कार्टुनकला
आमसञ्चार माध्यमद्वारा समाजमा भएका वा भइरहेका विभिन्न घटनाहरू, घटनासँग सम्बन्धित विचारहरू, सूचना, विचार दृष्टिकोण एवम् दृश्यहरू संकलन, लेखन, सम्पादन, प्रकाशन वा प्रसारण गर्ने कला पत्रकारिता हो । दिनहुँ भएका वा भइरहेका घटनाहरूलाई छनौट गरी त्यसलाई शब्द, आवाज र तस्विरद्वारा जनसमक्ष पु¥याउने कार्य पत्रकारिता हो । समाचार संकलन, लेखन र सम्पादनसँग प्रत्यक्षरूपमा संलग्न भएर काम गर्ने व्यक्ति पत्रकार हो । पत्रकारिता कला हो पत्रकार कलाकार हो ।
संवाददाता, उपसम्पादक, पाण्डुलिपी सम्पादक, समाचार सम्पादक, लेख रचना सम्पादक, सम्पादकीय लेखक, फिचर लेखक, कार्टुनिष्ट, प्रधान सम्पादक, प्रेस फोटोग्राफर आदि पत्रकार अन्तर्गत पर्दछन् । आम सञ्चार माध्यममा फरक–फरक तरिकाले पत्रकारिता गर्ने गरेको पाइन्छ । विभिन्न आमसञ्चार मध्यमको विविधताका आधारमा पत्रकारितालाई रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, म्यागजिन पत्रकारिता, ब्रोडसिट पत्रकारिता, फोटो पत्रकारिता, अनलाइन पत्रकारिता पनि लिन सकिन्छ । सोह्रौं शताब्दी व्यंग्यचित्र प्रारम्भको युग भए पनि नेपालमा कार्टुनको प्रादुर्भाव धेरैपछि भएको बुझिन्छ । बीसौं शताब्दीमा आएपछि मात्रे नेपाली व्यंग्यचित्रको प्ररम्भ भएको पाइन्छ । नेपाली व्यंग्यचित्रको विकास इतिहासलाई हेर्दा अहिले २०४० पछिको आधुनिक काल चलिरहेको छ । कुनै कुराको नक्कल गरी बनाइएको व्यंग्य र विनोद मिश्रित चित्र नै कार्टुन हो । यसको प्रयोग पत्रपत्रिकामा मात्रै नभएर हिजोआज टेलिभिजन र वेभसाइटमा पन िहुन थालेको छ । कार्टुन मुख्यतया छापा पत्रकारितासँग सम्बन्धित छ । इटालियन शब्द ऋबचतयलभ र डच शब्द प्बचतयल कार्टोनबाट अंग्रेजी शब्द कार्टुन बनेको हो । कार्टुनको अर्थ कडा गहुँको कागज वा सूचना पार्टी हुन्छ । कागजको गुणको आधारमा यसमा कोरिएका चित्रहरूलाई कार्टोन भनियो । अर्कोतर्फ कार्टुनको जन्म क्यारिकेचरबाट भएको पनि भनिन्छ । प्राचिन कालमा मानिसहरूले आफूहरूमाथि शोषण गर्ने शोषकहरूका विरुद्धमा गुफाहरूमा र ओडारहरूमा स्केच कोर्ने गर्थे । तिनै स्केचहरूलाई आधुनिक कार्टुनका पुर्खा मानिन्छ । मिश्रमा यस्ता तीन हजार वर्ष पुराना कार्टुन भेटिएका छन् । मार्टिन लुटार पनि एक कुशल कार्टुनिष्ट नै थिए उनले तत्कालीन क्रिश्चियनपादरीहरूका विरुद्ध कार्टुन बनाउँथे । लियोवार्दोदाभिन्चि र रैफेलले ठूला चित्रहरू बनाउनु पहिले नै खेस्रा चित्रहरू बनाउँथे तिनै खेस्रा चित्र बनाउने कागजलाई इटालीयन भाषामा ‘कार्टोन’ भनिन्थ्यो । त्यहाँबाटै रफ चित्रहरूलाई कार्टुन भन्न थालियो । रेखा चित्रहरूको माध्यमबाट कसैको प्रवृत्तिप्रति घोचपेच गर्नुलाई क्यारिकेचर भनिन्थ्यो यसैको परिवर्तित रूपलाई विस्तारै कार्टुन भन्न थालियो । नेपालमा पहिलो व्यंग्यचित्र व्यंग्यचित्रकार गावद्र्धनविक्रम शाहले वि.सं. २०१४ साउनमा ‘संयुक्त प्रयास’ नामक साप्ताहिकमा प्रकाशन गरेका थिए । त्यही व्यंग्यचित्र नै नेपाली पत्रकारिताका इतिहासमा पहिलो व्यंग्यचित्र मानिन्छ ।
