल्न सकिदैन । १० देखि १७÷१८ वर्ष मेहेनत गरेर जागिर खानको लागि पढ्छौं अनि हार्छौं आफैबाट । जसकारण विदेशिने निर्णय गर्छौं । हुन पनि हो, घरपरिवार पाल्नको लागि बिहान बेलुका खान पुग्ने जति रकम कमाउनको लागि अनी त्यो चुहिने र हावाहुरिले उडाउन सक्ने खालको घरको असल एवम् बलियो छाना हाल्नको लागि नेपाली पारिश्रमिक प्रयाप्त छैन । ती सबै समस्याहरूको समाधानको लागि धेरै रकम चाहिन्छ र त्यती रकम कमाउने सजिलो बाटो विदेश बनेकाले युवाहरू विदेशिन्छन् ।
विदेशमा गएर आफ्नो रगत पसिना बगाएर काम
गर्छन् । हजुरलाई थाहा नै छ, हाम्रो गाउँघरका कति मानिस विदेशमै दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कुरा । विदेशमा गएर पैसा कमाएर जहान पाल्ने अभिलाषा बोकेको मानिस आफैं मरेपछि उसका घरपरिवार बिचल्लीमा पर्छ । झनै गरीब हुन्छ । हो यो नेपालीको मुख्य समस्या बेरोजगारलाई देशमै समाधान गर्यौं भने, उद्योगधन्दा खोली देशमै दुःख गरेपछि देशमा पनी विकास हुने, बेरोजगार पनी हट्ने । हो यही बेरोजगारीको समस्या हटाउनको लागि स्वदेशमै उद्योगधन्दाहरू सञ्चालन गराइ हरेक युवाले विदेशमा गर्ने दुःख नेपालमै गरी नेपाल समृद्घ बनाउन र बेरोजगारीको समस्या हटाउन चाहान्छु । म हजुर लगायत सम्पूर्ण नेपाली मानिसलाई थाहा छ कि, नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो भनेर । हाम्रो देशमा जलस्रोत यति धेरै छ कि पूरै प्रयोग गरेर विद्युत निकाल्ने हो भने हाम्रो देशमा मात्र होइन विभिन्न मुलुकलाई बेचेर धैरै रकम कमाउन सकिन्छ । जलस्रोतको दास्रो धनी देश भएर पनी विद्युतको लागि विदेशसँग हात पसार्नु कहाँको नेपालीपन हो ?
सच्चा नेपाली त विदेशीसँग कहिल्यै पनि झुक्दैन । शिर ठाडो पारेर बाँच्छ । हामै्र देशमा कृषि सिँचाइको लागि आकाशे पानी कुर्नुपर्ने हुन्छ । जबकी जलस्रोतको दास्रो धनी देश हो भने, चाहानुहुन्छ नेपालभर विद्युत पर्याप्त पुगेपछि विदेशलाईसमेत बेच्न ? चाहानुहुन्छ सम्पूर्ण जलस्रोतको सही सदुपयोग गरी कृषिप्रदान देशलाई अझ धेरै आम्दानीमूलक बनाउन ? हो यही जुन विदेशसँग हात पसार्ने नीति छ यसको विरोध गरी स्वदेशमै केही गर्न चाहान्छु । आफ्नो देशको पान जम्मा गर्नुमात्र ठूलो कुरा होइन । बाँध गराएर जम्मा गरेर के नै हुन्छ र ? उसको सही सदुपयोग गर्नुपथ्र्यो नी । हो नेपाललाई पानीको समस्याबाट टाढा बनाउन, कृषि सिँचाइमा आवश्यक पर्ने पानी हरेक कृषकहरूको जग्गामा उपलभ्ध गराउन र समग्रमा देशभर पानीको समस्या हटाउन चाहान्छु । स्वदेशमै विद्युत उत्पादन गरी देशलाई उज्यालो बनाउन चाहान्छु । बत्ति नदेखेका गरीब जनताहरू माझ बिजुली पु¥याएर उहाँहरूलाई अँध्यारोबाट उज्यालोतर्फ धकेल्ने काशिश गर्न चाहान्छु । आफ्नो देशको स्वाभिमान नबेची, भारत सामु हात पसारेर सहयोग नमागी, आफ्नो खुट्टामा उभिन सक्ने नेपाल निर्माण गर्न चाहान्छु ।
