काठमाडौं–सुर्खेत बसयात्राका सम्भावना र चुनौती

१. पृष्टभूमि
रत्नराजमार्ग, पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र मुग्लिन–नारायणघाट सडक अनि पृथ्वीराजमार्गहरूको योगदानद्वारा नेपालको राजधानी काठमाडौं र प्रस्तावित कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्दै छन् । काँक्रेविहार डिलक्सको बस नम्बर ११७२ का चालकका अनुसार सुर्खेत र काठमाडौंको दूरी ६ सय ६२ किलोमिटर छ । सुर्खेतबाट काठमाडौं दैनिक आधादर्जन भन्दा बढी साधनहरू गुड्छन् भने कर्णाली अञ्चल, भेरी अञ्चलका दैलेख र जाजरकोट अनि पश्चिम सल्यान र रुकुमका यातायातका साधन पनि गुड्दैछन् । यस आधारबाट सुर्खेतबाट काठमाडौंमा जाने–आउने यातायातका साधन, यात्रु धेरै छन् । पहाड, तराई र भित्री मधेशको मूल भू–भाग छिचोलेर उद्गम र गन्तव्यस्थलमा पुगेको यात्रामा यात्रा अवधिमा ठूला–ठूला सम्भावनाहरू छन् भने कष्टपूर्ण चुनौतीहरू त्यस्तै र समानान्तर छन् । असहाय, अशक्त र बिरामीका लागि भने यात्रा अत्यन्त कष्टकर लाग्दैछ । यस प्रकारको सेवा सुविधा तथा पहुँचको सुधार नगर्दासम्म समृद्धि प्रायः असम्भव छ । हिउँदको समयमा झण्डै अठार घण्टा लाग्ने यात्रा समयले वर्षाकालमा तीस घण्टा लाग्दैछ । यसै मूल समस्यालाई न्यूनीकरण गर्न बस यात्राको पहिलो शर्त, आवश्यकता र अनिवार्यता हो ।
२. व्यक्तिगत अनुभव
यही असार १९ गते दिउँसो दुई बजे प्रारम्भ गरिएको पारिवारिक यात्राले अपरान्ह दुई बजे प्रारम्भ लियो । धापाखेलदेखि नयाँ बसपार्क पुग्दा साझा बसको सहयोग हुँदाहुँदै पनि आधा घण्टा लाग्ने समय दुई घण्टामा विस्तारित भयो । समकालीन सामाजको काठमाडौंका लागि साझा बस राम्रो भनिएको पृष्ठभूमिमा सेवा प्रभावकारी भएर व्यवहारिक हुँदो रहेनछ । सडकको दूरीभन्दा सवारीका धानको दूरी लामो भएर अनुशासन नभएर, सरकारी नीति कमजोर र फितलो भएर, अनावश्यक आरामदायी सहरीया जीवनशैलीका कारण साझा यातायातको सेवा सुविधा प्रभावकारी देखिएन र १५ मिनेटको समय दुई घण्टामा विस्तारि भयो । हामी जस्ता यात्रुलाई झण्डै बस छुटिसकेको । डेरादेखि घर पुग्दासम्मको जमिन कुनै ठाउँमा पनि प्लाष्टिकबाट अगल छैन । यात्राभरको जमिन तलमा प्लाष्टिक जन्य फोहोरका तहहरू छन् । १५÷१६ घण्टा लाग्ने यात्राले तीस घण्टा लिएको छ । उपयुक्त स्थलमा न त पिउने पानी छ, न शौचालक छ, न खाना घर छ । दुई–दुई घण्टामा बिसाउनुपर्ने बस थाहै छैन । भोजनालय, शौचालय अनि फोहोर छन् । यात्रुका लागि मनोरञ्जनको मध्यम गीतमा हिन्दी अश्लिल गीतहरू कानभर ठोक्किएका छन् । नेपाली गीतमा कतिसम्म अश्लिल छन् भने, ‘तन हेर्ने मन छ, रूप हेर्ने मन छ, रस पिउने मन छ, पिउनेको पिलाउनेको क्या मजा भो, मायाको शरीरको लीला आकर्षक जस्ता गीतहरूभन्दा राम्रो केही छैनन् । राभतरका गीतहरू यस्तै खालका छन् । साइडका यात्रुहरूमा कुनै शिष्टता, भद्रता, शालिनता औपचाकिरता छैन । चलेका छन्, गर्नु नगर्नु गरेका छन् । बसमा बाबु छोरी, आमाछोरा, देवर भाउजु पनि हुन्छन् भन्ने हेक्का छैन । तिनमा नत खानामा, न त बस्नमा , नत चल्नमा । बिरामी अशक्त असाहायको बेवास्ता छ । राम्रो भनिएका बसमा पंखा, ढोका, झ्याल, पर्दा, तारबार रिचार्जिङ कुनैको व्यवस्था छैन ।
