‘पहिला उनले प्रेम प्रस्ताव राखिन्’
पिता धनराज गुरुङ्ग र माता रूपकली गुरुङ्गको कोखबाट सुर्खेतको लाटीकोइलीमा २०३० सालमा जन्मिएका नवराज गुरुङ्गको बाल्यकाल सुखमय बित्यो । उनी बाल्यकालमा शान्त स्वभावका थिए । कक्षा तीनसम्म सुर्खेतको उषा बालबाटिका स्कुलमा पढेका गुरुङ्ग कक्षा चारदेखि काठमाडौंमा पढेका थिए । कक्षा १२ सम्म काठमाडौंमा नै पढेका गुरुङ्गले स्नातक तह भने बहुमुखी क्याम्पस सुर्खेतबाट पास गरे । कक्षा नौ मा पढ्दै गर्दा गुरुङ्ग पढ्ने कक्षामा नै एक जना अपरिचित नयाँ विद्यार्थीको आगमन भएको थियो । सुरुमा त उनलाई वास्ता नै भएन सायद धेरै विद्यार्थी भएकाले पनि होला उनको ध्यान नयाँ विद्यार्थीमा गएन । उनको कक्षामा नयाँ आउने विद्यार्थी थिइन् डीनीस ।
डीनीस भारतको कलकत्ताबाट पढ्न काठमाडौं आएकी थिइन् । उनलाई कक्षाकोठा मात्र होइन काठमाडौंका हरेक चिज उनको लागि नौलो नै थिए । किनकी उनी भारतमा जन्मिइन्, भारतमा नै हुर्किइन् र भारतीय नागरिक भएका कारण पनि उनलाई नेपालमा आएर पढ्न निकै गाह्रो भएको थियो । उनी नेपालमा एक्कासी नौ कक्षामा पढ्न आएकी थिइन् । उनी सम्झिन्छिन्, ‘म भारतमा जन्मिएर उतै हुर्किएको हुँदा नेपाल आएर पढ्दा निकै गाह्रो भयो ।’ नेपालीमा पढ्नुपर्ने तर, डीनीसलाई नेपाली भाषा बोल्न त के भाषा नै बुझ्थिनन् । भाषामा समस्या भएका कारण उनलाई एक वर्ष भाषा सिक्नै लाग्यो ।
हिन्दी र अङ्ग्रेजी भाषामा पढेकी डीनीसले नेपालमा आएर नेपाली भाषा सिक्न निकै गाह्रो भयो । अझ विद्यालयमा पढ्नको लागि त नेपाली भाषा झनै जरुरी थियो । नेपाली भाषाकै कारण एक वर्ष पढाइबाट पछाडि हट्नुप¥यो । उनले भनिन्, ‘मलाई नेपाली बोल्न आउथेन, अझ नेपाली बोलेको नै बुझ्थिन त्यसैले गर्दा मैले एक वर्ष पढाइ रोक्नु परेको थियो ।’
पिता युजिन गिब्सन र माता लर्न गिब्सनको कोखबाट भारतको कलकत्तामा जन्मिएकी डीनीसको बाल्यकाल पी सुखमय नै थियो । उनी बाल्यकालमा धेरै नबोल्ने, घरदेखि बाहिर धेरै नजाने स्वभावकी थिइन् । उनले भनिन्, ‘मम्मी शिक्षक भएका कारण नेपालमा विद्यालय खोल्ने इच्छाले नेपाल आउनुभयो, मलाई पनि भारतमा बस्न मन लागेन त्यसैले मम्मीसँगै नेपाल आए ।’
डीनीसलाई भाषा नआएकै कारण एसएलसी पास गर्न गाह्रो हुने भएकाले उनले पहिला भाषा सिक्नको लागि एक वर्ष पढाइ नै रोकिन् । उनलाई नेपाली सिक्न र पास गर्नको लागि गुरुङ्गले धेरै सहयोग गरे । गुरुङ्गले लेखेको नोट कपी सबै डीनीसलाई दिन्थें र डीनीसले त्यो नोट कपी सबै कन्ठ पार्ने गर्थिन् । गुरुङ्गले दिएको नोट कपी पढेर नै डीनीसले एसएलसी पनि पास गरिन् । दुवै जना यसरी नजिक भएका थिए । गुरुङ्ग कक्षाका सबै साथीलाई सहयोग गर्ने गर्थे त्यस्तै सहयोग डीनीसलाई पनि धेरै गरे । तर, डीनीसले भने गुरुङ्गलाई मन मनै मन पराउन थालेकी थिइन् । सबैलाई सहयोग गर्ने, मिल्ने स्वभावका कारण पनि डीनीसको मनमा गुरुङ्ग बस्न सफल भए । डीनीसले नै पहिला गुरुङ्गलाई प्रेम प्रस्ताव राखेकी थिइन् । उनले भन्े, ‘उनले नै पहिला प्रेम प्रस्ताव राखिन्, मैले पनि सहजै स्वीकार गरें ।’
