थुइक्क जागिर र म
जागिरको शाब्दीक अर्थ खोजी गर्दा रोजगारी, तनखा ज्यालादारी, कर्मचारी वा कामदारी नै होला तर साँचिकै जागिर नाउ राख्ने मानिस ठूलो धुरन्धर विद्वान हुनु पर्छ । यस शब्दलाई टुक्र्याइ हेर्दा जागिर (जा पलस गिर) यसको अर्थ जा जानु र गिर गिर्नु वा धसिनु अथवा त्यसैमा मरिमेटिन नै यसको सरल अर्थ हो जस्तो लाग्छ ।
जागिर खाने प्रचलनको विकास विश्वमा धेरै पहिलेदेखि नै भएको पाइन्छ तर मलाई दुनियाँवादी कुरा गर्न मन लाग्दैन त्यसैले सटिकमा आफ्नै देशको सेरोफेरो जान चाहन्छु । नेपालको इतिहासलाई यस्सो अध्ययन गर्दा जागिरको सुरुवात शाहाकालीन शासनकालबाट हुँदै आएको पाइन्छ । त्यतिबेला आफ्ना मातहत र समर्थकलाई जग्गाको तिरो, कुत र ब्याठी उठाउनका लागि जिन्सीमा जग्गा बक्सिस दिने गरी कर्मचारीहरूका नियुक्ति दिइन्थ्यो । सोही पालादेखि आजसम्म पनि नेपालमा जागिरको रन्को कायमै छ । तर फरक यति छ कि त्यो समयमा आजको जस्तो लोक सेवा आयोग, शिक्षक सेवा आयोग जस्ता सरकारी सयन्त्र थिएनन् र सिधै राजा महाराजा वा वडा हाकिमले आफ्नो फेवरको व्यक्तिलाई त फलना जानु र काम फत्ते गरी आउनु भन्ने थियो तर आजको समयमा त्यति सजिलो जागिर छैन तर आजको समयमा अदृश्य रूपबाट दुई प (पैसा र पावर) बाट जागिरको काम तमाम हुन्छ ।
साँच्चिकै जागिरको क्रेज नेपालमा बढ्दो छ । यसको पनि कारण होला मेरो विचारमा पहिलो कारण त बासी रोटी र भुटेको चना खाएर पढेको ज्यान जसरी हुन्छ त मुला जागिर त खानै पर्छ नि भनेर त्यो बालक टुप्पी कसेरै जागिरका लागि भौंतारिन्छ र भलै कसैले आफ्ना मानिसलाई यस्सो भनसुन गरी नासो तुसोको पोको सोकोले कुनै विद्यालयमा होस् या नन गोभरमेन्टल अफिसमा जागिर पाइ हाल्छन् त्यस्तो कार्य मा पनि बामन मनुवाहरूका छोराछोरी नै अगाडि हुन्छन् किन की उनीहरूको लनतन अली लामै हुन्छ भने अरु जातको त ताइँ न तुइँ हातमा लाग्यो दुई नै हुन्छ । अर्को कारण चाहीं जसरी हुन्छ समाजमा आफ्नो हैकम राख्ने फलानोको छोरा वा छोरी त जागिरे छन् वा भए त भन्ने साख जोगाउन पनि जागिर त खानैपर्नै र कसैले सोध्यो कहाँ हो हजुरभन्दा अफिस भन्ने सानका लागि पनि जागिर अनिवार्यता मानसिकता कारणले जागिरको खोजी कार्य बढ्दो छ ।
अर्को कारण चाहीं राम्रा विद्यालयमा अध्ययन गरी राम्रो अंक प्राप्त गर्ने र कसरी हुन्छ साम, दाम र दण्डवतको प्रयोग गरी स्कलरशीप प्राप्त गरी विदेशमा पलायन हुने र उतै सेटल हुने मानसिकताबाट स्वदेशदेखि विदेशसम्म जागिरको खोजी बढ्दो छ । यसरी जा पलस गिरको कथा स्वा गर्दै मेरो गाउँले भाइको र मेरो जागिरको पीडा राख्न चाहन्छु ।