नागढुंगादेखि नारायणघाटसम्म पुलिसको सुइँको छैन । राजमार्ग कति संवेदनशील हुन्छ भन्ने कुरा न त सेना, प्रहरी, सशस्त्र राष्ट्रिय सुरक्षालाई छ । हजारौं यातायातका साधनहरूका तल पूर्ण नदी छ माथि खस्किदा भीर छ, सिमसिम पानी परिरहेको छ त्यहाँ कुनै राज्य, राजप्रतिनिधि, यातायातका प्रतिनिधि कुनै छैनन् । इण्डियन ड्राइभरले एक ठाउँमा त बीचैमा ल्याएर गरायो । इण्डियनहरूको ड्राइभिङमा समेत हस्तक्षेप छ । सडकका सुरक्षा कमजोर छ ।
३. प्राप्तीहरू
यति हुँदाहुँदै पनि काठमाडौं–सुर्खेत यात्रामा सकारात्मक पाटाहरू पनि छन् । सकारात्मक पाटाहरूलाई झन् परिष्कृत गरेर ल्याउँदा यात्रामा समृद्ध बनाउन सकिने छ । सडक सुधार समृद्धिको पहिलो शर्त हो । यात्रामा हिमाल, पहाड, तराई र चुरे पहाडको बस्ती, जंगल र संस्कृति हेर्नसक्नु यात्राको सकारात्मक पक्ष हो । यात्रा पीडादायी भए पनि हरियाली खोलानाला, नदी, हिमाल, पहाड, पानीका मूलहरूले आनन्दै दिँदै आएका छन् । यसैगरी गण्डकी नजिक भएका कारण नश्लपरासी सिँचाइयोग्य भएकाले अधिकांश खेतहरूमा रोपाइँ भइसकेको छ । कपिलवस्तुमा ठूला नदीहरू नभएकाले आकाशको पानीमा भर पर्नुपरिरहेको छ । खेतहरू बाँझा छन् । विशाल फाँट कपिलवस्तु समयमै रोपाइँ नहुनु राम्रो कुरा हैन त्यसैले पहिला राप्ती ड्राइभर्सनको आवश्यकता छ । देउखुरी उपत्यकामा खेतहरूको साना आकारका छन् जबकी कपिलवस्तुतिर ठूला आकारका छन् । कपिलवस्तु नवलपरासीतिर खेत प्लटिङ भइ बाँझा बन्न पुगेका छन् । देउखुरी उपत्यकाले साँच्चिकैको मकैको सुपरजोनको विशेषता पाएको रहेछ । सबैभन्दा राम्रो मकैबाली देउखुरी उपत्यकामा देखिएको छ । यात्रा कालमा त्रिशुली नदीको बैसपूर्ण प्रवाह, निनाउको उत्ताउली पना, राप्तीको गम्भीरता, बबईको एकान्तता र भेरीको सधनता अनुभव गर्ने राम्रो पक्ष हो । यात्रा भागमा बाँकेको निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जका साथै सामुदायिक वनहरू पर्ने भएकाले वन्यजन्तु पशुपंक्षी, हरियाली, प्लट, खहराहरू देख्न सकिन्छ । गीतमा गुन्जिने गीतहरूले विभिन्न सूचना, संरचना र साक्षीहरू दिँदैछन् । यात्रामा वरिपरिका सांस्कृति, भाका र लय पाउन सकिन्छ । यसका साथै भूगोलले बनाएको विविधतापूर्ण हावापानीको अनुभव अर्को सवल पक्ष हो । काठमाडौंको पहाडी जलवायु नदीकरणको ओसिलो जंगलबीचको समतुल्य र कपिलवस्तु वरपरका सुख्खा जनवायु भोग्न पाउनु यात्राको सकारात्मक प्राप्ती हो ।
४. अप्राप्तीहरू
