यौन स्वतन्त्रता नै किन ? (भाग–२)

इ.सं. १९१० मा यौनबारे पश्चिममा यसको स्वतन्त्रताको लागि महिलाहरू बढ्न थालेका हुन् । इ.सं. १९५० पछि वैज्ञानिकले यौन खुला गर्ने तथ्य ल्याएपछि १९६० बाट नै पश्चिममा महिलाहरूले पुरुषले लगाएका बारबन्देजहरू विरुद्ध आन्दोलन गर्दै पुरुषसँग हरेक क्षेत्रमा समान काम समान अधिकार प्राप्त गर्दै गए । कृषि क्रान्तिपछि औद्योगिक क्रान्ति पश्चिमका विकसित मुलुकहरू नै अगाडि बढेपछि विश्वमा आफ्नो सम्राज्यवादी उपनिवेश बनाउँदा महिला पुरुषहरू वर्षौ महिनौ बाहिर बस्नुपर्ने भएकोले थप यौन विकृती भन्दा पनि यौन स्वतन्त्रता माग बढ्दै गयो । स्वास्थ्यको लागि पनि यौनको आवश्यकता वैज्ञानिक तथ्यको आधारमा प्रमाणित भयो । त्यसपछि धमाधम एकल विवाह र यौन स्वतन्त्रताबारे नियम कानुनहरू निर्माण हुँदै गए । यौनको लागि निश्चित उमेर हद तोकियो । पश्चिमा मुलुकहरूमा विवाह गर्ने पनि शरीरका हर्मनहरू बच्चा जन्माउन बलियो भइसकेपछि केही २० केही २१ वर्ष संविधान ऐन कानुनमा केटाकेटीको इच्छा भए मात्र गर्न सकिने निर्धारण गरियो ।
हाम्रो नेपालको राणाकालमा त विवाहको लागि एउटै हिन्दुजातमा पनि जातपातको तलमाथि भए अनेकौं प्रकारका मुद्धा लाग्ने बाबुआको इच्छाको बर बालो बुढो जस्तो भए पनि महिलाले स्वीकार्नुपर्ने बाध्यकारी नियम कानुन सामाजिक संस्कारले थोपरिएको थियो । राइ, लिम्बु, तामाङ, मगर, गुरुङ्ग, दलितको परिवारभन्दा उच्च जात भनिने क्षेत्री बाहुन पुरोहितहरू घरमा छाउपडी प्रथाबाट ज्यान जोखिम मोलिरहेका छन् । अन्तरजातिय विवाह गर्दा परिवार र समाजबाट बहिष्कार हुनु परेका थुप्रै घटनाहरू हम्रो समाजमा
छन् । अन्तरजातीय विवाह गर्दा दैलेखमा एक जोडीले ज्यानै गुमाउनु परर्यो । मानवले बाँच्न पाउने अधिकार छिनिएको छ । भर्खर दैलेखमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु हुन पुगेको छ । रुकुममा निर्वाचित वडा सदस्य महिलालाई उनको श्रीमानले हत्यासमेत गरेका छन् । अझै पनि हाम्रो नेपालमा पुरुषले महिलामाथि दमन शोसण गर्न निर्माण गरेको सामाजिक संस्कृती संस्कार तोड्न नसकेर हत्यादेखि यातना सही जीवन लाखौं महिलाहरूले जीवन विताइरहेकी छिन् ।
हाल आएर भर्खर नेपालको माध्यमिक तह र क्याम्पसमा यौन शिक्षा बढाइ हुन थालेको छ । अमेरिकामा १९५८ देखि यौन शिक्षा कक्षा ७ देखि १२ कक्षा अनिवार्य सुरु गरी २००० सम्म पूरै लागू गरियो । जुन–जुन मुलुकमा यौन स्वतन्त्रता महिला स्वतन्त्रता गरिएको छ ती मुलुकहरूले उच्च विकास गरेका छन् । हाम्रो जस्ता अल्पविकसित मुलुकका नागरिकहरू उच्च शिक्षा पढ्ने भिसा लिएर ती मुलुक गएर केटाकेटी साथी बनाएर कोही उतै हराउँछन् कोही नेपाल फर्कन्छन् । यौनमा विकृति हाम्रो मुलुकमा लुगकर घरभित्र हो वा वाहिर पुरुष महिलामा व्याप्त छ । खाली बाहिर आउँदा सुकिलो चोखो भएर आउने देखिने प्रक्रिया चलिरहेको छ । यस्ता क्रियाकलापले अनेकौं हिंसा हत्या भइरहेका छन् । प्रहरीका डीआइजी समेत रहेका रञ्जनको कोइराला जो जनता सुरक्षा गर्ने हो उनैले आफ्नो श्रीमतीलाई मारी टुक्राटुक्रा पारी जंगलमा फ्याँकेका थिए । यदि यौन स्वतन्त्रता भए यस्ता घटना हुँदैनथे । अहिले पनि हाम्रो मुलुकमा यौन शिक्षा बारे खुला बहस घर परिवारदेखि संघसंस्था समाज नहुँदा बालविवाह बलात्कार भइरहन्छन् । यौन स्वतन्त्रता मन मिलेपछि स्वर्गीय आनन्द खुलेर लिन पाइरहेका छैनन् ।