गाउँले भाई मेरो ब्याचभन्दा दुई ब्याच पछिल्लो हो भाइ पढाइमा जेहेन्दार नै थियो तर आर्थिक अवस्थामा भने नाजुक नै थियो बबुराको । भाइमध्यको माइला र घरबाट पढाइमा पढ्नुपर्छ तैंले र जसरी हुन्छ जागिर चाहीं खानैपर्छ भन्ने दबाब थियो । जेनतेन बाबु आमाले अहिलेको सी भने झै पहिलेको एसएलसीमा दोस्रो क्षेणीमा पास गराए । अनि केटो उच्च अध्ययनका लागि सदरमुकाम हानिने पलान ग¥यो तर बाबुआमासँग फुट्या कौडी पनि थिएन र घरबाट पनि एक दाम पैसा केही निस्कने वाला पनि थिएन र मसँग भाइले सल्लाह माग्यो म उसको प्रमुख सल्हाकार नै थिएँ । म पनि जेनतेन सदरमुकाममा बीएड अध्ययनरत नै थिएँ र मेरो सपना पनि उही जागिर नै थियो र मेरो हालत को कुरा त के गरौंपछि गरौंला । उसका बाबु आमाले पनि मलाई ख्याल गरेस् है भाईको केही खर्च अपुग भए हेर्नु भन्ने गर्थे तर आफ्नो बह कोइसँग नकह भनेर चुप के भन्ने हेरौंला नि भनेर टाल्ने काम हुन्थ्यो । हामी दई बीचको दिन चर्या पुग अपुग कहिले चाउचाउ त कहिले सिन्कीमा गास, बास र कपासको जोहो चलि राख्यो र तेस बेला खासै पढाइमा खर्च हुँदैन थियो आजकलको पढाइ हेरि लगभग सत्तरी प्रतिशतमा पढाइलाई मेनटेन गर्न सकिन्थ्यो ।
विस्तारै हामी दुवै जनाको पढाइ खतम हुँदै थियो । मेरो पढाइ बीएड पास गरी बिट मार्ने र राम्रो जागिर लुत्तै कसैले थाहा नपाउने गरी एकै चोटी घरकालाई सरप्रइज दिने दाउमा म लागें भने गाउला पनि इन्टरमा अध्ययन नै थियो र हामीबीच भलााकुसारीमा भन्ने गर्थे रोक्न यार भाइ मलाई त जागिरे हुन दे अनि त तेरो त भइ हाल्छ नि केटा भनि ठूलै आश्वासन दिने गर्दथे र त्यो पनि मख्ख नै हुन्थ्यो र पढाइमा झन् राम्रो गर्थयो भाइले । तर बीएड पढाइभन्दा पहिल्यै यो मनुवाले पनि जागिरका लागि धेरै पापड बेलेको त्यो बबुरोलाई पत्तो थिएन तर भन्नु पनि त भएन भाईलाइ । समयको फनको र जागिरको रन्कोले मलाइ सिथिल बनाइरहेको थियो । मेरो त लगभग पढाइ सकिएकै अवस्था भएकोले मेरो ध्याउन्न केबल जागिरमा नै निहित थियो र गाउँ घरको प्रावि, निमावि र मावि विद्यालयतिर केही सन्टो फन्टो मिल्छ की मास्टर साब हुने भन्नेमा घुमफिरमा व्यस्त भइयो तर त्यहाँ हेड सरसँग बुझ्दा त माथिका मान्छ आफ्नोे हुनुपर्दो रहेछ बरै आफ्नो त कोही नाइ के गर्नु भन्ने भान मा जे होस् एक वर्ष राम्रो टाइम पास भयो । त्यति हुँदाहुँदै बबुरो माइला पनि सदरमुकाम हानिए छ अध्ययनका लागि र केटोले विषय नलगाएर आइएड पनि पास गरे छ । हामी दुई जनाको पढाइ र जागिरको भाउन्न नछुटेकै अवस्थामा मेरो चाहीं दसा लाग्ने बेला आइसकेको मलाइ आभास भयो कि यस्सो गाउँ घरमा र परिवारमा घरजमको मेसोमालोतिर छन् त भन्नेमा हल्ला रहेछ तर केटो फकलण्डु कसले दिन्थे छोरी त्यहाँ पनि उही जागिर नभाको भन्ने होलान् भन्ने पिर माथि महा पिर थियो । अनि त के को विवाहा न सिहा घरमा धाँधली गरी पुनश्च जहाँ चुच्चे ढुङ्गो त्यहीं टुङ्गो भने झै दुई भाइको खोलेसतर्फ हानिने विचारले घरबाट हिँडियो । बानी अचम्मको भर्खरको ठिटो बरु खाली पेट भए पनि लगाउन त चिटिक्कै हुनुपर्ने भा हुनाले बाटोमा साथीहरू भेट्दा के छ यार जागिर सागिर भयो कि कसो हो ज्यान त सुटबुटमा छ नि भन्नपछि पर्थेनन् साथीहरू तर उही जागिरको भाउन्नले भाङ खाएको जस्तो भएको ज्यानलाई फेरि महा पीडा थपिदिन्थे मुलाहरू । अनि बाटोमा मनमनै गन्थन मन्थनमा थुइक्क जागिर र अनि म भन्दै आफैले आफैलाई सराप्दै हिँड्थें । यसो विचार गर्दा प्राइभेट भए पनि जागिर त खानै परो र भन्न पनि भइ हाल्छ जागिर छ भन्ने र भित्र–भित्र आयोगको तयारी पनि गर्नुप¥यो भन ठानेर अर्को निर्णय गरे । कोठा आइ केटोको हाल खबर बुझ्दा घरबाट बा आमाले पढाउन नसक्ने भन्ने भछन् दाई कसो गर्ने होला भन्ने खबरले मलाई एकछिन स्तब्ध बनायो र मैले भने बीएड त पास गर्नैपर्छ तैंले तर हेर भाइ अब हुँदैन प्राइभेट भए पनि जागिर गर्नुप¥यो अनि विस्तारै थर्ड इयरलाई फोर्थ र फाइभमा त किलियर भइहाल्छ नि भन्ने सल्हाले हामी दुई फेरि यस्सो डिलर र मार्केटिङतर्फ मोडियौं । बल्ल तल्ल हामी दुवै सानोतिनो जागिर पनि भेट्यौं पनि तर त्यस्तो प्रकृतिको जागिर खानु भनेको रङ्गिने कोलमा मुन्टो हाल्नु बराबर हुँदो रहेछ दिन भरीको पेलापेलको जागिर र बेलुकाका लखतरान हुँदा दुवै भाइ सकिनसकी खाना बनाइ वरी घुत्रुक्क सुताइ र एका बिहानै जागिर यावत हुँदाहुँदै धन्न एक वर्ष हामी दुई सदरमुकाम टिक्न सफल भयौं र भाई माइलाले म त काम गर्न सक्दैन दाइ बरु क्याम्पस प्राइभेट दिन्छु र म त गाउँतिर नै लाग्छु भनेर भन्दा मलाई नि आपत आइ लाग्यो । किन की ऊ हुँदा जेनतेन खाना बनाउने र सरसफाइ उसैको जिम्मा थियो तर ऊ नभए त मेरो हालत खराब हुने निश्चित नै थियो । फेरी उहि जागिर र मबीच रस्साकस्सी हुने नै छ भन्नेमा कुनै दुई मत नै भएन ।
अब त अति नै भो एक्लो परानी घस्ला खरानी हुने हो की कतै, सायता गर्ने भाइ पनि बिच्कियो उसलाई आर्थिक ग्रहण र जागिरको भाउतोले छोडेन र म पनि उस्तै भन्ने पिरलो सँगै म मा एकाएक घरजम गर्ने नारीको खोजीमा लाग्ने निधा गरे । भाग्यले जुरायो भने काल्चे पनि पासोमा पर्छ भनेझैं मेरो जीवनमा गृहणीको आगमन भयो भने उता भाइको हालत हेरिसक्नु भएन । घरको कमजोर आर्थिक अवस्थाको कारणबाट भाईले बाध्यतावश पढाइलाई इन्टरसम्म मात्र पूरा गर्नसक्यो ।
नेपालमा २०६२÷०६३ पछि देशमा केही शासकीय स्वरूप र परिवर्तन भयो अब त गरीब र निमुखाको दिन आयो कि भन्ने थियो र अब पढेका युवाहरू बेरोजगार बस्नु पर्दैन होला भन्नेमा हामी दुई भाई ढुक्क थियौं । बेला बखत भाईसँग भेटघाट हुन्थ्यो । सँगसँगैै नेपालमा क्ष्ल्न्इरल्न्इक को आगमन भएको थियो विभिन्न कार्यक्रमको नाउमा नेपालमा धेरै कामहरू हुँदै थियो । उक्त कार्यका लागि कर्मचारीको माग हुँदा हामी दुई दाजुभाई पनि उही जागिरका लागि अप्लाई गर्नपछि नपर्ने र जागिर पाइन्छ कि भन्नेमा आशमा हामी दुई पाउरोटी फुल्ले झै प्रफुल्ल थियौं तर आयोगको तयारीमा पानी पिए झै हुँदा पनि लेखनशैली र सटिक जवाफ दिने शैलीको कमिले होला हामी दुईलाई त्यो लोकसेवा शोकसेवामा परिणत भएको थियो र त्यो जातको नाम लिन नि मन लाग्दैन थियो तर के गर्ने मजबुरुरीका दुस्रा नाम महात्मा गान्धी भने झै गरिबीले थिचेका बखत ल्यल न्यखभचलmभलतब िको जागीर पनि अति उत्तम ठानी अब जागिर खानी तयारीमा हामी दई भाई लागि प¥र्यौ ।
