कम्युनिष्ट पार्टीका कार्यकर्तामा हुनुपर्ने गुण
सामन्तवाद, दलाल, नोकरशाही–पूँजीवाद तथा साम्राज्यवादको शोषण र उत्पीडनबाट नेपाल र नेपाली जनतालाई मुक्त गर्न तथा जनताको बहुदलीय जनवाद (जवज) र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण समानतयुक्त र समृद्घ नेपाल स्थापना गर्ने उद्देश्यले नेपालमा वि.सं.२००६ मा कम्युनिष्ट पार्टीको स्थापना÷प्रवेश भएको हो । जुन उद्देश्य जनताको वास्तविक समस्याको एकदमै नजिक थियो र त्यो उद्देश्य पूरा हुनासाथ नेपाल एक समृद्घ मुलुक बन्ने निश्चितै थियो । विभिन्न किसिमका सफलता र असफलता, विभाजन र एकता तथा उपलब्धी र कमजोरीको लामो इतिहास पार गरी आज नेकपा एमाले भएर नेपालमा स्थान बनाउन सफल भएको छ । कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार कम्युनिष्ट पार्टी कार्यकर्तामा हुनुपर्ने गुणहरूमध्ये त्यो गुण पर्दैन जुन हो व्यक्तिगत स्वार्थ । कम्युनिष्ट पार्टीको सिद्धान्तको कहीं कतै पनि लेखिएको छैन कि भ्रष्टाचार गर्ने, राष्ट्र र राष्ट्रियताविरुद्ध काम गर्ने, जनताको समस्यालाई टाढैबाट हेरेर त्यतिकै रमाइलो गर्ने भनेर । कम्युनिष्ट कार्यकर्ताले गर्नुपर्ने कार्यहरू के–कस्ता हुन्छन् भन्ने विषयमा यस आलेखमा केही चर्चा गरिएको छ ।
म विश्वको भन्दा पनि नेपालमा केन्द्रित भएर यसको विश्लेषण गर्न चाहन्छु । कम्युनिष्ट पार्टीको कार्यकर्ता, नेता हरेक मानिससँग कहिल्यै पनि त्यो सोचाइ हुनुहँुदैन कि, मैले पैसा कमाउनु छ । म धनी बन्नुछ । ठूलो घर बनाउनु छ । कार किनेर आरामदायी यात्रा गर्नुछ, लगायत लगायत । उसले कहिल्यै पनी कुनै कुराबाट व्यक्तिगत र पारिवारिक स्वार्थ खोज्नुहुँदैन । उसको साथमा जमिन, जग्गा, सम्पत्ति जस्ता कुनै प्रकारका चलअचल सम्पत्ति हुनुहुँदैन । अर्थात् भएता पनि उसले ती आफ्ना चल–अचल सम्पत्तिबाट कुनै कुराको आश गर्नु हुँदैन । जबकी कम्युनिष्ट पार्टीमा लागेर पार्टीको सक्रिय सदस्य भएर देश बनाउने, देशमा भएका हरेक प्रकारका सानादेखि ठूला–ठूला समस्याहरू हटाएर एक समृद्घ देश निर्माण गर्छु भनेर लागि परिन्छ भने त्यसरी आफ्नो परिवारिक सम्पत्तिबाट कुनै स्वार्थ अर्थात् आश नगर्नु कुनै ठूलो कुरा पनि होइन । जबकी मानिसले पूरै १४७१८१ वर्ग किलोमिटर क्षेत्रफल भएको देशलाई समृद्घ बनाउँछु भनि अघि बढ्छ भने उसको लागि पारिवारिक सम्पत्ति भन्दा धेरै गुणा ठूलो र प्यारो देश हुनुपर्छ । उसले जति दुःख आफ्नो परिवार पाल्नको लागि गथ्र्यो त्यति नै दुःख देशका हरेक दुखी, गरीब जनताहरूलाई सहयोगको लागि गर्नुपर्छ र जति माया आफ्नो घरपरिवारलाई गथ्र्यो त्यति नै माया सम्पूर्ण देशबासी नेपालीलाई गर्नुपर्छ ।