डीनीस पनि सबैसँग मिल्ने र उनका हरेक स्वभाव गुरुङ्गलाई मनपर्ने भएकाले दुवैलाई एकअर्काेसँग नजिक हुन सहज भयो । दुवैको मन मिलेपछि उनीहरूले २०५० वैशाख १ गते भागी विवाह गरे । डीनीस भारतीय नागरिक भएका कारण गुरुङ्गको घरपरिवारले मागेर विवाह गर्न नदिने भएकाले उनीहरूले भागी विवाह गरे । उनले भने, ‘उनी भारतीय नागरिक फेरि म गुरुङ्ग भएकाले पनि घरपरिवारले हाम्रो विवाह गराइ दिने कुरै हुन्थेंन त्यसैले भागी विवाह ग¥यौं ।’
विवाहपछिका दिनमा गुरुङ्ग र डीनीसले धेरै कुरा सुन्नुप¥यो । गुरुङ्गका घरपरिवारले डीनीसलाई सहज रूपमा स्वीकार गरे पनि समाजले अनेक थरी कुरा सुनाउने गर्थे । उनले भने, ‘भारतको केटीलाई विहे ग¥यो, केटी पर्काइदिउँ भन्नेसम्म कुरा गरे ।’ तर, गुरुङ्गका घपरिवारले भने सहज रूपमा छोराको सुखीलाई हेरेर सहज रूपमा डीनीसलाई स्वीकार गरे । डीनीस पनि भारतबाट पढ्न नेपाल आएर सुर्खेतमा विवाह त्यसमा पनि गुरुङ्गसँग कम चुनौती थिएन । उनले भनिन्, ‘मलाई खोला भन्ने के हो थाहा थिएन, सुर्खेतमा आएर खोलामा नुहाउन जानुपथ्र्यो यस्ता धेरै चुनौतीहरू पार गर्दै अगाडि बढ्न सफल भएँ ।’ गुरुङ्गले उनलाई सुर्खेतमा ल्याउँदा डीनीसलाई कस्तो ठाउँमा आएँ जस्तो लागेको थियो तर, अहिले भने डीनीसलाई यही सुर्खेत प्यारो लाग्ने गर्छ ।
नेपालीको संस्कार त्यसमा पनि गुरुङ्गको भाषा झन् छुट्दै संस्कार, रितीरिवाज सबै फरक त्यो चुनौतीलाई पनि डीनीसले सहज रूपमा लिएर अगाडि बढिन् । हुन त उनी गुरुङ्गका घरमा एउटा बुहारी बनेर आएकी थिइन् । तर, माया भने सबैबाट छोरी सरह पाइन् । उनी गुरुङ्गको घरपरिवारका लागि एउटा पाहुँना नै बनिन् । समाजका कुरामा उनीहरूले वास्ता गरेनन् । समाज यस्तै हो, कुरा काट्नेलाई काट्न दिनुपर्छ आफू अगाडि बढ्नुपर्छ भन्ने सोचाइका साथ उनीहरू आफ्नो काममा व्यस्त हुन थाले ।
उनीहरूले सुर्खेतमा विद्यालय सञ्चालन गर्ने निधो गरेर आएका थिए । दुवैको मेहेनत र परिश्रमले सुर्खेतमा सेन्टमेरिज को–एड स्कुल सञ्चालनमा ल्याए । त्यतिबेला डीनीसकी आमाले उनीहरूलाई धेरै सहयोग गरिन् । विद्यालय सञ्चालन गर्दा उनीहरू २०÷२१ वर्षका थिए । सानो उमेरमा नै विद्यालय सञ्चालन गर्न सजिलो काम भने थिएन । तर, दुवैको मेहेनत र दिनरातको परिश्रमले गर्दा विद्यालयलाई सुर्खेतमा स्थापित गराए ।
एउटा भारतमा जन्मे हुर्केको महिलाले नेपालमा आएर यहाँको संस्कार, रितीरिवाज, परम्परादेखि नेपाली भाषासम्म नआउने व्यक्तिले आँट गरेर विद्यालय सञ्चालन गर्नु निकै चुनौतीपूर्ण काम हो । जब उनीहरूले विद्यालय सञ्चालन गरे तबदेखि डीनीसलाई झन् नेपाली भाषा सिक्न सहज भयो । उनले दिनरात मेहेनत गरेर नेपाली भाषालाई पानी जस्तै बनाइन् । उनले भनिन्, ‘मलाई सुरुमा धेरै गाह्रो भयो भाषा सिक्नपछि विद्यालय सञ्चालनमा ल्याएपछि झन् सजिलो भयो ।’
