दैलेखमा ३७ करोड विकास बजेट फिर्ता
दैलेख, ४ साउन ।
दैलेखमा गत आर्थिक वर्षमा चालुतर्फ ९५ दशमलव ३० प्रतिशत विकास बजेट खर्च भएको छ । कूल तीन अर्ब ४९ करोड ७२ लाख बजेट विनियोजन भएकोमा तीन अर्ब ३३ करोड २९ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सूर्य भुषालले जानकारी दिएका छन् । यस्तै दैलेख जिल्लामा गत आर्थिक वर्ष २०७३÷०७४ मा आएको पूँजीगततर्फको कूल बजेट ८३ करोड ९६ लाख ५६ हजारमध्ये ६२ करोड ४८ लाख ४४ हजार खर्च भएको कार्यालयले जानकारी दिएको छ ।
पूँजीगततर्फको बजेटमा कूल बजेटको ७४ दशमलव ४२ प्रतिशत रकम खर्च भएको हो । दैलेखमा गत आर्थिक वर्षमा आएको चालुतर्फको कूल बजेटमध्ये ९५ दशमलव ३० प्रतिशत विकास बजेट खर्च भएको हो भने पूँजीगततर्फको खर्च भने ७४ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सूर्य भुषालले दैलेखमा गत आर्थिक वर्ष २०७३÷०७४ मा चालुतर्फ १६ करोड ४३ हजार बराबरको विकास बजेट फ्रिज भएको जानकारी दिए । यस्तै पूँजीगततर्फ उनले गत आर्थिक वर्षमा २१ करोड ४८ लाख १० हजार बराबरको विकास बजेट फ्रिज भएको भुषालले जानकारी दिएका छन् सबैभन्दा बढी सडक सञ्जाल विस्तार जस्ता समुदायको सबैभन्दा चासोको रूपमा रहेका विकास योजनाहरूको बजेट धेरै फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ मा जिल्ला समन्वय समितिको कूल बजेटमा ९७ दशमलव ७१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ ।
साझा बिसौनी ।