नेपालीमा २०२२ सालताका कार्टुन बनाउने कलाकार नहुँदा बाहिरका आयातित कार्टुनहरूले नै स्थान पाउने गर्थे । व्यंग्य गर्दा त्यो बेला अञ्चलाधीश र प्रशासनका हाकिमहरूबाट लिनुपर्ने भएकोले कार्टुनिष्टहरू चित्र कोर्न डराउँथे । एकातिर पाँचवटा बाघले राजाको श्रीपेच बचाइरहेको, अर्कोतिर राणाको श्रीपेच हात्तीले फालिदिएको दृश्य देखिने कार्टुन बनाए बाफत कार्टुनिष्ट चन्द्रमान सिंह मास्केले १८ वर्षको कष्टकर जेल सजाय भोग्नुपरेको थियो तर अहिले अखवारको एक दिधाका रूपमा स्थापित भएको छ, पेशागत भएको छ । कार्टुन बनाएकै आधारमा अहिले जेल जानुपर्ने अवस्था छैन । नेपाली पत्रकारितामा कार्टुन विधाको राम्रो विकास भएको छ ।
नेपालमा राजनीतिक कार्टुनको शुरुवात विभिन्न पत्रपत्रिकाहरूको गाइजात्रा अंकबाट सुरु भएको हो । कार्टुनिष्टहरू २०४६ सालपछि मात्रै स्वतन्त्र भएका छन् । नेपालमा सिर्जना गरेका नेपाली कार्टुनिष्टहरूका कार्टुनहरू दक्षिण एसियामा कसैभन्दा कम छैनन् । एउटा राम्रो कार्टुनले खिस्सी गर्ने, जिस्काउने, कुतकुति लगाउने, खबरदारी गर्ने, सपार्ने, शिक्षा दिने, हप्काउने, तर्साउने, रुवाउने, हसाउने र विस्मित गर्ने सम्पूर्ण कामहरू एकैचोटी गरिरहेको हुन्छ । सम्पादकीय कार्टुन, ठट्यौली कार्टुन, चित्रात्मक कार्टुन, स्ट्रिप कार्टुन र सजीव कार्टुन गरी कार्टुनका प्रमुख पाँच क्षेत्रहरू हुन्छन् । यी सबै कार्टुनहरूका आ–आफ्नै महत्वहरू छन् ।
पछिल्लो समयमा आएर व्यंग्यचित्र पनि पाठकको रुचिको विषय बनेकोले नेपालमा व्यंग्यचित्रका पाठकहरूको संख्या धेरै छ । पत्रपत्रिका छापिएको समाचार, लेख सिर्जना पढ्नु अघि सबैको आँखा कार्टुनमा जान्छ । कार्टुनमार्फत् कलात्मक तरिकाले पाठकहरूमा सन्देश सम्प्रेषण गर्न सकिन्छ । अरु देश जस्तै नेपालका पनि कोही कार्टुनिष्टहरूले नाम र दाम दुवै कमाउन थालेका छन् । अन्तर्राष्ट्रियस्तरका व्यंग्य चित्रकारहरूसँग प्रतिस्पर्धा गर्नसक्ने खालका व्यंग्य निर्माण गर्न सक्रिय रूपमा लागेका छन् । व्यंग्यचित्रको विचार पक्ष बलियो भए पनि कलापक्ष कमजोर भएको हुँदा सम्पूर्ण कार्टुनिष्टहरूको ध्यान यसतर्फ केन्द्रित छ ।
