यौन स्वतन्त्रता नै किन ?
मानव उत्पत्ति भएको सुरुको जंगली अवस्थामा यौन स्वतन्त्र थियो । समाजको क्रमशः विकास हुँदासम्म नै ट्रिपको मुली आमा नै थिइन् । त्यो समय महिला नै ट्रिपको रक्षा गर्ने भएकोले विभिन्न विरंगना महिलाहरू भएको पौराणिक महिलाशक्ति भएकी हिन्दुहरूले शक्तिकी देवी काली, महाकाली, भगवती, विद्याकी धनी सरस्वती, रूपैयाँ पैसाकी धनी लक्ष्मीलाई अहिलेसम्म पूजाआजा गरी आशिर्वाद माग्दै आएका छौं । त्यो पौराणिक कालमा आफ्नो ट्रिपको हालहुकुम महिलाहरूको नै चल्दथ्यो । त्यो समयसम्म पनि यौन सामूहिक थियो । मानव विकास सँगै मानिसको जनसंख्या बढ्दै जाँदा संसारमा खाना बस्नको लागि ट्रिपहरू अलग हुँदै गए । मध्य युगमा आएर खाना बस्नको लागि एउटा ट्रिपले अर्को ट्रिपमा हमला गर्ने लुटपाट गर्ने मानवीय ट्रिपमा हुनथाल्यो । महिलाले गर्भधारण गर्नुपर्ने बच्चा हुर्काउन त्यसको रेखदेख पनि बढी समय दिनुपर्ने भएकोले पुरुषको नेतृत्व ट्रिपको सुरक्षा गर्न जिम्मेवारी दिन थालियो ।
त्यही ट्रिपको रक्षा गर्न जिम्मेवारी लिएको पुरुषले ट्रिपको रक्षा गर्ने भनि पुरुष समूह जाँदा बलको दस्ता नै कालान्तरमा खडा ग¥यो । विद्रोही ट्रिपको रक्षा गर्न पठाएको पुरुषले महिलाको निर्देशन नमान्ने आफ्नो निर्देशनमा चल्नुपर्ने जबरजस्ती छिनेर लिएको हो । ट्रिपको रक्षा गर्ने पुरुष मुखीया बन्ने गएको पुरुष कालान्तरमा ट्रिपले खेती, पशुपालन गरी दिनुपर्ने, कृषि युग सुरु भएपछि उसको जग्गा छुट्याउने, उत्पादन गरीदिनुपर्ने ट्रिपलाई बाध्य बनाउँदै गयो । सबैको श्रम मुखीयासँग खाद्य अन्य सम्पत्ति बढ्दै जाँदा आफ्नो ट्रिपमा पनि निरंकुश नीति नियम बनाउँदै गयो । महिलाहरूलाई अधिकारविहीन बनाउँदै सामूहिक यौनले हाडनाताबाट उत्पादन भएका बालबालिका अपाङ्ग, सुस्तमनस्थिति जन्मदै जाँदा मानवीय मन मस्तिष्कले खोजविन गर्दा एउटै नस्लमा यौनसम्पर्क हटाएर फरक र लामो पुस्तामा यौन सम्पर्क गरी बालबच्चा जन्माउने क्रिया अगाडि बढाउँदै जाँदा वंश नस्ल सुधार हुन गएको हो । यसरी ट्रिपको उपत्तिसँगै जनसंख्या बढ्दै जाँदा राज्यको उत्पत्ति हुन गयो । सुरक्षा अधिकार पाएको पुरुष ट्रिपको मूली मुखिया हुँदा राजा बन्न पुग्यो ।
