सपना

रातको समय बाहिर झम–झम पानी परिरहेको थियो तर म भने सुनसान रातमा एक्लै कोठामा फेसबुक चलाइरहेको थिएँ । फेसबुक बन्द गरेर अब त पल्टीनुपर्छ भन्ने कुरा मनमा लागेको थियो तर सुत्छु भन्दा निन्द्रा नै लाग्दैन । के गर्ने त अब बाहिर हेर्दा डरलाग्दो छ, आफूलाई चाहीं निन्द्रा नै लाग्दैन । फेरि बत्ती बन्द गरेर सुत्ने प्रयास गरेँ अझै निन्द्रा लागेन । यस्तो गर्दागर्दै रातको १२ बजिसकेछ, बाहिर पानीको आवाज चर्को आइरहेको थियो । मलाई अचम्म लाग्यो, हिजो, अस्ती सबेरै सुत्ने मानिस, आज चाहीं रातको १२ बज्दा पनि निन्द्रा नलागेको किन होला भन्ने जस्ता प्रश्नहरू मात्र मनमा उब्जिन थाले । यसरी निन्द्र नलाग्नमा केही कारण हुनसक्छ जस्तो लाग्यो । एक मनले भन्छ, मलाई आज निन्द्रा नलाग्नुको कारण तैले मनमा धेरै केटीको कुरा खेलाएर हो, अर्को मनले भन्छ, भोलि तेरो परीक्षा छ तैले पढ्नुपर्दछ, जिन्दगीमा केही प्रगति र उन्नति गरेर समाज र देशको लागि देखाउनु छ । मनमा यस्तै–यस्तै कुरा खेलिरहे । मलाई चाहीं अच्चम्म लाग्यो यो निन्द्रा भन्ने चिज पनि अचम्मको हुँदो रहेछ, कहिले ६ बजे सुत्न मन लाग्ने भने कहिले चाहीं रातभरी निन्द्रा नलाग्ने ।


