महायज्ञ, उधारो चन्दा र क्याम्पस
पछिल्लो समय कुनै पनि कामका लागि आवश्यक रकम संकलनका लागि महायज्ञलाई उत्तम विकल्पको रूपमा उपयोग गर्ने गरिएको छ । महायज्ञलाई अर्थ संकलनको उत्तम उपाए ठानी २०७२ साल वैशाखमा गुर्भाकोट नगरपालिका अन्तर्गत मेहेलकुनाको खैरेनी चौरमा सूर्यज्योति बहुमुखी क्याम्पस स्थापना गर्न र अन्य १३ वटा स्कूलहरूको स्तरोन्नति गर्न भनी आम भेला गराइ सबै स्कूलहरूका शिक्षक, कर्मचारीहरू, बुद्धिजीविहरू, समाजसेवी, राजनैतिक दलहरू र अन्य संघ–संस्थाहरू र सम्पूर्ण मेहेलकुनाबासीको व्यापक जागरण गराइ धान्याञ्चल महायज्ञ सञ्चालन भएको थियो । आजभन्दा दुई वर्ष दुई महिना पहिले सञ्चालन भएको उक्त कार्यक्रमका लागि मेहेलकुनाबासी सबैबाट एक घर एक कलशको अनिवार्यता जाहेर गरेर रु. ११०० र कार्यक्रम सञ्चालन भएका बखत चन्दा दानबाट गरी करीब सवा एक करोड २५ लाख रूपैयाँ बोलकबोल अनुसार जम्मा भएको थियो । समग्र गाउँ समाजको शैक्षिक समृद्धिका लागि हौसिएका जनताले खुला दिलले सहयोग गरेका छन् ।
महायज्ञका सम्पूर्ण कार्यक्रममा भाग लिइ आफूले सकेको रकम दान गरे । अब आफ्नै घरआँगनमा क्याम्पस बन्ने भो, घरमै रुखो निस्तो खाएर छोराछोरी क्याम्पस पढ्न पाउने भए, मानिसको आउ–जाउ बढ्ने भो, व्यापार बिजनेश बढ्ने भो, पढाइको वातावरण राम्रो बन्ने भो भन्ने आशा सजाउँदै भगवानलाई सम्झेर पूण्य कमाउने लोभले दान गरे । कार्यक्रम राम्रै सम्पन्न भयो । बोलेका उदारो चन्दा उठाउनु चुनौती भए पनि धर्मका नाममा बोलेका रकम कसो जम्मा नहोला भनेर लक्ष्यमा पुग्न सबैलाई हतार थियो । तर आज आशा निराशा भएको छ । उठेको केही रकम प्रतिसतको हिसाबले साबिक मेहलकुनाका विद्यालयलाई स्तरउन्नतिको लागि बाँडियो । कृषि क्याम्पस सञ्चालनको लागि सम्बन्धनका लागि नखुलेका कारण बाँकी बैंक खातामा जम्मा भएको रकमको के गर्ने सरोकारवालाको ध्यान गएको पाइएन ।
समय निकै बितिसक्दा पनि जनताले क्याम्पस देख्न नपाउने भए । देशमा संविधान बनेर कार्यान्वयनको संघारमा हुँदा पनि क्याम्पस बन्ने कहिले होला ? वडा चिन्ताको विषय पो भयो ? के जनतासँग क्याम्पसका नाउमा चन्दा उठाइ यतिका दिनसम्म मौन बस्नु, तै चुप मै चुप रहनु हाम्रो विशेषता हो भने, कहीं कतै कुनै स्रोत दाता वा कुनै संघ–संस्था आदि कतैबाट निर्माण गर्नु त पर जाओस् प्रत्यक्ष जनताबाट स्रोत संकलन हुँदा पनि क्याम्पस स्थापना हुन नसक्नु, पहल नगर्नु हाम्रो स्थापित चलन हो भने, त्यसका लागि ढिला गर्नु हाम्रो दायित्व हो भने यसका लागि रुनु, कराउनु, बोल्नु, छलफल गर्नु, समीक्षा गर्नु, सञ्चार गर्नु, विरोध गर्नु, दबाब दिनु, पहल गर्नु, मत जाहेर गर्नु, सम्पर्क गर्नु, भेला गर्नु, अगाडि बढ्नु र साझा उद्देश्यका लागि मिलेर कार्य गर्न किन प¥यो र ? १ शिक्षकको भनाइ रहेको छ ।
यदि समाजमा शैक्षिक विकासको खाँचो देख्नुहुन्छ भने क्याम्पस तहको पठन–पाठन भइ यहाँ चाहिने केही हिस्सा जनशक्ति यतै उत्पादन गर्ने लक्ष्य छ भने के गर्ने होला ? कसले नेतृत्व गर्ने होला ? बाँकी उठ्न रकम कसरी उठाउने ? अब त चुनाव पनि सकियो । स्थानीय तहमा बजेट पनि आयो । अधिकार पनि आयो । स्कूलहरूमा वर्षे बिदा पनि भइरहेको छ । क्याम्पस सम्बन्धन कसरी ल्याउने होला ? सो माहायगेका संयोजक हस्त पुन अहिले मेयर हुनुहुन्छ उहाँको भनाइ अनुसार अब नगरभित्र दुई वटा क्यामपस छन् एक क्याम्पस सञ्चालनमा गारो हुने अवस्थामा अर्को क्याम्पस सञ्चालन गर्न गाह्रो हुने र अब बाँकी उठ्ने रकम र खातामा जम्मा भएको रकमले आईटी क्यामपस सञ्चालनमा जोड दिने र नगरपालिकाले पनि सहकार्य गरने कुरामा जोड दिनु भएको छ । यस विषयमा छलफल गरने समेत बताउनुभयो । यदि हामी सबै निदाइरहेका छौं भने एक पटक फेरि उठौं र समग्र विकासका लागि सर्वप्रथम शिक्षाको विकासमा जुटौं ।
साझा बिसौनी ।