प्रकृतिले नै मानिसलाई महिला र पुरुषलाई फरक लिङ्गले निर्माण गरिदिएको छ । पुरुषले विर्वदान गर्नसक्छ महिलाले बच्चा जन्माउन सक्छन । जन्मेपछि निश्चित उमेर भएपछि यौनको लागि हर्मोनहरू तयार हुन्छन् । निरुंकुश सामन्तीकालमा महिलालाई पुरुषको भोग विलासको साधन बनाउन महिलालाई बन्धनमा बाँध्न अनेकौं नियम कानुन बनाएर घरको चारदिवालभित्र थुनेका हुन् । एउटै गर्भबाट जन्मेको छोरा सम्पत्ति हकदार हुने पुरुष नै राजा हुन पाउने, छोरीलाई घरघरमा पठाउने क्रियाले अहिले पनि शिक्षा दिक्षा दिन अलि कञ्जुस्याइ गर्दै छोरालाई बढी नै सहुलियत घरका बाबुआमा नै पक्षपात गर्ने परिपाटीको अन्त्य भएको छैन । छोरा जति दिन बाहिर बसेर आए पनि ऊ चोखो समाजिक मान प्रतिष्ठाले हेरिन्छ । छोरी एकरात एकदिन कतै खबर नगरी बसी भने बिटुलो भइ, छाडा भइ भनि अनेक प्रकारले शंका उपशंका गरी विवाहित छ भने घरबार निकाल्ने अविवाहित छ भने सामाजिक मान्यताबाट खसाउने डुलुवा यौनकर्मी आदि इत्यादी लान्छना लगाउने गरिन्छ । सामाजिक बनेको पनि पाइन्छ । बोक्सी आरोप पनि महिलालाई अहिले पनि नेपालका सबै भू–भागमा लगाउने दिशा पिसाब खुवाउने पिट्ने हत्या समेत भएकाघटनाहरू अहिलेसम्म हुँदै आएका छन् । पुरुषहरू बोक्सो भयो आँखा लाग्यो भन्ने कहिले सुनिदैन । यस्ता बोक्सी पनि गरीब विधवा महिलाहरूलाई बढी लाग्ने धामी झाँक्रीहरू आरोप लगाउने गरिरहेका छन् । हुन त संसारभर बोक्सी लाग्ने देवता भूत लाग्ने मानवीय सोच एकै प्रकारले विकास भएको इतिहासिक तथ्य भेटाउँछौ । ज्ञान विज्ञानको नयाँ–नयाँ विकाससँगै मानवीय स्वास्थ्यमा अनेकौं औषधि उत्पादन उपचारका विधिहरू विकास हुँदै जाँदा विकसित मुलुकहरूमा बोक्सी हुन्छन् भन्ने सोचको अन्त्य भइसकेको छ । धामी झाँक्री वैद्य जैसीहरू कुखुरा बोका, पाठा, खाने खल्ती भर्ने बोक्सी लागको खुट्याउने क्रिया हाम्रो देश जस्ता अल्प विकसित मुलुकहरूमा अहिले पनि हटेको छैन । रोटीको टाउको हुँदेन, बाख्रो बटालो आइमाइ झाँक्री भए कार्य सफल हुँदैन यस्ता कैयौं सामन्ती संस्कार, व्यवस्थापन महिलालाई होच्याउने अधिकारबाट वञ्चित गराउने अनेकौं थेगो संस्कार निर्माण गरेकोले र पुरुषहरूले कानुन नियम बनाए पनि लागू गराउने स्थानमा पुरुषको बाहुल्य रहेकोले लागू हुन सकिरहेको छैन । भएका पनि मिलापत्रका टुंगिन्छन् ।
हाम्रो देशमा राणाकालमा महिलालाई धर्म राज्यमा शिक्षा माग्दा योग मायाले जल सामाथि लिनुप¥यो । जातीय समानताको कुरा गर्दा ज्ञान दिदासले विर्वाहित हुनुप¥यो । बंगलादेशकी महिला स्वतन्त्रता कि देखिका तथा स्वतन्त्रता कि अभियान्तले तपसिल देश निकाला भइ नसकिन मुस्लिम सरीया कानुन लगाएर फाँसीको सजाय सुनाए पछि गुप्तवासको जीवन बिताउँदै संसार नारी स्वतन्त्रताको लामी अनेकौं पुस्तक प्रकाशन गरिरहेकी छिन् । बालविवाह यौन स्वतन्त्रताको लागि खासै राज्यसम्म आवाज देश रूपले पुगेको छैन । तर पनि अनेकौं कोणबाट मसिनो गरी सचेत नारी वर्ग र नारी स्वतन्त्रता कर्मीहरू भने लागि रहेको अवस्था छ ।

प्रकाशित मितिः   १० भाद्र २०७४, शनिबार १३:५९