अनियन्त्रित वातावरण र भीड यात्राको नकारात्मक पक्ष हो । यात्रुको तनावपूर्ण मनस्थितिमा हुलका हुल झोले व्यापारीहरू बसभित्र पसेर पानी, विस्कुट, मकै, फलफूल, कपडा, घडी बेच्न खोज्नु राम्रो कुरा हैन । यसले मानसिकतनाव बढ्नसक्छ भने सरसामान हराउन सक्छन् । सामग्री किनबेच गर्ने ठाउँ बसलाई बनाउनु राम्रो हैन । सडक जाम सबैको तनावको विषय हो । यात्रुहरू समयमै पुग्न नसकी समय ढिला हुनु अर्को नकारात्मक विषय हो । राजमार्गको सम्मुखमा राखिएका घुम्ती, मर्मतस्थल, जामस्थल, प्लाष्टिकका सामग्री थुपार्नु, निर्माण सामग्रहरू बालुवा, गिट्टी, सिमेन्ट, बास, काठ, पराल, कागज, जम्मा गर्ने सडकमार्गको व्यवस्थापन सबैभन्दा नराम्रो पक्ष हो । सडकको मूलभागमा ठूलाठूला भवन निर्माण गर्ने, प्लटिङ गर्ने, आवश्यक बाटा खोल्ने होटेल खेल्ने, यात्राको सकारात्मक त्रियाकलाप हैन र हैनन् । खाद्यान्नमा बेवास्ता अर्को नकारात्मक क्षेत्र हो । सडकमा रहेका सबैलाई बसमा चढाउन खोज्नु, सयमलाई ध्यान नदिनु दुर्वल पक्ष हो । अम्बे सिमेन्ट, अर्घाखाँची समिन्ट, अरुण सिमेन्छ, वृक्ष, विनायक, विजय, सगरमाथा, सोनाश्री जस्ता सिमेन्टका होडिङ बोर्ड जहाँपायो त्यही गाड्दा यात्रा भद्दा देखिएको छ । असुरक्षा यात्राको सकारात्मक विषय हैन ।
५. यात्रा समृद्धिका सुझाव
यस आलेखमा प्रस्तुत गरिएका कुराहरूलाई आधार मानेर नकारात्मक कुरा त्यागेर सकारात्मक कुराहरूको विकास गरेको खण्डमा काठमाडौं–सुर्खेत बस यात्राको समृद्धि बन्नसक्छ । समृद्धिका पहिलो शर्त र प्रयोग यात्रु हो । त्यसका लागि नगरी नहुने सुझावहरू यसरी बढाउन सकिन्छः
१. नागढुंगा–नौबीसे सुरुङमार्गको कार्यान्वयन गर्नका लागि सुनौलसम्मको सुरुङमार्ग पहिलो आवश्यकता हो भने चनौरादेखि राप्तीनदीसम्मको भू–भाग बीचको सुरुङमार्ग अर्को माग हो । नौबसीदेखि त्रिशुली वारिपारी नवलपरासीको वैकल्पिक राजमार्ग निर्माण समानान्तर रूपमा देखिएको आवश्यकता हो ।
२. कोहलपुर–सुर्खेतसम्मको राजमार्गको मोडहरूलाई सकभर घटाएर हात्तीसार–बबई सुरुङमार्ग निर्माण, छिन्चु सुरुङमार्ग निर्माण गरी काठमाडौं–सुर्खेत बसयात्राको समय, श्रम, भूगोल घटाइ यात्रालाई सहज समर्पित, सुविधायोग्य, सरल र प्रभावकारी बनाउँदासम्म यात्रा समृद्धि सकारात्मक बन्न सक्छ ।
३. कसैले पनि प्लाष्टिकलाई जथाभावी फाल्न नमिल्ने कडा कानुन बनाउँदासम्म सडकको किनार वास्तवमा प्लाष्टिकको मरुभूमि बन्ने निश्चित प्रायः छ । यसका लागि राज्यका सबै अंगले पनि पालना नगरी नहुने भएको छ ।
४. यात्राका साधन, ड्राइभर खलासी पुनजाँच गर्नुपर्ने देखिएको छ भने निश्चित ठाउँमा खाना खाने, पिउने, रिफ्रेश गर्ने, नुहाउने, व्यवस्थाविना यात्रा समृद्धि असम्भव छ । प्रत्येक साधामा शौचालय पहिलो आधारभूत आवश्यकता हो ।
५. पाँच यति लामो यात्रामा एउटैमात्र चालक दुर्घटनाकै कारण हो । त्यसकारण अनिवार्य त दुई वटा चालक यात्रा समृद्धिको नबिर्सने पक्ष हो ।
६. यात्रुको स्वस्थ शरीरका लागि यात्रा अवधिघर कुनै एक उपयुक्त समय र ठाउँमा योगा, शारीरिक शिक्षा, दर्शन, यात्रामा घटेका राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाको सूचना पनि आवश्यक छ भने पत्रपत्रिकाको व्यवस्था, समाचार तथा बजारमूल्य पनि यात्रा समृद्धिको अपरिहार्य पक्ष हो ।
यहाँ उल्लेख गरिएका व्यवस्था भएको खण्डमा यात्रुको संख्या बढ्न गइ व्यवसायको विकास भइ आर्थिक विकास हुनसक्छ ।