पत्रकारिरता र कलाको रचनात्मक विधा कार्टुनले व्यक्ति र वृत्तिलाई चित्रको माध्यमबाट रोचक तरिकाले प्रस्तुत गर्दछ । सञ्चार र चेतना फैलाउने यो कला मनोरञ्जनको माध्यम पनि हो । कार्टुन बहुआयामिक सचित्र दृश्यकलाको एक रूप हो । कार्टुनका स्रोतहरू दिनदिनै भइरहने घटनाक्रमहरू हुन् । कार्टुनमा भएको संक्षिप्तता, सरलता र रोचकताले दर्शन र पाठकहरूमा गहिरो प्रभाव पार्छ । कार्टुन बनाउनु सामान्यसीपको कुरा होइन यो निर्माण गर्न ललितकलाको राम्रो अध्ययन गरेको हुनुपर्दछ तर प्रविधिले निक्कै सहज बनाइदिएको छ कर्टुनहरू निर्माण गर्न । कुनै वेबसाइटले दिने अनलाइन टुलबाट कार्टुन तयार पार्न सकिन्छ । यसको प्रयोग गरेर कार्टुन तयार गर्न निकै सजिलो छ । यस्तो टुलमा विभिन्न उमेर, लिंग, समूहका मानिसहरूको कार्टुनचित्र पहिले नै बनाएर राखिएको हुन्छ । त्यही आवश्यकता अनुसार आफूले काँटछाँट गर्न सकिन्छ । संसारमा असम्भव भन्ने कुरा केही छैन मात्रै काममा मेहनत र लगावको आवश्यकता पर्दछ । प्रशस्त सामग्रीहरूको अध्ययन पत्रपत्रिकाको नियमित अध्ययन, लेखनसीपको विकास, निरन्तरको चित्र निर्माणको अभ्यास आदि गरेमा कार्टुन बनाउन अवश्य सफल भइन्छ । सम्पादकले दिनदिनै गर्ने समीक्षा कार्टुनिष्टले पनि गरिरहेको हुनुपर्दछ । एउटा कुशल कार्टुनिष्ट एक कुशल सम्पादक जत्तिकै जानकार हुनुपर्दछ ।
कार्टुनमा समसामयिक विषयवस्तुको झल्को, उपयुक्त सन्देश, कला र सिर्जना देखिने हुनुपर्दछ । कार्टुन सबैले सहजै बुझ्न सकिने खालको हुनुपर्दछ । कार्टुनमार्फत समाजमा परिवर्तनको सन्देश दिन र विकृतिमाथि खबरदारी गर्न सकिन्छ । गलत बाटोमा हिँडेकाहरूलाई पनि ट्रयाकमा हिँडाउन सक्छ कार्टुनिष्टको कार्टुनले । कार्टुन सीमित साक्षरता भउका व्यक्तिहरूले पनि सजिलै बुझ्न सक्ने किसिमको हुनुपर्दछ । कार्टुनमा हाँसो मात्रै होइन आँसु पनि हुनुपर्दछ । व्यंग्य मात्रै होइन विचार पनि हुुनुपर्दछ । कार्टुन सरकारी वा सामाजिक विकृतिका विरुद्ध पाठकलाई हँसाउने किसिमले प्रस्तुत गरिएको हुनुपर्दछ । तीन हजार शब्दले बोक्ने अर्थ अचेल पत्रपत्रिकामा छापिएको चार इन्चको कार्टुनले बोल्छ ।
पछिल्लो समय पाठकहरूले कार्टुन रुचाउन थालेपछि पत्रपत्रिकाहरूले पनि नियमित रूपमा कार्टुन प्रकाशित गर्न थालेका छन् । राष्ट्रिय पत्रपत्रिकामा छापिएका कार्टुनहरू रेडियोमा बज्न थालेका छन्, टिभीमा देखिन थालेका छन् । पत्रपत्रिकामा कार्टुनिष्टहरूको माग बढ्न थालेको छ । व्यंग्यकलामा दक्ष व्यक्तिले भविष्य उज्वल देखिएको छ । मोफसलबाट प्रकाशन हुने केही पत्रपत्रिकाहरूले पनि कार्टुन छाप्न थालेका छन् । पत्रकारिताको अभिन्न अंग बनिसकेको कार्टुन समाजको आवाज हो । कार्टुनकलाको विकास, विस्तार, संरक्षण र सम्वद्र्धनका लागि सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।
साझा बिसौनी संवाददाता ।