सम्झनामा भानुभक्त

वि.सं. १८७१ को असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यको देहावसान पनि त्यही ठाउँमा वि.सं. १९२५ मा भएको हो । बाल्यकादेखि नै आध्यत्मिक ज्ञान हासिल गरेका भानुले आफ्ना बाजे कृष्ण आचार्यबाट औपचारिक शिक्षा पाएको थिए । भानुभक्त धार्मिक, नैतिक चेतना तथा रामभक्ति धाराका नेपाली प्रतिनिधि प्रखर विशिष्ट प्रतिभा हुन् । जीवनकालमा ज्योतिषी पुरेत्याइँ तथा जागिरे जीवन काटेका भाुभक्तले रामायण (१८९८–१९१०), भक्तमाला (१९१०), प्रश्नोत्तर (१९१०), बधुशिक्षा (१९१९), रामगीता (१९२५) जस्ता कविता नेपाली साहित्यलाई दिएका छन् । रामायण, रामगीता र भक्तमाला रामभक्ति शक्ति गीत र दर्शनबाट प्रभावित छन् । बुधशिक्षाद्धारा तत्कालीन महिलालाई शिक्षा दिइएको छ भने अहिले प्रस्तुत पुस्तक बढी विवादित छ । भानुभक्त प्राथमिक कालकै कालमै मात्र हैन आधुनिक कालकै केन्द्रीय प्रतिभा हुन् । भानुभक्तका राम नै केन्द्रीय अराध्यदेव र केन्द्रीय चरित्र हुन् ।
भानुभक्तले फुटकर कवितादेखि खण्डकाव्य तथा महाकाव्य स्वरूपका रचनाहरू रचेका छन् । भानुले रामायणमार्फत् धर्म, सत्य, न्याय, कर्तव्य र आदर्शका नैतिक शिक्षा दिँदा रामलाई केन्द्रमा राखेका छन् । रामायणकालीन समाज निर्माण भानुको देखकीय उद्देश्य हो भने फुटकर कविताहरूमा तत्कालीन सामाजिक विकृति, विसंगतिलाई मौलिक रूपमा टिपेर हल्का व्यंग्य मिसाएर हाँसोले सजाएर कविता पनि लेखेका छन् ।
यतिमात्र हैन भानुभक्त आचार्य प्रकृतिका पनि कवि हुन् । नेपाली कविताको दुनियाँमा प्रकृतिचित्रणको आमन्त्रण आचार्यबाटै भएका हो भन्ने प्रशस्त आधारहरू छन् । ‘अलकापुरी कान्तिपुरी नगरी, एक दिन मैले बालाजु देख्या’ यस प्रसंगका कविताहरू हुन् । भानुभक्त आचार्य देशभक्त राष्ट्रभक्त, भाषाभक्त, रामभक्त कवि हुन् । नेपाल, नेपाली, नेपाली भाषाको सेवा गर्नलाई भानुभक्त आचार्य प्रेरणा, हौसला, उत्साह र ऊर्जाका स्रोत हुन् । नेपाली जातीय सांस्कृतिक गौरवलाई लिपिवद्ध गरी मौलिक अनुकरणात्मक कविता लेखन ढाँचालाई अगाडि बढाएकाले भानुभक्त आचार्य नेपाली जातीका कवि हुन् । भानुको सम्मान विदेशका दार्जलिङ्ग, भुटान, आसाम, कलकत्ता, बेलायत, अमेरिकामा नेपालको भन्दा बढी छ । बंगालमा महोत्सवमा भानु उठाइन्छन् । प्रतिभा र रामायण जनताका लागि सम्पूज्य छन् । मधुर्य भाषाशैलीका भानुले वर्णमन्त्रिक छन्दलाई उठाएका छन् । शान्तरस भानुको आफ्नै रस हो । कथ्य भाषाको प्रयोग मात्र हैन, उनको भाषा सरल, सहज छ । यस आधारबाट भानुले सर्वप्रथम एकैभन्दा बढी नेपाली भाषाको सेवा गरेका छन् । अहिलेको नेपाली भाषाको प्रयोग भानुकै योगदान हो । तत्कालीन समयमा गिल्लाको भाषा प्रयोग गरेवापत भानुले धेरै संघर्ष उठाउनु प¥यो । नेपाली भाषाको प्रयोग, विकास, उत्थान, दिशामा भानुको अतुलनीय, अद्वितीय, अनुपम योगदान रहेका ठहर गर्न सकिन्छ ।