महिलाका सबै अधिकार छिनेर लिएर महिलालाई बच्चा जन्माउने खाना घरव्यवहार कृषि, पशुपालन कार्य विभाजन गरी राज्यको सुरक्षा गर्ने अधिकार मात्र दिएनन् महिला पुरुष लागि मनोरञ्जनका साधन परिणत गराउने अनेकौं आभुषण लगाउनुपर्ने बाध्य बनाउँदै नीति निर्माण भयो । पुरुषले बहुविवाह गर्न पाउने, राजाले धेरै रानीहरू राख्न पाउनेसमेत नीति नियम बनाएर नै हिन्दु धर्मका पौराणिक कृषि पशुपालन समयमा उत्पन्न कुटनीतिज्ञ भगवान्को रूपमा स्थापित श्रीकृष्णले १६०० रानी राखेका थिए भने उनको कृष्णलिला ग्रन्थमा अहिले पनि उल्लेख पाउँछौं । पुरुष निरंकुश सामन्त शासक बनिसकेपछि महिलालाई शिरबाट पाउसम्म अनेकौं आभुषण सजिएर पुरुषको लागि मनोरञ्जनको साधन बनाउने राज्यद्वारा नीति नियम बनाउँदै जाँदा कालान्तरमा संसारभर सबै धर्म र संस्कारको रूपमा प्रोहितले अथ्र्याउँदै हिन्दुमा त नौ वर्ष बालिका पुरुषले भोग गर्न पाउने, महिलामाथि वैवाहिक सम्वन्ध अति उत्तम भनि उल्लेख गरी पूर्ण रूपले पुरुषको अस्तित्व बनाएको पाइन्छ ।
यस्ता विधि नीतिलाई अनेकौं काल्पनिक, अलौकिक कल्पनाको भगवान् आदेश भनि काल्पनिक विभिन्न कथा निर्माण गरी संस्कार संस्कृति विकास हुँदै जाँदा धर्म, जात जाति, उचनिच पुरुष महिलाका एका छन् । हिन्दुमा तिज पर्वमा महिलाले पुरुषको पाउ पखाली पानी खानुपर्ने विधि समेत हाम्रो बारबन्देजका समाजमा अहिलेसम्म विद्यमान रहँदै आएको छ । पदपर्खाल तयार गरी इ.सं.को अठारौं शताब्दीसम्म संसारका सबै धर्म राज्यका नियम कानुन महिलालाई पुरुषको मनोरञ्जनका साधन बनाएको इतिहासका दस्तावेजहरूमा पाइन्छ । यही कालमा राज्यशक्तिको भरमा पुरोहितहरू लगाएर हिन्दु जातिले उचनिच अनुवंशसमेतको सिर्जना गरी मानव विभेद खडा गरियो । मुस्लिमहरूले महिलाहरूमाथि अनेकौं बारबन्देज गर्न धर्म प्रतिपादन गरी लेखपढ गर्न नदिने सरीया कानुन लगाउने धार्मिक भिरु राज्य चलाउने अहिले पनि अनेकौं दृष्टान्तका कारण मलाला जस्ता महिला युवती स्वतन्त्रता राँको बालेर आन्दोलनमा हिँडेकी छिन् । संसारभर सबै भू–भागमा निरंकुश सामन्त हुकुमी राजा राज्य समयमा सयौं महारानी वडा महारानी राखी जनतामा अनेकौं कर लगाएर अलौकिक विलासको जीवन १६ शताब्दीसम्म चलाइरहेका थिए । त्यसको विरुद्ध सबैभन्दा पहिला बेलायती जनता उठेर क्रान्ति गरे वैधानिक राजतन्त्र स्थापना गरे । फ्रान्सेली राजा लुइ सोह्रलाई भर्साल दरबारमा राज्यको ढुकुटी आफ्नो यैसो आराम खर्चेकोले इ.सं. १७९ मा सांसदको बहुमत विधि सम्मत ढंगले जिलेटिनबाट मृत्युदण्ड दिएको पहिलो आधुनिक घटना थियो ।