गुरुङ्गको बाल्यकालदेखिको सपना कानुन विषय पढेर वकिल बन्ने थियो । उनले भने, ‘मेरो सपना कानुन विषय पढेर वकिल बन्ने थियो, साथीको लहलहैमा लागेर म्यानेजमेन्ट पढे, पछि शिक्षक भने डीनीसकै कारण बने ।’ डीनीसको माइती घरपरिवार सबै शिक्षण पेसामा नै लागेको हुँदा डीनीस पनि शिक्षण पेसामा नै लागिन् । उनको पनि बाल्यकालदेखि नै शिक्षक बन्ने सपना थियो जुन उनले पूरा गरिन् । घरपरिवारको सहयोग र वातावरण पनि त्यस्तै भएका कारण उनी शिक्षण पेसामा लागिन् ।
दुवै जना मिलेर सङ्घर्ष गरी सुर्खेतमा विद्यालयलाई स्थापित गराए । दुवै जना विद्यालयमा व्यस्त नै हुने गर्छन् । तर, पनि कहिलेकाहीं सामान्य रूपमा झगडा भने हुने गर्छ । डीनीस अलि बढी रिसाउँछिन् । तर, गुरुङ्गले भने रमाइला कुरा गरेर हँसाइहाल्छन् । गुरुङ्गलाई डीनीसको हरेक कुरालाई सम्वेदनशील तरिकाले लिने बानी मनपर्ने गर्छ । बिहान चाँडो उठेर सबै काम गर्ने र जुनसुकै काम पनि अधुरो नछोड्ने बानी गुरुङ्गलाई मनपर्ने गर्छ । कहिले काहीं अलि बढी रिसाउने बानी भने हटाइदिए हुन्थ्यो जस्तो गुरुङ्गलाई लाग्ने गर्छ । त्यस्तै डीनीसलाई पनि गुरुङ्गको हरेक कुरालाई सकारात्मक रूपमा लिने र आफूलाई टेन्सन भएको बेला अरुलाई टेन्सन दिनु हुन्न भन्ने सोचेर मनमा दबाएर अरुको लागि हाँस्ने बानी मनपर्ने गर्छ । गुरुङ्गको जुनसुकै कुरा र काम गर्दा नसोचेर हुन्छ भन्ने बानी भने डीनीसलाई अलि मन पर्दैन । डीनीसलाई कहिलेकाहीं फुर्सद भएको बेला खाना पकाउनलाई सहयोग गर्ने गर्छन् । खानामा कहिले पनि यस्तो भएन उस्तो भएन भनेर गुरुङ्ग कचकच गर्दैनन् ।
गुरुङ्गको नजरमा डीनीस प्रष्ट बोल्ने, मनमा कुरा नलुकाउने र मनमा जे कुरा छ बोलीमा पनि त्यही कुरा बोल्ने हरेक कुरामा सहयोग र साथ दिने जीवनसाथी हुन् । त्यस्तै डीनीसको नजरमा गुरुङ्ग सबैको भन्दा उत्तम र असल जीवनसाथी हुन् । यो जोडी एकले अर्काेलाई सम्मान पनि गर्छन् । लगनशील मेहेनती जोडीका रूपमा चिनिन्छन् ।
उनीहरूका अनुसार प्रेम गरेर विवाह गर्ने र विवाह पछिको प्रेम दुवै भए पनि विवाहमा भने प्रेम हुनै पर्छ । यदि विवाहमा प्रेम भएन भने त्यो विवाहले पूर्णता पाउँदैन र सम्बन्ध विच्छेदसम्म हुनसक्छ । यसमा विवाहपछि दुवैले एकअर्काको भावना बुझेर सम्मान गर्नुपर्दछ । यो जोडीको जीवनमा छोरी जन्मिदाको क्षण जीवनको सबैभन्दा अविष्मरणीय क्षण हो । उनीहरू भन्छन्, ‘हुन त हरेक बाबुआमालाई आफ्नो सबै सन्तानको माया त्यत्तिकै लाग्ने गर्छ तर, हाम्रो छोरी जन्मिदाको क्षण हाम्रो लागि निकै खुशीको नबिर्सने क्षण हो ।’ उनीहरू जीवन सङ्घर्ष र हरेक मोडमा बाँधा व्यवधानहरू आइपर्ने भएकाले हार खाएर होइन जीवनमा सङ्घर्ष गरेर अगाडि बढ्न सकेमा पक्कै पनि एक दिन सफलतामा पुग्न सक्ने बताउँछन् ।
प्रकाशित मितिः २७ चैत्र २०७२, शनिबार १०:३६
साझा बिसौनी संवाददाता ।