मानवको कर्म र यसको असर
नेपालको सदर्भमा यो बाक्य सतप्रतिशत राजनैतिक क्षेत्रमा लागू भएको छ र विशेष गरी यसको भावले राजनीतिलाई राम्रो हुन्छ । स्मरणीय छ, नेपाल सदियौंदेखि राज संस्थाले निरन्तरता पाउँदै आएको अथवा राजाद्वारा शासित मुलुक हो । मल्लकाल, लिच्छवीकाल तथा किराँतकालमा पनि खण्ड–खण्ड परेको नेपाललाई विभिन्न २२,, २४ राज्य बनाएर राजाहरूले राज्य गरेको इतिहास बोल्छ तिनी राजाहरू मध्ये कति राजाहरू योग्य थिए भने कति अयोग्य पनि थिए । यहाँनिर योग्य भन्नाले न्यायाप्रेमी, पराक्रमी तथा शुरवीर राजालाई बुझाउँछ भने अयोग्य भन्नाले नाम मात्रको राजा राम्रा कामदेखि तर्सने र नराम्रा पापकर्म गर्दै हिँड्ने राजालाई बुझाउँछ ।
यतिबेला हामी प्राचिन इतिहासलाई केलाउनुभन्दा राणाकालीन व्यवस्थादेखि यताको अवसिधबाट नै सबै कुरा बुझ्न सक्छौं । दरबारभित्रको व्यापक अनियमितताको परीणाम स्वरूप बाहिरी व्यक्तिहरूले दरबारमा दरबल गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिए, यो कार्य भयानक कुकर्म थियो । दरबार टुलुटुलु हेरेर बस्न बाध्य भयो, जुन कुकर्म गरिएको थियो त्यो सरासर पाप भएकोले त्यसले देशमा आगो सल्काउन थाल्यो, सर्वसाधारणलाई पूर्णरूपमा मानव अधिकारदेखि वञ्चित गरियो, सञ्चार जगतलाई पिंजडामा कैद गरियो तथा कतिपय व्यक्तिहरूलाई सानो कसुरमा तथा कसुर विना नै अंगभंग गर्ने, देश निकाला गर्ने तथा सर्वस्व हरण गर्ने जस्ता क्रियाकलापहरू व्यापक रूपमा परिचालित भए, यिनीहरू पनि मानव निर्मित कुकर्महरू नै थिए, देशमा आगो दन्किरहेकै थियो, सर्वसाधारणहरू भुंग्रोमा जल्दै चिच्याउँदै थिए । त्यो घडीमा राजालाई उनीहरूको रादन, चिच्याहट, चित्कार सह्य हुन सकेन र उनी जनताका लागि बलिदानी दिन अघिसरे त्यो ज्यादतिको विरोधमा कयौं फाँसीमा चडे, कति झुण्ड्याइए, कतिलाई गोली ठोकियो, कतिलाई देश निकाला गरियो, यसरी त्यो ज्यादतिलाई घुँडा टेकाउन धेरै रगत धर्तीमा पोखियो, अन्ततः त्यो कुकर्मद्वारा हडफेको सत्ता पुनः राजतन्त्रमा फर्कियो र राजाले धेरै नागरिकहरू गुमाउनु परेकाले त्यो सत्ता जनतालाई नै बुझाए, जुन दिन २००७ साल फागुन ७ गतेको दिन हो जसलाई नेपालको इतिहासमा असली प्रजातन्त्र दिवसको रूपमा लिइन्छ ।
जनतालाई प्रजातन्त्र सुम्पेपछि राजाले राजा र प्रजा दुवैको मेलमिलापको नीतिबाट शासन सञ्चालन गर्दा राम्रो हुने ढानेर सो नीति अवलम्बन गरे, मन्त्रीमण्डल गठन गरे र आफू नाम मात्रका राजा भइ सबै अधिकार जनतालाई सुम्पेर आफू जनताको हितैषीभित्र (राष्ट्रपिता) बने । उनको ध्यान जनतालाई सुम्पेको प्रजातन्त्रतर्फ पनि थिया, मन्त्रीमण्डलतर्फ पनि थियो । केही दिन बित्दा नबित्दै मन्त्रीमण्डलमा व्यापक अनियमितता देखियो अहिलेको जस्तो सत्ता लिप्साको फोहोरी खेल त्यतिबेला पनि ट्डकारो देखियो । समयसँगै प्रजातन्त्र खतरामा रहेको महसुस गरी राजाले बाध्य भएर शासन जरबजस्ती आफ्नो हातमा लिनुप¥यो जसलाई पञ्चायति व्यवस्था भनिन्छ ।