कम्युनिष्ट पार्टीको कार्यकर्ता कहीं कतै देखिन्छ तब उसको हातमा एउटा कलम, कापी र शरीरमा एकजोड लुगा कपडा बाहेक अन्य केही आफ्नो व्याक्तिगत सामान हुनुहुँदैन । उसको हातमा भएको कलमले अर्को हातमा भएको कापीमा त्यो वास्तविक र यथार्थ कुरामात्र लेख्छ कि जुन कुरा हाम्रो गाउँसमाज र समग्रमा देशमा देख्दछ । त्यो कलमले त्यो कापीमा ती गरीब, ती दुखी, ती अपाङ्गहरूका हरेक समस्याहरू मात्र लेख्दछ । र एकछाक खानका लागि २४ घण्टा मजदुर गर्न बाध्य मजदुरहरूको बारेमा लेख्दछ । त्यो कम्युनिष्ट पार्टीको कार्यकर्ताले आफ्नो कापीमा लेखेका हरेक कुराहरू सम्पूर्ण जनमानसमा पु¥याउँछ । सबैलाई समस्याको बारेमा अवगत गराउँछ । र समाधानतर्फ दौडाउन सहयोग गर्छ । अझैपनि जिम्वेवार निकायको कानमा त्यो समस्याको बारेमा कुरा पुगेन भने सम्पूर्ण जनताको आवाजबाट सुघोष बजाएर भए पनि सुनाएरै छाड्छ । उसलाई थाहा हुनुपर्छ कि चाणक्य, भगिरथ र हनुमान, कुम्भकर्ण जस्ता स्वरूपका मानिसहरू बीचको फरकहरू । कम्युनिष्ट पार्टीको कार्यकर्ता भएँ भनेर पार्टी प्रवेशको कार्ड बनाउँदैमा एक असल अनी कुशल कार्यकर्ता हुने भए त जिन्दगी भरी नोकर भएर बस्ने गधाको नामको पनी एउटा कार्ड बनाइदिनुहुन्थ्यो नाममा परिश्रमी गधा लेखेर । तर के गर्नु एक सच्चा कम्युनिष्ट पार्टीको कार्यकर्ता भित्र हुनुपर्ने गुणहरू त्यो गधामा नहुने कुरामा हामी विश्वस्थ छौं ।
एक असल कम्युनिष्ट पार्टीको कार्यकर्तामा धेरै प्रकारका गुणहरू हुनुपर्छ, जुन गुणहरू हाल धेरै प्रतिशत कार्यकर्तामा भएको देखिदैंन । वास्तवमा कम्युनिष्ट पार्टीको कार्यकर्ता अर्थात् नेतामा के गुण हुनुपथ्र्यो भनेर म बहस गर्न चाहन्छु । जब एउटा कापी र कलम मात्र भिरेर देश बनाउन भनि हिँड्दा सायद सबैलाई अच्चम्मै लाग्छ होला, किनकी हामी सबैको सोचाइमा आर्थिक कुराबाट मात्र देश विकास हुन सम्भव छ भनिएको छ । तर देश विकास हुनको लागि देशमा रहेका सानादेखि ठूला सम्पूर्ण समस्याहरू जरैबाट उखेलिनुपर्ने हुन्छ । त्यो मानिस जो मानिस सच्चा कम्युनिष्ट पार्टीको कार्यकर्ता हो र साँच्चै देश बनाउने उद्देश्य लगेर अघि बढेको हुन्छ उसको हातमा केबल कापी, कलम र साथमा एकजोड साधारण कपडामात्र हुनुपर्दछ । त्यो मानिस आफ्नो परिवारमा मात्र केन्द्रित हुनुहुँदैन । देश निर्माण गर्ने सोच गरिसकेपछि देशमा