साहित्यकार मोतीराम भट्टलाई तपाईं कसरी सम्झनु हुन्छ ?

बद्री ढकाल, कोहलपुर
नेपाली साहित्यका एक सम्झनैपर्ने नक्षत्र हुन् मोतीराम भट्ट । मोतीराम देश, समाज र संस्कृतिको चित्रणलाई जस्ताको त्यस्तै उतार्न सफल अग्रज साहित्यकार हुन् । उनका रचना युगौंसम्म बाँचिरहनेछन् । उनी मरेर गए पनि उनले रचना गरेका कृतिहरूले अझै लाग्छ उनी जिउँदैछन् । उनले नेपाली साहित्यको क्षेत्रमा आफू जस्तै धेरै गजलकारहरू जन्माएका छन् । उनको त्यो योगदानबाट नै आज हामी गजलकार हौं भन्नेसम्म भएका छौं । उनको जयन्ती मनाउन पाएका छौं । नेपाली गजलको क्षेत्रमा मात्र नभइ उनले सम्पूर्ण साहित्य क्षेत्रमा आफ्नो योगदान दिएका छन् ।

 

विद्या निर्दोष पहाडी, सुर्खेत
युवा कवि मोतीराम भट्टलाई नेपाली साहित्यमा एक सशक्त साहित्यकार रूपमा साथै नेपाली गजलका जननीको रूपमा लिइन्छ । उनले नेपाली साहित्यलाई मात्र नभइ पत्रकारितामा समेत आफ्नो योगदान दिएका छन् । उनले नेपाली साहित्यमा दिएको योगदानलाई वर्षको एक दिन सम्झेर पुग्दैन । यदि उनको साँच्चिकै सम्मान गर्ने हो भने उनको सम्झनामा पटक–पटक कार्यक्रम सञ्चालन गर्न जरुरी छ । साहित्यका पिता उनले साहित्य नेपालमा नभिœयाएको भए सायद आज हामी यसरी गजलकार भएर विभिन्न ठाउँमा व्यक्तिहरू एकठाउँमा जमघट हुने वातावरण नै बन्ने थिएन । त्यसैले हामीले उनलाई सधैं सम्झनुपर्छ ।

 

 

धिरेन अनुपम, सुर्खेत
उर्दु, फान्सी र हिन्दीमा लेखिएका जगललाई जसरी मोतीराम भट्टले नेपाली भाषामा लेख्ने बाटो खोलिदिनुभयो । त्यसकारण आज हामी गजल लेख्नसक्ने भएका छौं । मोतीराम भट्टले साहित्यमा पु¥याएको योगदानलाई कहिल्यै बिसर्नु हुँदैन । मोतिरामको सपना साकार पार्नका लागि हामी साहित्यकारहरूले उहाँको कदर गर्न जरुरी छ । आज हामीले १५१ औं मोती जयन्ती मनाइ रहेका छौं । मोतीरामले खोली दिएको नेपाली साहित्यलाई हामीले सधैं बचाइ राख्न जरुरी छ । उनले नेपाली साहित्यमा गरेको योगदानको कदर हामी साहित्यकारहरूले सधैं गर्न जरुरी छ ।

 

 

भरतकुमार साउद, सुर्खेत
मोतीराम भट्ट नेपाली गजलको प्रवर्तक मात्र होइनन् नेपाली साहित्यका विविध विधाहरू निबन्ध, जिवनी, नाटक र शृङ्गारिक कविता तथा नेपाली समालोचनामा अतुलनीय इतिहासिक भूमिकाका कारण अत्यधिक महिमा र महता बोकेका श्रृष्टा हुन् । नेपाली साहित्यको माध्यमिककालीन समयावधिका केन्द्रीय प्रतिमा भनिए पनि कवि, साहित्यकार र साहित्यिक संगठन र अभियन्नता मोतीराम भट्ट नेपाली साहित्य तिहारका पर्याय हुन् । वर्षका एक दिन मोती जयन्तीका दिनमा मात्र कार्यक्रम गरेर उनको सम्मान हुन सक्दैन । उनको नाममा हरेक ठाउँ र समय–समयमा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ ।

 

 

