संसदीय दलको सदस्यमा विष्ट निर्वाचित

सुर्खेत, २६ चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्यमा प्रदेश न‍म्बर ६ बाट सुर्खेतका तप्तबहादुर विष्ट विजयी भएका छन् । शुक्रवार भएको दलको कार्यसमिति सदस्यहरुको निर्वाचनबाट विष्ट सदस्यमा निर्वाचित भएका हुन् । उनले १ सय २० मत प्राप्त गरे । 
विष्ट सविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र न ३ बाट निर्वाचित साँसद हुन् । विष्ट काँग्रेसको १३ ‍औँ महाधिवेशनमा रामचन्द्र पौडेल पक्षमा थिए भने संसदीय दलको निर्वाचनदेखि शेरबहादुर देउवा पक्षमा उभिएका छन् । उनी पार्टि विभाजनका बेला पनि देउवा पक्षमा थिए । 
 यसैबीच  संसदीय दलको कार्यसमितिमा पनि शेरबहादुर देउवा पक्षधर बहुमत सदस्यहरू विजयी भएका छन् ।यता रामचन्द्र पौडेल समूहबाट चार जना मात्र विजयी भएको बताइएको छ ।