सिर्जनालाई पाउन दुई वर्ष कुरे मदनले

पिता बलबहादुर खड्का र माता मैनकला खड्काको कोखबाट वि.सं. २०३० सालमा दैलेखमा जन्मिएका मदन खड्काको बाल्यकाल सामान्य र संघर्षसँगै बित्यो । पहाडमा जन्मिएका कारण बाल्यकालदेखि नै खड्काले निकै संघर्ष गर्नुप¥यो । पाँच भाई र दुई दिदीमध्येका साइलो सन्तानको रूपमा जन्मिएका खड्का बाल्यकालमा अरुले गरेको अन्याय सहन नसक्ने स्वभावका थिए । उनी अरुलाई सहयोग गर्ने स्वभावका थिए । घरको काम सकेर उनी पढ्न विद्यालय जाने गर्थे । एसएलसी पास दुल्लू दैलेखबाट गरेका खड्काले कक्षा १२ पास भने बहुमुखी क्यापसाबाट गरेका थिए । आइएल पास भने उनले काठमाडौंबाट गरे ।


पढाइ सकेर उनी व्यापारमा लागे । उनले काठमाडौंमा बस्दा २०५३ सालमा नायब सुब्बाको जागिर पनि गरे । तर, उनले जीवनमा पैसा नहुँदाको अभाव कस्तो हुन्छ भन्ने कुरा भोगिसकेका कारण पैसा कमाउने बाटो भनेको व्यापार थियो । त्यसपछि उनले व्यापार सुरु गरे । सुरुमा आफ्ना दाईसँग मिलेर दैलेखमा खाद्य व्यापार सुरु गरेका खड्काले आइएसल पास गरेपछि भने जन मावि स्कुल नजिकै एक्लै आफ्नै खाद्य पसल सुरु गरे । उनको विवाह अघि नै उनका सबै भाइहरू आमा बुबासँग छुट्टिसकेका थिए । खड्का पनि घरबाट छुट्टिएरै आफ्नै पसल गरेर बसेका थिए । त्यति बेलादेखि व्यापारमा लागेका खड्का अहिले साझा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रदेश अध्यक्ष समेत रहेर काम गरिरहेका छन् ।

उनको भाइले समेत विवाह गरेर छोरा जन्मिसकेको थियो । तर, उनको विवाह भएको थिएन । उनलाई पनि अब विवाह गर्नुपर्छ भन्ने महसुस भयो । अनि उनी केटीको खोजीमा थिए । जन मावि स्कुलको गेट अगाडि उनको पसल भएकाले उनको नजर सधै स्कुलका आउने सयौं विद्यार्थीहरूमा जाने गथ्र्याे । स्कुल पढ्न आउने सयौं विद्यार्थीहरूको माझमा उनलाई एउटी युवती मन परिन् । दख्ने बित्तिकै एक जनरमा नै उनी खड्कालाई मन परिन् । त्यसपछि भने उनी त्यो भिडमा सधैं उनलाई नै खोजिरहे । उनले एकै नजरमा मन पराएको युवती अरु कोही नभएर सिर्जना थिइन् ।
सिर्जनाको दिदीको जेठाजु थिए खड्का । दुवैको नाता लाग्थ्र्याे । दुवैले एकअर्काेलाई यस्तो नाता पर्छ भन्ने थाहा पाएका थिए । तर, एकअर्काेमा बोलचाल भने भएको थिएन । दुवै जना एकअर्काेलाई देखेर मुसुक्क हाँस्थे मात्र । सिर्जनाले पनि मन मनै खड्कालाई मन पराएकी थिइन् तर, घरपरिवारको डरले उनी खुलेर खड्कासँग बोल्न डर मान्थिन् ।
सिर्जनाको दिदी पर्नेसँग खड्काको राम्रो चिनजान भएकाले सिर्जनालाई मन पराएको कुरा उनको दिदीमार्फत् सिर्जनलाई भन्न लगाए । तर, सिर्जनाले भने खड्काको प्रेम प्रस्तावलाई अस्वीकार गरिन् । उनी मनमा खड्कालाई मन पराए पनि घरपरिवारको डरले उनले हुँदैन भन्ने उत्तर पठाएकी थिइन् । तर, खड्काले पनि हिम्मत हारेनन् । उनी पनि के कम झन सिर्जनाको पछि लागे । करिब दुई वर्षसम्म पछि लागे पछि बल्ल सिर्जनाले एसएलसी दिएपछि बिहे गर्ने भन्ने उत्तर पठाइन् । त्यति बेला सिर्जना जन माविमा कक्षा आठमा पढ्दै थिइन् । खड्काले सिर्जनाले एसएलसी दिने बेलासम्म कुरेर बसे । त्यो बीचमा उनीहरूको भेटेर कुरा पनि भएन । अरु मार्फत् नै कुरा आदान–प्रदान हुने गथ्र्यो ।
सिर्जनाको घरपरिवारको कुरा सकारात्मक भएपछि मात्र उनले खड्कालाई विवाहका लागि तयार भएको जवाफ दिएकी थिइन् । सिर्जनाले एसएलसी दिएपछि उनीहरूले २०५९ सालमा भागी विवाह गरे । विवाहपछि सिर्जनालाई माइतीले केही भनेनन् । छोरीले मन पराएर विवाह गरेपछि ठिकै छ भनेर सिर्जनालाई माइतीबाट रिसाएनन् ।

