बालिकामैत्री विद्यालय बनाउन सुझाव
सुर्खेत, २ भदौ ।
विद्यालयहरूलाई बालिकामैत्री बनाउनका लागि एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन् । ग्लोबल एक्सन नेपालको आयोजनामा शुक्रवार वीरेन्द्रनगरमा भएको बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग दुई अन्तर्गत जिल्लास्तरीय सरोकारवाला अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले विद्यालयहरू अझै पनि बालिकामैत्री नभएको भन्दै अब बालिकामैत्री विद्यालय बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा शैक्षिक तालिम केन्द्रका प्रशिक्षक दीपा हमालले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग दुईले अब बालिकामैत्री विद्यालय बनाउनका लागि स्थानीय सरकारसँग समन्यव गरेर काम गर्नुपर्नेमा जोड दिइन् । बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग दुई कार्यक्रमले ठूली दिदीमार्फत् सानी बहिनीको नेतृत्व, व्यक्तित्व विकासमा सहयोग पुगेको बताइन् । उनले भनिन्, ‘अझैसम्म पनि बालिकाहरूलाई विद्यालयमा पढ्ने सहज वातावरण छैन, त्यसका लागि बालिकामैत्री विद्यालय बनाउन आवश्यक छ ।’ उनले बहिनी शिक्षाका लागि दिदी कार्यक्रमले बालिकाहरूको शिक्षा, स्वास्थ्य र उनीहरूलाई आत्मनिर्भर बन्नमा सहयोग पु¥याएको भन्दै आगामी दिनमा आफूले गर्नसक्ने सहयोगको लागि प्रतिबद्ध रहेको बताइन् ।
जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम भाग दुईलाई अझ प्रभावकारी बनाउन आफू तत्पर रहेको बताए । उनले यस कार्यक्रमले विद्यालय बाहिर रहेका तथा विद्यालय आएर पनि कक्षा छोड्ने बालिकाहरूलाई नियमित विद्यालयमा ल्याउनुका साथै उनीहरूको क्षमता र नेतृत्व विकासमा महŒवपूर्ण सघाउ पु¥याएको धारणा राखे । कार्यक्रम थप भएकोमा खुशी व्यक्त गर्दै शाहले सबै सरोकारवालाहरू मिलेर यो कार्यक्रमलाई सफल बनाउनुपर्ने बताए ।
कार्यक्रममा ग्लोबल एक्सन नेपालका जिल्ला संयोजक यादव भुषालले बहिनी शिक्षाका लागि दिदी कार्यक्रमः भाग दुईका लागि एक करोड ७८ लाख ६१ हजार दुई सय रूपैयाँ बजेट रहेको बताए । बहिनी शिक्षाका लागि दिदी कार्यक्रमः भाग दुई सुर्खेतको साविकका कुनाथरी, हरिहरपुर, रामघाट, दशरथपुर, जर्बुटा, गुमी, छिन्चु र साटाखानीका १२ वटा विद्यालयमा सञ्चालन भएको उनले बताए । सोही विद्यालयमा कार्यक्रम थप भएको हो । कार्यक्रम डीएफआईडी, भीएसओ नेपालको सहयोगमा जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमले निम्न माध्यमिकदेखि उच्चमाध्यमिक तहसम्मको शिक्षामा सहयोग, विद्यालय नजाने र विद्यालय छोडेका किशोरीहरूका लागि व्यवसायिक प्रशिक्षण, थप शिक्षा वा दिगो आय–आर्जनमा समावेश गर्ने गतिविधिहरू सञ्चालन गर्ने गरेको छ । यसका साथै बालिकाहरूको नियमित अनुगमन, समुदायस्तरमा सचेतीकरण, बाल संरक्षण, जीवन उपयोगी सीप, युवा लक्षित स्वरोजगारमूलक क्रियाकलाप लगायतका कार्यक्रम पनि गर्ने गरिएको छ ।
परियोजना संयोजक अनामिका गौचनले बहिनी शिक्षाका लागि दिदी कार्यक्रम पहिले सञ्चालन भएको विद्यालयमा नै बहिनी शिक्षाका लागि दिदी कार्यक्रमः भाग दुई सञ्चालन गर्नुको उद्देश्य बालिकाको शिक्षालाई निरन्तरता दिइ उच्च शिक्षासम्म पु¥याउने रहेको बताइन् । साथै अघिल्लो कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने रामप्रसाद उपाध्याय, दीपा हमाल, जीतबहादुर शाह र जिल्ला शिक्षा कार्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा कार्यक्रम सञ्चालन सहयोग गर्ने १२ वटा विद्यालय, सात वटा विद्यालय स्रोत केन्द्र र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।