राजाले प्रेमपूर्वक सुम्पेको प्रजातन्त्रलाई प्रजाहरूले ठीक ढंगसँग चलाउन नसक्दा पुनः राजतन्त्रले नै निरन्तरता पायो । ‘राजा वीरेन्द्र’ नेपालको इतिहासमै सबैभन्दा सोझो तथा लोकप्रिय राजा वीरेन्द्रलाई मानिन्छ । उहाँको शासनकालको सबैभन्दा उत्कृष्ट काम भनेको नेपाललाई शान्ति क्षेत्र घोषित गरी अनादी कालसम्म नेपाललाई पूर्णरूपले सुरक्षित राख्नु रहेको छ, यसको अलावा राज्यका अन्य गतिविधिहरूमा पनि यहाँको योदान महŒवपूर्ण रहेको छ । समय बित्दै गयो बित्दै जाने क्रममा समयले उल्टो गिन्ती सुरु ग¥यो, उल्टो गिन्तीको भयानक छायाँ राज्यमा देखियो त्यो थियो राजा वीरेन्द्रको बैंस नाश त्यसपछि त के थियो कहाली लाग्दा दिनहरू राज्यमा देखा परे, ती दिनहरू थियो माओवादी द्वन्द्वकाल ।
कुनै बेला राज्यमा यस्ता शक्ति हावी भयो, जो नितान्त रूपले अपरिपक्क ढुलमुले तथा अवसरवादी जसको कुने एजेण्डा र ग्रेण्ड डिजायन नभएकोले हत्या हिंसाको बलद्वारा नै नेपाललाई आफ्नो अधिनमा लिने र अकण्टक राज्य सञ्चालन गर्ने सपना देखेको त्यो शक्तिले देशमा निकै ठूलो हलचल मच्चायो, सबै साधाराणहरूमा निकै त्रासको वातावरणको सिर्जना ग¥यो, अनेकन सिन्दुर पुछ्यो, कोख रित्यायो, समग्रमा मानिसले गर्ने नहुने कुकर्महरू गर्दे हिँड्यो, त्यतिबेला पनि दन्किरहेको आगो शान्त गर्न धेरै रगत छताचुल्ल भएर पोखियो अन्ततः त्यो शक्तिले पनि आफ्नो कुनै राष्ट्रघाती योजना सफल बनाउनु पूर्व नै घुँडा टेक्नु प¥यो र समाजको अथवा राज्यको मूलधारमो बाध्यता बस फर्किनै प¥यो । यतिबेला पनि मानव कुकर्मबाट पैदा भएको पापलाई मानव कै रगतले परवालेको थियो । देशको वर्तमान राजनीतिमा पहिलाको भन्दा अहिले केही शान्ति जस्तो देखिए पनि अवस्था ज्यूँका त्यूँ छ । आम नागरिकहरूको शान्ति, सुरक्षा, अमनचयन, हक, अधिकार पूर्णरूपमा कुण्ठीत हुन पुगेका छन् । उदाहरणको लागि २,३ वर्ष पहिला आएको भिषण बाढीको चपेटामा परेका व्यक्तिहरू आजसम्म पनि पालमुनी जीवन गुजार्न पुग्नु र लगत्तै आएको भूकम्पको मुखमा परेका संरचना तथा व्यक्तिहरूको पनि उही हाल हुनुले प्रष्ट पार्दछ । यसलाई पनि मानव कुकर्मबाट पैदा भएको पाप मान्न सकिन्छ । यसको संरक्षणको जिम्मा जनताले आफ्नो अमूल्य भोट दिएर पठाएका प्रतिनिधि र केन्द्रमा रहेको लिडरहरूको हो । तर उनै लिडरहरू सत्तालिप्साको फोहोरी खेलमा लाग्नाले ती पीडितहरूसम्म उनीहरूका आँखा पुग्न सकिरहेका छैनन् । यसलाई पनि मानव कुकर्म मान्न सकिन्छ ।
परिवर्तन भन्ने शब्दलाई ब्रेक लगाएर स्थिर अवस्थामा रहन खोज्ने यथास्थितिवादीहरू, मौका पारी दुनियाँ ढाँट्ने, देश सेवाको मकुण्डो भिर्ने, बलियो देखे टाङमुनी छिर्ने अवसरवादीहरू सत्ता लिप्साको फोहोरी हिलोमा आफूलाई राखिरहन मन पराउने सत्ता स्वार्थीहरू र त्यस्तै अत्याचारी, व्यमिचारी आदिहरूद्वारा यो देशको निकाश सम्भव छैन, तसर्थ यी विभिन्न अराजक गतिविधिहरूका विरुद्ध पुनः यो धर्तीमा तातो रगतहरू छताछुल्ल भएर पोखिनेछ, त्यतिबेला माथि उल्लेखित आहोदाधारीहरू थर्कमान हुनेछ र बचाउको प्रयोस गर्नेछन् । त्यति बेलासम्म तातो रगतको प्रभावले नयाँ परीपाटीको आरम्भ भइसकेको हुनेछ ।
साझा बिसौनी ।