पश्चिम राजाहरूमा प्रजातान्त्रिक आन्दोलन बहुदलीय प्रजातन्त्र प्राप्त गरिरहेको समयमा हाम्रो दक्षिण एसियामा राजाको मृत्युमा सति जाने क्रम चलिरहेको थियो । निरंकुश राजाहरूले आफूले प्रयोग नगरुन् भनि बाँच्न पाउने अधिकार हनन् गरी जिउँदै जलाउने प्रथा कति बरबर थियो होला कल्पना गरौं । एक पटक पूरै संसारभर मातृसत्ता हरेर पितृसत्ता स्थापना गरेर महिलाहरूलाई अधिकारविहिन बनाइयो । उनीहरूसँग अधिकार, सत्ता र सम्पत्ति केही थिएन ।
हिन्दु धर्म शास्त्रमा उल्लेख भए अनुसार सत्ता उत्पत्ति गर्ने, गोत्र नामाकरण गर्ने पनि त्यो बेलाका विद्वान विदुषी तिनै ऋषिमुनी थिए । उनीहरूले उल्लेख गरेका त्यो समय पनि ठूलावडा विदुशीहरूले सोमरस, परिहरूसँग रासलिला गर्थे रे ।
प्रायः गरेर संसारको जुनसुकै भागमा ठूलावडाहरू आफ्नो मनोरञ्जनको लागि स्वास्थ्यलाई हानी गर्ने अगुंजवार बनेको रक्सी सुन्दर महिला मनोरञ्जनको लागि आविवाहित बनाइ यौन सम्पर्क गरी मनोरञ्जनको लागि राखेका हुन्थ्यो । त्यसैले राजश्री भाषामा सोमरस स्वर्गकी परी नामाकरण भएको
थियो । मनववस्ती अहिलेसम्म अति सुन्दर कुन स्त्री विना मानवीय यौनसम्पर्कबाट आकाशबाट झरेकी छिन त । कल्पनाको सागरमा मानवीय वस्तीलाई डुबाउँदै निरंकुश सामन्तहरूको गुढले आउने पिढींले पढुन भनि लिपिवद्ध किम्बदन्ती रूपमा राखी छोडेका हुन । निरंकुश सामन्त पुरुषहरूका लागि यौन सधैं खुला नै रह्यो । त्यो सामन्तकालमा उच्च वर्गका घरानिय महिलाहरूमा पनि यौन खुला नै थियो । हाम्रै नेपालका दरबारिया इतिहास पढ्ने हो भने अनेकौं यौन विकृतिका डंगुर भरिन्छ । खाली बलका जनमानसमा डरले मुख खोल्न बन्देज भएकोले मात्र हो ।
कुलिन वर्गले जे जसरी सन्तान उत्पत्ति गरेर जन्माहको हाम्रै हिन्दु ग्रन्थहरूमा पाइन्छ । पाण्डुबाट सन्तान उत्पत्ति गरेर जन्माएको हाम्रै हिन्दु ग्रन्थहरूमा पाइन्छ । पाण्डुवाट सत्ता नजन्मेपछि अनेकथरी नामका देवता बोलाएर यौन गराएर पनि पाण्डपत्र कहलिएका छन् । जमिनमा फ्याकिएकी सुनको हलो जोतेर पाएको भनि जनक राजाले सन्तान सीता छोरी जन्माएका छन् । हाम्रै निरंकुश सामन्त राजवंशहरू इतिहास किम्बदन्ती हेर्ने हो भने निसन्तान भएपछि दरवारिया कालीनहरूबाट यौनमा संलग्न गराएको शाहवंशदेखि सिंजाली राजाहरूले वंश राखेबाट पनि थाहा पाउन सकिन्छ । आफ्नो मन शान्त हुन्छ भने विर्यदान लिएर दिएर सन्तान जन्माउनु मानव हितकै लागि हो भन्ने लाग्छ मलाई । तर यौन स्वतन्त्रता किन भन्ने बहस भन्ने अर्को अलेखमा चल्नेछ ।
(बाँकी अर्को साता)
साझा बिसौनी संवाददाता ।