सोही क्रममा भाईले एउटा संस्थामा सामुदायिक परिचालक माग भएछ र अप्लाई गरेछ तर प्रक्रियागत छोटो सूचिमा परेछ र पछि अन्तर्वार्ताका लागि बोलाएछ तर रिजल्टमा असफल भएको जानकारीमा आयो र फेरि जा र गिरको चक्रब्यू त्यहाँ पनि देखाप¥यो । के भएछ त भन्दा आन्तरिक कर्मचारी छनौट भइसकेको रहेछ मात्रै देखाउटी र विरोध नआओस् भन्नाका लागि त्यस्तो कार्य हुँदो रहेछ भन्ने थाहा भयो । पुनश्चः अर्को ठाउँमा पनि जागिर खुलेछ र सोही अनुसार आवेदन दिने काम भयो तर खै के खै भने झै त्यहाँ पनि असफल्ताको घण्टी बजेछ । भएछ त के भने सबै ठीकठाक हुँदाहुँदै अनुभव भएन रे अचम्म छ काम गर्ने अवसर नै नदिएपछि कसरी हुन्छ होला त अनुभव भन्नेमा म पनि एक छिन भाउन्नमा परे । अनि मैले पनि मनमनै विश्लेषण गरेकी नेपालमा गभर्नमेन्टलको हालत त खराब छ भने नन गभर्नमेन्टल संस्थाको के कुरो गर्नु खै भन्दै फेरि आफैले आफैलाई थुइक्क जागिर र म भन्नैपर्ने तर के गर्ने हिन्दीमा भने झै दो बख्तका रोटीको शब्दलाई सापटी लिइ म मनुवा पनि रोटीका लागि यस्सो दुई चार ठाउँमा जागिरका लागि अनुरोधसहित आवेदन दिन किनपछि पर्थे र तर कुरो अचम्म र घत लाग्दो छ कुरो के भने हुनुपर्ने अनुभवी त्यो पनि थोरै कहाँ हो र ४÷५ वर्ष कार्य गरेको अनुभवपत्र अनि कहाँबाट ल्याउनु त त्यो पत्र गाठी माथि गाठो प¥यो ।
आफ्नो अनुकुल्ता हिँड्ने र सकभर एउटै पार्टीपंक्ति भएको र सन्टफन्टो मिलायर जागिर खुवाउने नीतिगत कार्य व्यवस्था हुँदो रहेछ आफू त सोझो मनुवा आफ्ना कोही नाइ र आफ्नो त चोरी सर्टिफिकेट पनि नाइ र चोरी अनुभव पत्र बनाउने कुरो पनि भएन अनि कहाँबाट पाइन्छ त जागिर पुनश्चः थुइक्क जागिर र म भन्नै पर्ने अवस्था । बाध्यताले पछारेको भाई माइला मनुवा जागिरको लागि हण्डर र ठक्कर खाँदाखाँदा केही सीप नलागी विदेश हानियो र पाँच वर्षको बसाइँबाट अन्तमा हात मुख जोर्ने जोहो भएको छ । तर हुनुपर्ने र गर्नुपर्ने सबै कागजी तालमेल नै रहेछ यस देशमा सोझा र निमुखाको केही काम हुँदो रहेनछ । भ्रष्टचारीले पैसा खाने खेलोमा तपाईंको कागजै पुगेको छैन पहिला प्रक्रिया पु¥यानुस् अनि मात्र आउनुस भन्नुको मतलब पैसा झार्नुस् भन्नु जस्तै नन गभर्नमेन्टलमा जागिर खाँदा कसरी हुन्छ अनुभव चाहिन्छ चाहे कार्य गरेकै होस् या कागजको खोस्टो होस् चाहियो भनेपछि चाहियो भन्नु एउटै होकी जस्तो लाग्न थाल्यो । अन्तमा आशीर्वादको जा र गिर, राम भरोसाको कर्म, कु–कृर्तेहरूको खेलो यो देशमा कहिलेसम्म चल्ने हो त्यति बेलासम्म हामी जस्ता आम निमुखा र सोझा जनताहरूले थुइक्का जागिर र म भन्नै पर्ने हो की जस्तो छ ।
साझा बिसौनी ।