‘बाढीपीडितको पुनस्र्थापना गर्छौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ चैत ।
नेकपा एमालेले सुर्खेतमा बाढी र पहिरोका कारण विस्थापित भएकाहरूको समस्याप्रति वर्तमान सरकार र आफ्नो पार्टी गम्भीर रहेको जनाएको छ । विगत डेढ वर्षदेखि घरबारविहीन भएका यहाँका विस्थापितहरू त्रिपालमुनी बस्न बाध्य भएको भन्दै एमालले तत्काल उनीहरूको पुनस्र्थापनाको काम तीव्र गतिमा हुने बताएको छ । त्यसका लागि सरकारलाई आवश्यक ध्यानाकर्षण गराइने प्रतिबद्धता समेत एमालेले व्यक्त गरेको छ ।
पार्टीको कार्यक्रमका लागि सुर्खेत आएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रेस चौतारी नेपालले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाढीपीडितको पुनस्र्थापनाका लागि वर्तमान सरकार र आफ्नो पार्टीले कुनै कसर बाँकी नराख्ने बताए । भूकम्प र भारतीय नाकाबन्दीका कारण बाढीपीडितहरू ओझेलमा परेको बताउँदै उनले भने, ‘बाढीपीडितको अवस्था दयनीय छ, हामी यसमा गम्भीर छौं । उहाँहरूको पुनस्र्थापनामा केही ढिलाइ भएको छ, अब सरकार गम्भिर भएर लाग्छ ।’ उपाध्यक्ष ज्ञवालीले बाढीपीडितको व्यवस्थापनका लागि पाटीले सरकारको ध्यानाकर्षण गराउने समेत जानकारी दिए ।
सरकार र आफ्नो पार्टीले केन्द्रबाट आवश्यक प्रक्रिया अगाडि बढाउने बताउँदै उनले जिल्लामा समेत आवश्यक खबरदारी गर्न आग्रह गरे । उनले थपे, ‘सरकारले केन्द्रबाट गर्नुपर्ने काम सुरु गर्छ, त्यसका लागि पाटीले सरकारलाई सचेत गराउने छ, अब यहाँ जिल्लामा पनि सबै दल र कर्मचारीहरूले काम गर्नुप¥यो ।’ भूकम्पका कारण बाढीपीडितहरू ओझेलमा परेको भए पनि अब कुनै पनि हालतमा उनीहरूलाई राज्यले पुनस्र्थापना गर्ने बताए । साथै उनले आफ्नो पार्टीले विस्थातिको समस्या समाधानका लागि आवश्यक दबाब दिने प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयसम्म विस्थापितहरू त्रिपालमा बस्नु दुःखद् भएको उनको भनाइ छ । अब तत्काल पुनस्र्थापनका लागि जिल्लाबाट पनि दबाब सिर्जना गर्न समेत उनले आग्रह गरेका छन् । 
यसैबीच एक फरक प्रसङ्गमा एमाले उपाध्यक्ष ज्ञवालीले बहुमत पु¥याएर वर्तमान सरकार ढाल्न चुनौती दिएका छन् । राष्ट्रिय सरकार गठनको चर्चा भइरहको बेलामा उनले संसदमा बहुमत जुटाएर केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्न चुनौती दिए । ज्ञवालीले कांग्रेसलाई बहुमत पु¥याएर ओली नेतृत्वको सरकार ढाल्न चुनौती दिएका हुन् । ओली नेतृत्वको वर्तमान सरकार बहुमत प्राप्त गरेर गठन भएको भन्दै उनले कसैले चाहेर अहिले नै सरकार परिवर्तन हुन नसक्ने बताए । कांग्रेससँग बहुमत नभएको र अन्य दलहरूले ओलीलाई समर्थन गरिरहेकाले सरकार कुनै पनि हालतमा नढल्ने उनको दाबी छ । सरकार परिवर्तनका कुरा गरेर भ्रम छर्नुको साटो संसदमा बहुमत पु¥याएर सरकार ढाल्न उनले कांग्रेसलाई चुनौती दिएका हुन् । उलने भने, ‘यो सरकार कसैको आशिर्वादले बनेको होइन, संसदमा बहुमत जुटाएर गठन भएको हो । सडकमा सरकार परिवर्तनका चर्का कुरा गर्नुभन्दा संसदमा बहुमत जुटाए भइहाल्यो नि ।’ कांग्रेसका केही नेताहरू सरकार ढाल्ने कसरतमा लागेको बताउँदै उनले सरकार परिवर्तनका लागि कांग्रेससँग बहुमत नभएको बताए ।
उनले संविधान कार्यान्वयनका लागि वर्तमान सरकारमा नै सहभागी हुन कांग्रेसलाई आग्रह गरे । उनले थपे, ‘सक्ने भए कांग्रेस पनि यही सरकारमा सहभागी होस्, सक्दैन भने प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गरोस् । तर सरकार ढाल्ने गफ नगर्दा हुन्छ, तत्काल सरकार ढल्ने सम्भावना छैन ।’ वर्तमान सरकारले जनताका अपेक्षाहरू पूरा गर्न नसकेको स्वीकार गर्दै ज्ञवालीले संविधान कार्यान्वयनका लागि सबै दलहरू मिल्नुको विकल्प नभएको बताए । वर्तमान सरकारको नेतृत्वमा नै संविधानको कार्यान्वयन हुने भन्दै उनले दलहरूबीच सहकार्य र एकता नभए पुनः भारतले हेप्ने उल्लेख गरे ।
प्रकाशित मितिः   २७ चैत्र २०७२, शनिबार १०:४५