पत्रिका थापा, सुर्खेत
नेपाली साहित्यलाई मौलिकताको बारेमा हिँडाउने साधक मोतीराम भट्ट नेपाली साहित्यका माध्यमिक युगका नायक हुन् । उनी नेपाली भाषा साहित्य र नेपाली एतिहासमा करिब सवा दर्जन बढी क्षेत्रमा नेपालका पहिलो व्यक्ति र व्यक्तित्वका रूपमा चिनिएका छन् । नेपाली गजल, गीत, मौलिक कविता, निबन्ध, संगठन, समालोचना र पत्रकारिता आदिको क्षेत्रमा आफ्नो पहिलो स्थान कायम राख्ने मोतीराम नेपाली साहित्यमा शृंगारिक धाराका उच्च प्रतिभा हुन् । उनले गजलकारलाई मात्र नभइ सम्पूर्ण साहित्यका विधालाई उत्तिकै महŒवका साथ नेपालमा उच्च स्थान दिएका थिए । त्यस्ता व्यक्तिलाई आज पनि हामी साहित्यकारहरूले बिर्सनु हुँदैन ।

 

निमा गुरुङ्ग, सुर्खेत
मोतीराम भट्ट साहित्य पाटोका एक छुट्टै खालका सशक्त व्यक्तिका रूपमा परिचित व्यक्ति छन् । साहित्यमा उहाँको अमूल्य योगदानको कदर गर्दै पछिल्लो समयमा साहित्य निकै फस्टाएको हो र यो फस्टाइरहेको साहित्य सधैं निरन्तर चलिरहोस् मोतीराम भट्टप्रति हार्दिक श्रद्धासुमन छ । आज जति पनि साहित्यका क्षेत्रमा अग्रज व्यक्तित्वहरू अगाडि पुग्नुभएको छ त्यो देन मोतीराम भट्टकै हो । हामीले उनलाई बिर्सन सक्दैनौं । आज एक दिन मोतीको जन्म जयन्ती मनाएर हुँदैन उनको सम्झना सधैं गर्न जरुरी छ ।

 

 

सुगम सुनामी, दैलेख
नेपाली गजल साहित्यका पिता अझ भनौं हामी गजल मनका पिता हुन् मोतीराम भट्ट । जो जहाँ जति ठूलो जगलकार भए पनि सबै मोतीरामकै देनको कारण बन्न सफल भएका छन् । मोतीराम भट्ट समग्रमा नेपाली जगल साहित्यलाई जन्म दिने व्यक्तिको रूपमा चिनिन्छन् । जन्म जयन्तीका दिनमा मात्र मोतीराम भट्टको योगदानलाई सम्झने र अरु दिन बिर्सने हो भने एक दिन गजलकारले नै साहित्यको जन्मदातालाई बिर्सन सक्ने दिन पनि आउनसक्छ । त्यसैले मोतीरामलाई सधैं सम्झनामा राख्ने मात्र नभइ उनले जन्माएको साहित्यलाई पनि बचाइ राख्न जरुरी छ ।

 

विक्रम शिशिर, कोहलपुर
मोतीराम भट्ट जस्तो नाम त्यस्तै व्यक्तित्वका धनी, नेपाली साहित्यका नक्षेत्र हुन् । उनको जन्म जयन्ती मनाएर मात्रै उनको सम्मान पूर्ण हुँदैन जस्तो मलाई लाग्छ । मोतीरामले नेपालमा भिœयाएको नेपाली साहित्यलाई बचाइ राख्नका लागि समय–समयमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने, सधैं उनको सम्झना जन्म जयन्तीका दिनमा मात्र गरिन्छ तर उनको सम्झना हरेक गजलकार जन्मदा सम्झिनुपर्छ । मोतीराम भट्टको नेपाली साहित्यप्रति योगदानको चर्चा परिचर्चा हुन जरुरी छ । त्यसैले यो मोती जयन्तीमा मात्र सीमित नरहेर बृहत कार्यक्रम गरेर मनाउनुपर्ने परिपाटी राखियो भने मोतीरामले नेपाली साहित्यमा गरेको योगदानको साँच्चिकै कदर हुन्छ ।

 

 

 

नगेन्द्र थापा, दैलेख
नेपाली गजलको क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका हाम्रा जगलका जन्मदाता मोतीराम भट्ट एक अब्बल गजलकार हुन् । नेपाली गजलका जन्मदाताको रूपमा उहाँले अहिलेको साहित्यमा ठूलो योगदान दिनुभएको छ । आधुनिक जगलमा भएका कयौं विवादलाई उहाँले देखाएको बाटोबाट अहिलेका समस्या निराकरण गर्न जरुरी छ । जसरी अहिले उहाँको सम्मानमा विभिन्न प्रकारका कार्यक्रमहरू गरिन्छ त्यसलाई अझै विस्तार गर्न जरुरी छ । अहिलेको आधुनिक समयमा पश्चिमी संस्कृतिका कारण साहित्यलाई गलत बाटोमा जान नदिनको लागि मोतीरामले देखाएको बाटोमा हिँड्न जरुरी पनि छ ।