कृष्णा रानाको ‘शिरफुल केशैमा’ बजारमा (भिडियोसहित)

गायिका कृष्णा रानाको शिरफुल केशैमा बोलको तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत रुद्र जीएमको शब्द तथा संगीत
रहेको उक्त गीतमा गायक सुकदेव अधिकारी र गायिका कृष्णा रानाको स्वर रहेको छ ।

द मूभि हाउस नेपालको प्रस्तुति रहेको उक्त तीज गीतमा तृत्य निर्देशक तथा मोडल दिपेन्द्र राना र नायिका एवम् मोडल भावना थापाले अभिनय गरेका छन् । उक्त भिडियो क्यामेराम्यान खीम बुढाले छायांकन गरेका हुन् ।

रेशमकुमार शाही र नवनृत्य निर्देशक गणेश ठाडाले उक्त भिडियोमा निर्देशन गरेका हुन् । यसअघि थुप्रै भिडियोहरू निर्देशन गरेका रेशमकुमार शाहीका अनुसार प्रदेश नं. ६ को राजधानीको रूपमा रहेको सुर्खेतमै उक्त भिडियो छायांकन तथा सम्पादन भएको हो । निर्देशक शाहीले अब सबै भिडियोको काम सुर्खेतमै सम्भव रहेको बताए ।

यस्तै गायिका कृष्णा राना भन्छिन्, ‘यो शिरफुल केसैमा गीत सबै महिलाको भावना समेटेर बनाइएको छ, गीतले नेपाली मौलिकता बोकेको छ ।’ गायक सुकदेव अधिकारीले धेरै लो तथा तीज गीत गाएका छन् । यो भिडियो द् मूभि हाउस नेपालको अफिसियल च्यानल युट्युबमा पनि हेर्न सकिने बताइएको छ ।

प्रकाशित मितिः   ५ श्रावण २०७४, बिहीबार १२:२८