प्राथमिककालीन नेपाली कविताका कवि भानुभक्तलाई पढ्न र आस्थाभाव जान्न रामको गाथा पढे पुग्छ । अशुकवित्व भानुको अर्को विशिष्ट प्रतिभा हो । एक रातमा नै खण्डकाव्य स्वरूपको बधुशिक्षा लेख्नु, बालाजुको वर्णान गर्नु आशुकवित्वको जीवन्त आधारहरू हुन् । पृथ्वी नारायणले जसरी नेपालको राजनैतिक भौगोलिक एकीकरण गर्न अहिल्यै नबिर्सने गुण लगाए, भानुले नेपाली भाषाको एकीकरणमा ठूलो योगदान गरे । आज पनि पृथ्वीनारायण र भानु त्यत्तिनै सान्दर्भिक समसामयिक प्रभावकारी लाग्दैछ । भानुभक्त मानवीय संवेदनाका पनि कवि हुन् र आगन्तुक शब्द प्रयोगका पहिलो कवि हुन् । भानुको नीतिका कुरा फुटकर कविता उत्कृष्ट कविता हो । प्रस्तुत कविता प्रश्नोत्तरका मालामा संग्रहित छ । नैतिक उपदेश मूल भाव रहेको प्रस्तुत कविताले पाठकलाई मनलाई नियन्त्रणमा राख्न सिकाएको छ । बुद्धले स्थिर चित्तलाई मानवको सर्वोत्तम स्थिति हो भनेका छन् भने यसैलाई भाुनले समर्थन गरेका छन् । भानुभक्तका अनुसार लोभि धार्मिक संसार कै गरीब मान्छे हो, कार्यविहीन मान्छे पनि मान्छे हैन भनेका छन् । भनेका छन् । विद्यालाई संवद्र्धन भान्दै भानुले पूर्वीय दर्शनलाई समर्थन गरेका छन् र स्वच्छन्दतावादको विजारोपण गरेका छन् । प्रश्नोत्तर शैलीमा प्रस्तुत गरेको कविताले हामीलाई मानवता, कर्तव्य, लगन, इमानका पाठहरू सिकाएको छ ।
भानुको अदिकवित्व बारेमा थुप्रै शंकाहरू उठाइएका भए पनि उनी अदिकवि नै हुन् भन्नेमा उहाँ उल्लेख गरिएका प्रमाणहरूबाट प्रष्ट खुलेका छन् । उनको कवित्वको प्रेरणा बारेका भरजन्म घाँसीसित मन् दिइ धन कमायो,
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनि भईकन आज यस्तो ।
मेरा इनार न त सत्तल पाटीकै छन्
जे छन् र चिजहरू छन् छन, मित्र नै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कृती
कविताबाट कविता रचना थालेका भानुलाई मोतिरामले कविताको कर्म बुझेर कविता लेख्ने पहिलो कवि हुन् भनेका छन् । तत्कालीन प्रधानमन्त्रीले पाउने पद भानुले आदिकविको पद पाएको र संघर्षशील बनेको भनेका छन् । पैंतीस वर्ष उमेरमा पहलिो पटक काठमाडौं टेकेका भानुले कृष्णबहादुर जवरालाई सिकाएर तराईको जागिर पाउँदा कुमारी चौकमा बस्नुप¥यो भने भानु पछिल्लो समयमा अहिलेको वीर अस्पताल वरपर डेरा गरी बसेर जविन बिताएका थिए ।

प्रकाशित मितिः   ३१ असार २०७४, शनिबार १४:५६