पिता पूर्णप्रसाद रोकाय र माता झौकला रोकायको कोखबाट वि.सं. २०३८ सालमा सुर्खेतको लाटीकोइलीमा जन्मिएकी सिर्जनाको बाल्यकाल रमाइलोसँग बित्यो । चार बहिनी र दुई भाइमध्ये माइली छोरी थिइन् । बाल्यकालमा उनी धेरै नबोल्ने लजालु स्वभावकी थिइन् ।
विवाहपछि सिर्जनालाई घरमा बस्नु परेन । खड्कासँगै पसलमा बस्ने भएकाले बुहारी र छोरी हुँदाको अनुभव कस्तो हुन्छ उनले महसुस गर्न पाइनन् । छोरी र बुहारी हुँदाको फरक अनुभव उनले संगाल्न पाइनन् । यो जोडी विवाहपछि धेरै ठाउँमा घुम्न पनि गए । कहिलेसँगै कहिले एक्ला–एक्लै पनि घुम्न गए । यो जोडीको एकअर्काेको जन्म दिन आउँदा र विवाह गरेको वर्ष आउँदा एकअर्काेलाई गिफ्ट दिने काम अहिलेसम्म मनाएका छैनन् । दुई छोरा छन् उनीहरूको जन्म दिन मनाउँछौं उनीहरूले भने, ‘हामीले भने पहिला मनाएनौं अहिले अब के मनाउने ?’
यो जोडीको अहिलेसम्म झगडा भने भएको छैन । उनीहरू भन्छन्, ‘हाम्रो अहिलेसम्म झगडा भएको छैन पहिला प्रेम भए पनि टाढा नै भयौं जब विवाह भयो तब मात्र नजिकबाट माया गर्ने अवसर जु¥यो झगडा हुने त कुरै भएन ।’ एकअर्काेको भावना बुझ्न सके र विश्वास भए दम्पत्तिमा झगडा हुँदैन । एकअर्काप्रतिको विश्वासको वातावरण बनाइ राख्नसकेको खण्डमा झगडा कहिल्यै नहुने उनीहरूको भनाइ छ ।
उनीहरू एकअर्काेको प्रशंसा पनि खुसेरै गर्छन् । खड्कालाई सिर्जनाको सहनशील बानी र घरमा सासुलाई राम्रोसँग स्याहार सुसार गर्ने, घरव्यवहार राम्रोसँग धान्ने र तर्कसहित बोल्ने बानी खुबै मनपर्ने गर्छ । सिर्जनाको घरको खर्चको लेखाजोखा नगर्ने बानी चाहीं खड्कालाई अलि मन पर्दैन । त्यस्तै सिर्जनालाई भने खड्काको सबै बानी मन पर्छ । कहिले काहीं झनक्क रिसाउने बानी भने हटाइ दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ ।
उनीहरूका अनुसार दाम्पत्य सम्बन्ध दिगो बनाउन र सफल बनाउनको लागि एकले अर्काेको भावना बुझ्नसक्यो र शंकाको दृष्टिकोण हटाउन सक्नुपर्छ । श्रीमान् श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् एक विना अर्काेको संसार सुखी हुन सक्दैन । त्यसैले एकले अर्काेको विश्वास गर्नसक्यो भने सम्बन्ध बलियो हुन्छ । एकअर्काको कमजोरीलाई केलाउनु भन्दा यो बानी र कमजोरीलाई हटाइ बानीमा सुधार ल्याउनसकेमा सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ ।