‘घरबाट चकटी बोकेर पढ्न जान्थ्यौँ’

निर्मला भट्टराई, वीरेन्द्रनगर नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक हुन् । वि.सं. २०३४ फागुन १९ गते बुबा देवप्रसाद भट्टराई र आमा जमुनादेवि भट्टराईको कोखबाट वीरेन्द्रनगरमा जन्मिइन् । २०५२ सालमा रेडक्रसबाट आफ्नो समाजिक क्षेत्रमा काम गरेकी भट्टराईले २०५५ मा गाउँ नगर साझेदारी विकास कार्यक्रमबाट वीरेन्द्रनगर नगरपालिकामा प्रवेश गरेकी थिइन् । २०६० साल पछि उनी नगरपालिकामा स्थायी कर्मचारी भएर वरिष्ठ सामाजिक परिचालक भएर काम गरिरहेकी छन् । उनले हाम्रा सहकर्मी मुना हामलसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेकी छिन्ः


मेरो जन्म वीरेन्द्रनगर–८ मा भयो । हामी चार भाईबहिनी । म कान्छी छोरी हुँ । बाल्यकाल धेरै समय पढाइमा बित्यो । मैले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खजुरामा पढें । त्यसबेलामा पढ्नको लागि भवन थिएन । मलाई सम्झना छ, कक्षा १ मा पढ्ने बेलामा तीन ठाउँमा सरेरर पढेको । खुल्ला चौरमा नै पढेको हो । स्कुलमा बेन्चको व्यवस्था थिएन् । घरबाट चकटी बोकेर पढ्न जान्थ्यौं । टहरोमा चकटी बिच्छाएर पढ्थ्यौं । खजुरामा मैले कक्षा २ सम्म मात्र पढें । त्यसपछि म डाँडास्कुलमा कक्षा ३ देखि सुरु गरें । अहिलेको जस्तो ठूलो बस्ती थिएन् । हामी खजुरा बस्ने भए पनि बजार स्कुल जाँदा गाउँबाट पढ्न आएका भन्थे । मेरो सबैभन्दा मिल्ने साथी नानु भन्ने थिइन् । मलाई निरु उनलाई नानु भनेर बोलाउने । कहिलेकाहीं त हामी चप्पललाई कति दुःख दिनु चप्पल कति खिइएला भनेर हातमा चप्पल समातेर खाली खुट्टा पनि हिँडेर बजारबाट घर आउँथ्यौं ।
म सानोमा चञ्चले स्वभावको थिएँ । पढाइमा भन्दा खेलमा बढी ध्यान जान्थ्यो । हाम्रो चार÷पाँच जनाको साथीहरूको समूह थियो । बुबाआमाको आँखा छलेर खेल्न जान्थ्यौं । स्कुल बिदा भए लगत्तै र बिदाको दिनमा स्कुलको चौरमा खेल्ने गथ्र्यौं । काट्ने निहुँले बुलबुलेमा गएर फोहोर पानीमा पौडी खेल्ने गथ्र्यौं । खेलहरूमा लुकामारी खेल्ने, ढुङ्गा ढलाई खेल्ने, कपर्दी खेल्ने गथ्र्यौं । पछि कक्षा सात–आठ पढ्न थालेपछि डन्डीबियो खेल्थ्यिो । डन्डीबियो केटीहरूले खेल्न हुन्न भन्थे । हामीले डन्डीबियो खेलिहाल्थ्यौं ।
मलाई सरसफाइमा रुचि लाग्थ्यो । कोठाहरू सजाउन मनपथ्र्यो । घरमा अरुका कामभन्दा पनि घरआँगन सरसफाइमा मेरो बढी ध्यान जाने गथ्र्यो । पढाइ पनि मेरो राम्रो थियो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा भाग लिने गर्थें । धेरै जसो वक्तृत्वकला र हाजिरिजवाफ प्रतियोगिताहरूमा भाग लिने गर्थें ।
हाम्रो घरमा बगैंचा नै थियो । आँप, नास्पति धेरै थियो । काँक्रा बर्खाको समयमा धेरै नै हुन्थ्यो । साथीहरूले आ–आफ्नै घरमाबाट चोरेर ल्याउने, अनि मैले आफ्नै घरबाट चोरेर लैजाने । घाँसदाउरा ठ्याँक्रा ल्याउन निहुँमा नुन खुर्सानी पिसेर वन जाने गथ्र्यौं । खजुरा जान्थ्यौं । ती दिनहरू सम्झदा अझै पनि त्यो बाल्यकाल फर्किएर आइदिएको भए जस्तो पनि लाग्छ । वनमा गएपछि खेल्न पाइन्छ भनेर घाँस काट्ने निहुँले जाने अनि धित मरुनजेल खेल्ने अन्तिममा थोरै घाँस डोकोमा लिएर साँझ घर आउने । कहिलेकाहीं त आमाले घाँस गाईभैंसीलाई हालेर आउ भन्दा पनि खुशी लाग्थ्यो । डोकोमो अलि–अलि घाँस लिएर आएको कारणले आमाले थाहा पाएपछि गाली पाइन्छ भनेर सधंै घाँस हाल्न पठाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो ।
विद्यालयबाट भागेर फिल्म हेर्नका लागि जान्थ्यौं । बुबाआमाले चाडपर्वको बेला टीका लगाएर दिएको पैसा, खाजा खानको लागि दिएको पैसा बचाएर फिल्न हेर्नका लागि भनेर राख्ने । एक दिन त विद्यालयबाट सरहरू फिल्म हलभित्र नै हामीलाई खोज्न गएर भेटाउनुभयो । पढाइ छोडेर फिल्म हेर्न गएको भनेर सरहरूले हातमा लठ्ठीले हानेको सम्झना अझै पनि आउँछ । आमाले जति सम्झाए पनि खेल्न मन भने लागि
हाल्थ्यो । एक दिन सानो भाईलाई हेर्नु भनेर पानी लिन जानुभयो । मलाई खेल्न साथी नानुकोमा कसरी खेल्न जाने होला भनेर सोचे । ठूलो भाईलाई सानो भाई पनि हेर्नु गाइवस्तु बारीमा आउँछन् राम्रोसँग हेर्नु भनेर सानो बुबालाई भेट्ने निहुँले साथीकोमा खेल्न गएँ । पछि आमा पानी लिएर आउँदा थाहा पाएपछि गाली मात्र होइन पिट्नु पनि भयो ।
कहिलेकाहीं आमाले गाली गर्नुहुन्थ्यो । ‘मैले पढ्न पाइन तिमीहरूको लागि यति धेरै दुःख गरेको छु’ आमाले सम्झाउँदै भन्नुहुन्थ्यो आमाले धेरै दुःख पनि गर्नुहुन्थ्यो । कहिलेकाहीं बजारमा भएको फलफूल बेच्नका लागि बजार लिएर पनि जाने गर्थें । वि.सं. २०५४ सालमा राजा वीरेन्द्र सुर्खेत आउँदा ज्ञानबद्र्धक भिडियो डकुमेन्ट्रीहरू टोलहरूमा देखाइन्थ्यो । मलाई ‘उजेली’ डकुमेन्ट्री मन पथ्र्यो । त्यसमा छोरीले पनि पढ्नुपर्छ, छोरीहरूलाई शिक्षाबाट वञ्चित गर्नुहुन्न भन्ने सन्देश दिएको थियो । त्यसले गर्दा पनि मलाई पढेर केही गर्नुपर्छ भन्ने सोच आउँथ्यो । पढ्नुपर्छ भनेर बुबाआमा, दिदी प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँहरूले पढाइमा धेरै सघाउनुहुन्थ्यो । मलाई सानोमा वकिल बन्ने सपना थियो । वकिल बनेर महिलाको हकमा केही गर्ने सोच्थें । एसएलसी पछि तीन महिना पनि पढें । पछि बाहिर गएर पढ्नुपर्छ भनेर बीचमै पढाइ रोक ।