रहेका हरेक जनताको दैलोमा पुगेर उसको घरमा रहेका सम्पूर्ण समस्याहरू आफूसँग भएको कलमले आफैसँगेको कापीमा टिपोट गर्नुपर्छ । ती सर्वसाधारण, सर्बहारा जनता जसलाई साँझबिहान हातमुख जोड्नको लागि दिनभर पसिना, धौ नभनी जस्तोसुकै मौसममा पनि खट्नुपर्नेहुन्छ । उनीहरूकै घरमा पाकेको ढिढो, गुन्दु्रक खानुपर्ने हुन्छ र उनीहरूकै त्यो चुहिने, भत्किन लागेको घरमा बस्नुपर्ने हुन्छ । उसले पारिवारिक माया, स्नेह हरेक थोक जनताबाट नै पाउँछ । अझ खास अर्थमा भन्नुपर्दा त दुखी, गरीब, सर्बहारा जनता समान भएर जनताकै साथमा भइ आफ्नो लक्षतर्फ अघि बढ्नुपर्ने हुन्छ । उसले आफ्नो लागि भन्दा बढी जनताको छोराछोरीको बारेमा सोच्नुपर्ने हुन्छ । आफ्नो सबथोक जनतालाई मानेर जनताका समस्याहरूको पहिचान गरी तिनी हरेक समस्याहरूलाई निर्मूल पार्नु नै एक सच्चा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको काम र कर्तव्य हो । हामीलाई थाहा भएकै कुरा हो । हाम्रो देशकै संसद भवनमा ९० हजार मूल्य बराबरको केक पनि सम्पूर्ण संसदहरूलाई खुवाइएको थियो । एउटा प्रतिष्ठित पदको व्यक्तिको लागि करोडौंको गाडी माग गरियो । के यही हो, कम्युनिष्टले सिकाएको पाठ ? कता गयो मनमोहन र मदन भण्डारीको योगदान ?
जननेता मदन भण्डारीले के आज यही व्यवहार गर्लान भनेर आफ्नो ज्यान देशकै लागि अर्पण गर्नुभएको हो ? हजुरले सोच्नुहोस् । एकपटक मात्र । ती ९० हजारको केक खाने संसदहरूलाई पनी थाहा होला कि हाम्रो देशका दुखी, गरीब जनताको हालत के छ भनेर । लगातार ३÷४ वर्षदेखि बाढीले घरजग्गा बगाएर त्रिपालमुनी बस्न बाध्य सर्वसाधारणले अनि दुई वर्ष अगाडिको भूकम्पले त्रिपालमुनी बस्न बाध्य दुखी जनताले चामल खान नपाएको बेला ९० हजारको केक खाने सभासदहरूको आँखा कतातिर गएछन् ? अनि ती करोडौंको गाडीमा सुरक्षागार्डको सहायता लगि मोजमस्ती गर्ने नेताज्यूको आँखा कहिल्यै गएन ती गरीबको त्रिपालमुनी । आफू करोडौंको गाडीमा पिच सडकमा हिँड्दा सर्वसाधारण जनताले राम्रोसँग पिच सडक देख्न नपाएको कुरा थाहा पाउनको लागि सही दिमागको आवश्यकता पर्दथ्यो होला । तर त्यो सही दिमाग खोइ कसैमा भेटिएन । सरकार गठन हुँदाबखत विदेश भ्रमण जाने अझ आफूमात्र हो र, आफ्ना मनमिल्दा हरेक मानिसलाई विदेश भ्रमण गराइ करोडौं खर्च गर्दा देखिएन नेपाली जनताको वास्तविक समस्या । आफैले पहल गर्नु त कता हो कता । अझ विदेशबाट आएको सहयोग पनि व्यवस्थित तवरले जनता माझ पु¥याउन नसकी गोदाममै कुहिनु कहाँको न्याय हो ?