यात्रा गर्ने खालको सडकको आवश्यकताको बारेमा हामी सम्पूर्ण मानिसहरूलाई थाहा नै छ । पैदल घण्टौं, दिनौं र महिनौं लाग्ने ठाउँमा केही समयमै तत्काल पुग्ने रहर कस्को पो नहोला र ? राम्रो सडक निर्माण गरेर गाउँघरमा पनी सामान ढुवानी गरी नुन, तेल सजिलै घर नजिक पुगेपछि सम्पूर्ण जनताहरूले ठीकै मान्नुहुन्थ्यो हाला । गाउँघरमा साधारण मानिस बिरामी हुँदा उपचार गर्नको लागि अस्पताल लग्न सहज हुने थियो ता की सर्वसाधारण मानिसको अकालमा ज्यान जाने थियन । तसर्थ हाम्रो देशको हरेक साधारण गाउँ–गाउँमा सडक पु¥याउन जरुरी छ । जबकी विश्वका सम्पन्न मुलुकमा घरमै गाडी जाने, घरकै छतमा जहाज बस्ने व्यवस्था समेत गरिएको छ भने हामीले कमसेकम आ–आफ्नो गाउँघरमा सडक बाटो त पु¥याउनुप¥यो ।
हाम्रो देशको मुख्य समस्या भनेको दिगो विकास नहुनु हो । विकास त गरिन्छ तर तत्काल केही समयको लागि मात्र । सुन्नुहोस् म एउटा उदारण दिन्छु है त । सडक निर्माणको लागि जब बजेट पारित हुन्छ काम पनी हुन्छ । अनी धेरै समयपछि चौडा सडकको लागि बजेट जान्छ । त्यतिबेलासम्म त्यो सडक भत्किसकेको हुन्छ । पुनः सडक खन्नुर्छ । नाली खनिन्छ, तत्काल पलस्टर गरिदैन । वर्षातमा नाली पुरिहाल्छ, पुनः खन्नुपर्छ । जबकी एउटा काम २÷३ पटक गर्नुभन्दा, सडक बनाउनु छ भने एकैपटकमा बनाइहाल्ने, नाली निर्माण गर्नुछ भने सुरु गरेपछि अर्को पटक बनाउन नपर्ने गरी बनाइहाल्ने । जसकारण छिटो छरितो र कम लगानीमा विकास सम्भव छ । हो म यही चाहन्छु ।
मानव जातीको विकास क्रमसँगै कामको निर्धारण गरियो र कामकै आधारमा जातको । आज आएर यही कुराले हाम्रो समाजलाई एकदमै फटाएको छ, दुधमा कागती हाले जसरी । मानिस जन्मन्छ, हुर्कन्छ । जस्तो परिवार र समाज पायो त्यही अनुसार धेरै कुरा सिक्छ । तर मनिसलाई जातको आधारमा भेद्भाव गरिनु न्याय हो र ? कानुनको कुनै दफामा लेखिएको छैन कि तल्लो जात को मानिसलाई उपल्लो जातको मानिसले हुकुम अर्थात् शासन जमाउनुपर्छ भनि । हाम्रो यो समाजमा जातको आधारमा तल्लो जातको मानिसलाई पशुको जस्तो व्यवहार गरिन्छ । छोएको पानी खाइदैन । यही पाठ सिकाएको हो मानवताले ? जुन व्यवहार एक अशिक्षित, अनपढले गर्दछ । शिक्षित मानिसले त सबैलाई सही र गलत यो हो भनी चेतना दिलाइ दिनुपर्ने हो । अरुलाई केही गर्न नसकेता पनि आफ्नो सोचाइ त परिवर्तन गर्नुपर्ने हो । व्यवहारमा छैन, छ त केबल कपीको पानामा । पुरानो रितीलाई त्यति त्यति धेरै आत्मसात् गर्नु पनि ठीक हुँदैन की ? हरेक मानिसलाई तिखो वाणले रोपेसरी मुटुमै चोट पुगोस् ।