मैले अनुभूति गरँ,े यो संसारमा सबैभन्दा ठूलो चिज भनेको निन्द्रा रहेछ, तर आजभोलि धेरै मानिसहरू पैसा कमाउने लोभले रातभरी काम गरेको पाइन्छ, यसो गर्नाले उनीहरूको स्वास्थ्यमा समस्या देखिन सक्दछ, त्यसैले मानिस भएर जन्मिएपछि जिन्दगीमा धेरै गर्नु छ भने रातभरी निन्द्रा लाग्दैन, तर मलाई भने भोलिको परीक्षाको तनावले गर्दा निन्द्रा नलागेको जस्तो लाग्यो । फेरि मनमा कुरा खेल्दै गर्दा, एउटा मनले भन्छ, बाबु उठेर पढ भोलि मानव संशाधन व्यवस्थापन जस्तो गाह्रो विषयको परीक्षा छ र अर्को मनले भन्छ, बाबु सुत पढ्नुपर्दैन के ? हात्ती पढेर ठूलो भएको हो र ? भन्ने जस्ता विभिन्न थरिका राम्रा एवम् नराम्रा कुराहरू मनमा खेल्न
थाले । यस्तो गर्दागर्दै १ पनि बजिसकेछ, आम्मै कति छिटो दिन पनि परिवर्तन भएछ, अचम्म लाग्यो । दिन, गते, बार र समय नै परिवर्तन हुँदा पनि तर यो मन चाहिँ परिवर्तन हुन सकेन । रातको समय, कोठामा एक्लै, बाहिर सुनसान र पानी झम–झम परिरहेको समयमा पनि म भने मनमा विभिन्न नानाथरीका कुराहरू खेलाउँदै बसेको रहेछु । अब त झन सुत्न मनपनि लागेन, फेरि अब त पढ्नुपर्दछ भनेर पढ्न लागेको फेरि मनमा विभिन्न कुराहरू उत्पन्न हुन थाले, मलाई अचम्म के लाग्यो भने यो निन्द्राले पनि मानिसलाई धोका दिने रहेछ, निन्द्रा जति नसकिने रहेछ जस्तो लाग्यो, किताब पढ्न थाल्छु भन्दा कहीं केटी जो हिजो राती सपनिमा आएकी थिइ उही केटीको याद आयो, जसले मलाई हिजो राती सपनीमा विभिन्न कुराहरू भनेकी थिइ उसको नाम रहेछ, कविता जो मसँग कक्षा २ देखि संगै पढेकी मेरी साथी, जसले मलाई आजसम्म साथ, सहयोग गरी यहाँसम्म पु¥याउनमा हौसला प्रदान गरेकी थिइ । फेरि आज पनि उसैको याद आएको रहेछ, त्यसैले त निन्द्रा पनि नलागेको रहेछ ।
मैले भने, मान्छेको अतित न संविधानको धारा हो, न अप्रकाशित पुस्तकको पाण्डुलिपी, जसलाई संशोधन गर्न सकिन्छ । भोलि परीक्षा छ भने पनि आजको रात उसैको यादमा बिताउनुप¥यो । साँच्चै मलाई लाग्यो के उसले मलाई मन पराउँछेकी क्यो हो, हिजो राती सपनीमा पनि मायाको बारेमा कुरा भएको रहेछ, उसले मलाई के भनेकी थिइ, भने पढ्नुपर्दछ, पढाइ भन्दा ठूलो कुरा केही पनि छैन, यदि तमिीले राम्ररी पढेर सरकारी जागिर खानसक्यौं भने म तिमीसँग अवश्य विहे गर्नेछु । यो कुरा याद आइसकेपछि मलाई के लाग्यो भने अब त अरु सबै कुरा छोडेर पढ्नतर्फ लाग्नुपर्दछ जस्तो लाग्यो । मैले सोचे, कसैको प्रेम इतिहार हुन्छन् अनि कसैको प्रेम उपहास हुन्छन् । मैले गरेको प्रेम न इतिहास बन्ने खुबीको रह्यो, न कुनै भविष्य बनाउन योग्य भयो । समय हेर्छु भन्दा ३ बजिसकेको रहेछ ।
प्रेम इतिहास हुन्छन् अनि कसैको प्रेम उपहार हुन्छन् । मैले गरेको प्रेम न इतिहास बन्ने खुबीको रह्यो । न कुनै भविष्य बनाउन योग्य भयो । समय हेर्छु भन्दा ३ बजिसकेको रहेछ । अब त सम्पूर्ण मानिसहरू पनि उठेर आ–आफ्नो घरको काम गर्ने तर्फ लाग्दछन्, मैले चाहीं रातभरी एउटी केटीको यादमा विभिन्न कुराहरू खेलाएर समय बर्बाद पारेको रहेछु । अब त पढ्नुपर्छ भनेर लागियो । मैले सोचे उसलाई पाउनको लागि पनि मैले कडा परीश्रम गरेर बढ्नुपर्छ र केही राम्रो काम गर्नुपर्दछ । जस्तो अब परीक्षा सुरु हुन पनि धेरै समय छैन । आफूले चाहीं केहीं पनि पढेको छैन । मलाई फेरि तनाव सिर्जना भयो अब के पढ्ने र के नपढ्ने भन्ने कुरा मनमा खेल्न थाले । विभिन्न एकाईबाट मुख्य–मुख्य वा महŒव मानिएका प्रश्नहरू पढ्ने बाहेक अरु पढ्ने समय मसँग थिएन । यसरी मनमा रातभरी कुरा खेलेर र निन्द्रा नलागेर पढ्न पनि पाइएन् । मलाई लाग्यो, जिन्दगीमा आफूलाई मन परेकी केटीको लागि पुरुषहरू जे पनि गर्न तयार हुने रहेछन् । जस्तो एकै समयमा पनि साथ र सहयोग गर्ने रहेछन् । र मैले पनि धेरै सहयोग गरेको रहेछु । हामीले केही पाउनको लागि केही गुमाउनुपर्छ भनेझै मैले पनि उसको लागि धेरै मेहेनत र सहयोग गरे । यसरी यस्ता विभिन्न थरीका कुराहरू मनमा खेलिरहँदा निन्द्रा पनि नलाग्ने रहेछ । जिन्दगीमा मानिसलाई विभिन्न समस्याहरू पर्ने रहेछन् । यदि हामीले त्यस्ता समस्याको लागि जुद्न वा सामना गर्ने नसकेमा हाम्रो जिन्दगी कहिल्यै अगाडि बढ्न सक्दैन । आफूलाई मनपरेको मान्छेले जे जस्तो गरे पनि सबै व्यवहार र आचरण राम्रो लाग्ने रहेछ । समय पनि बित्दै थियो तर, आजको रात नसुतेरै बित्यो । एकैछिन सुत्नुपर्छ भनेर सुत्न खोज्दा भुसुकै निदाएछु । बिहान उठ्छु भन्दा त यी सबै कुराहरू सपना पो रहेछन् ।
वास्तविकता जस्तो मानेर मनमनै खुशी भएको थिएँ, जब बिहान हुँदा आमाले मलाई छोरा उठ् अब चिया खानेबेला भयो भन्ने आवाज सुन्दा त मन झसंग भयो र मलाई अचम्म लाग्यो एक छिन नउठाएको भए पनि त हुन्थ्यो होला, आफूलाई कति मिठो निन्द्रा अझ त्यही माथि अति सुन्दर महिलाको बारेमा मनमा विभिन्न कुराहरू खेलेका थिए । यसरी यी सम्पूर्ण मनका कुराहरू सपनामै सीमित रहेछन् । मैले चाहीं वास्तविकता जस्तो अनुभव गरिरहेछु ।
(वीनपा–९, सुर्खेत ।)

प्रकाशित मितिः   २१ श्रावण २०७४, शनिबार १५:५०