नयाँ सरकार गठनसँगै पुराना मन्त्री, प्रधानमन्त्रीहरूलाई पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री भत्ता दिन के को जरुरी छ ? प्रधानमन्त्रीले त आफ्नो कार्यकालमा आफूलाई दुई छाक ढिढो, गुन्द्रुक खान पुग्ने जति पैसा त कमाउँदा हुन त । खोइ पूर्व बाढीपिढित, पूर्व गरीब भनि सहयोग गरेको । देशभरका जनताको पैसा जुकाले रगत चुसेसरी चुसेर आफ्नो पेटमात्र भर्ने हो भने त साँच्चै भ्याट रकम जसरी नै जनताले नेताको लागि भनि आफ्नो दैनिक कमाइको केही प्रतिशत जम्मा गर्दिन्छन् । ता कि जनताको सबै पैसा र सेवा सुविधा नेताले मात्र उपयोग गर्न पाउँदैनन् की । केही प्रतिशत त पाउँथे कि जनताले पनि ।
हो यस्तै हजारौं समस्याहरू छन् हाम्रो देशमा । तसर्थ कम्युनिष्ट पार्टी देशमा रहेको हरेक समस्याको समाधान गर्ने उद्देश्यले स्थापना भएकाले सदस्यता लिएर कम्युनिष्ट हुँ भन्ने मात्र होइन कि, श्रमजीवि, दुखी, सर्वसाधारण विभिन्न क्षेत्रबाट हेपिएका, चेपिएका, दबिएका, अपाङ्ग, महिला सम्पूर्ण मानिसको समस्या समाधान र समाधानको लागि पहल गर्नुपर्छ । यो देश हजुरको हो । हजुरले र देशको प्रतिष्ठित पदका व्याक्तिले पाउने अधिकार पदको हिसाबले धेरै थोरै भएता पनि समग्र नेपालीबीच समान व्यवहार गरिनुपर्छ र हजुरले गराउनुपर्दछ । प्रधानमन्त्री बिरामी हुँदा अरर्बौं खर्च गरि विदेश उपचार गर्ने र गरीब धरको छोरा÷छोरी बिरामी हुँदा उपचार त के सिटामोलसम्म नपाएर मर्ने बाध्यता र वास्तविकतालाई नजिकबाट बुझेर अगाडि बढाउनुहोस् ।
पहिलाबाट भन्दै आएको छु । हजुर अरुमा निर्भर नरहनुहोस् । आफ्नो देश बनाउने आफूले हो । दैनिक एक घण्टा मात्र देशको अवस्थाको बारेमा बुझ्न्होस् । सोच्नुहोस् र केही गर्नुहोस् । म त सामान्य परिवारको साधारण विद्यार्थी मात्र हुँ । म मेरो देश समस्यामुक्त बनाउन चाहने भएकाले हजुरलाई यति कुरा भनेको मात्र हुँ । एकपटक मनवाटै सोच्नुहोस् त । हजुर अर्थात् हजुरको छोरा÷छोरी बिरामी हुँदा झेल्नुपर्ने समस्या र प्रधानमन्त्री बिरामी हुँदा हुने समस्याको बारेमा । प्रधानमन्त्री पनि हजुरको देशकै होलान् र हजुरको छोरा पनि यही देशकै होलान सायद ।
तसर्थ नेपालबासी सम्पूर्ण कम्युनिष्ट पार्टी कार्यकर्ताहरूले आफ्नो मुख्य कार्य र उद्देश्य छानी देशमा रहेका हरेक विसंगतिहरूलाई जरैबाट उखेल्नुपर्छ । व्याक्तिगत स्वार्थ छोडिदिऊँ । आफू भन्दापनि महŒवपूर्ण आफ्नो देश हो । नेपालमा जन्मिनुभयो । नेपालीको असल परिचय विश्व सामु दिनुहोस् । र कम्युनिष्ट पार्टीको उद्देश्य अनुसार अगाडि बढ्नुहोस् ।
(लेखक वीरेन्द्रनगर–१२ पिपिरा निवासी हुन् ।)
साझा बिसौनी संवाददाता ।