महिलालाई छाउगोठमा राख्ने, दलितले छोएको पानीसमेत नपिउने । दलितलाई उपल्लो जातको मानिसको घरमा टेक्नसमेत नदिने । साँच्चै यही हो त न्याय ? अन्याय भएन र ? हो सम्पूर्ण मानिसबीचको असमानता हटाइ सबैलाई एक ठाउँमा ल्याउन चाहान्छु । हाम्रो देशमा मुख्य समस्याको रूपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण गर्नु पनि एकदमै जरुरी छ । केही भ्रष्ट आचरण भएका मानिसहरूले गर्दा हाम्रो देश नै खाक्रो पारिसकेका छन् । हरेक मानिसले आफूले भ्रष्टाचार नगर्ने अनि आफ्ना आफन्त, समाजका कोहीले गरेको थाहा पाउनासाथ सम्पूर्ण जनता माझ गर्नुभयो भने हुन्छ भ्रष्टाचार न्यूनीकरण पनि । जबकी हजुरको मेहेनत, हजुरले तिरेको मूल्य अभिवृद्घि कर आदि इत्यादि कसैले विना कारण खानेबेला हजुर टुलुटुलु हेरेर बस्नुभयो भने हजुर त्यो भ्रष्टाचारी भन्दा बढी ठूलो भ्रष्ट मानिस कहलिनुहुनेछ । मन छैन हजुरलाई, आफ्नो देशको स्वाभिमानको साथमा बाँच्न ? हजुरको छोरा नातीले हजुरलाई असल मानिस भनेर चिनुन भन्ने चाहानुहुन्छ कि भ्रष्ट मानिस, त्यो हजुरकै हातमा छ । त्यो यो नेपालमा रहेको भ्रष्टचारीतन्त्रलाई हटाइ अझ भन्नुपर्दा हरेक मानिस भित्रको भ्रष्ट आचरण हटाएर सही आचरण भर्न चाहन्छु । जसकारण नेपाल समृद्घ हुनेछ ।
म एक विद्यार्थी हँु । मैले नेपाललाई समृद्घ देख्न चाहन्छु र बनाउन पनि । मात्र हजुरले साथ दिनुपर्छ । गरीब, बेरोजगार, भ्रष्टाचार र अन्धविश्वास कुरिती हटाउन अनि विद्युत, सडक, दिगो विकासलाई सम्पन्न बनाइ हरेक सर्वसाधारण जनतालाई सुविधासाथ रहन मिल्ने व्यवस्था मिलाउनुपर्छ । असल कार्य गर्छु भनि अगाडि हिँडेको मानिसलाई साथ दिनु हजुरको कर्तव्य हो । हजुरको पनी चाहाना होला समृद्घ नेपाल बनाउने । जन्म त सबै मानिसको हुन्छ तर कोही मानिस सानदार तरिकाले मर्छन् भने कोही मानिस गल्लीको किरा सरी । यो हजुरको हातमा छ, सकेसम्म आफूले केही गर्नुहोस् नत्र असल नेतृत्व छान्नुहोस् । म देशमा रहेका समस्या समाधान गरी समस्यामुक्त नेपाल निर्माण गर्न चाहान्छु । हजुरले साथ दिनुपर्छ । हजुरको साथको अपेक्षा गर्दछु ।

प्रकाशित मितिः   १९ भाद्र २०७४, सोमबार १४:२६