गाउँका पीडा र परिवर्तित समाज
‘पहिले चामललिन सल्यानको सल्लीबजार नै पुग्नुपथ्र्यो अहिले चामल आफ्नै जिल्लाको थलहबजार आइपुग्यो’ जाजरकोटको छेडागाडमा भेटिएका एक जना खच्चड व्यवसायीले निर्माणाधीन मध्यपहाडी लोकमार्ग देखाउँदै भने ‘ऊ हजुरले पनि देखि नै हाल्नुभयो सडकको अवस्था ।’ ठाउँ–ठाउँमा सडकहरू धमाधम बन्न थालेपछि हाम्रो व्यवसाय अब चल्दैन भन्दै सबैले खच्चड बेचिसके पनिआफूले सडक निर्माणको कछुवा गति देखेर नै खच्चड नबेचेको बताउने ती खच्चड व्यवसायीले जुनी जाँदेतिर चामललिँदै थिए ।
जमिन भए पनि धानको उत्पादन कम हुने ठाउँमा पुगेको पंक्तिकारलाई यस पटक भोकमरीविरुद्ध लडेका मान्छेहरूसँग सात्क्षात्कार गर्ने अवसर मिलेको थियो । एकपेट खानकै खाँतिर पुरुषहरूले जति खेत जोते पनि महिलाहरूले जति गोडमेल गरे पनि धान नफल्दा उही नुनको सेतो धुलो मै चोपेर रोटी निल्नुपर्ने बाध्यता छ । प्रत्येक वर्ष पानीको अभाव, सुख्खा खडेरी, अति वर्षा, बाढी पहिरो, हावापानी परिवर्तन जस्ता नकारात्मक प्रभावले वाली उत्पादनमा ह्रास आइरहेको छ ।
विकट बस्तीहरूमा जनसंख्या शिक्षाको अभाव हुँदा मानिसहरूको चेतनाको स्तर कम हुनाले परिवारको आकार ठूलो हुँदा प्रगतिमा अवरोध हुन जान्छ र गुणस्तरीय जीवन सुधार हुन सक्दैन भन्ने कुरा मनन् गर्न नसक्दा समाजमा विद्यमान रुढीवादी धारणा तथा अन्धविश्वासले धेरै बच्चाहरू जन्मिरहेका छन् । यसले गर्दा पनि बढ्दो जनसंख्याको खाद्यान्नको मागलाई पूरा गर्न सकस छ । अर्कोतर्फ सीमित जमिनलाई दाजुभाइको बीचमा अंशवण्डा गर्ने चलनले थोरै उब्जाउ भूमि साँधुरिदै छ । जनसंख्या बृद्धि हुँदा जमिनमाथिको चाप बढ्दो छ । खाद्यान्नपूर्ति गर्ने भन्दै कम उर्वरा भूमिमा पनि खेती गर्नुपर्ने अवस्था छ ।
गरिबीका कारण खाना, नाना र छानाका लागि बाह्रै महिना संघर्ष गर्नुपर्ने गाउँका मान्छेहरूको बाध्यता हो । रोटी र भोटीको खोजीमा भारतका उत्तर र हिमाञ्चल प्रदेशतिर कुल्ली बन्न जानेहरूको क्रम चलिरहन्छ । मजदुरी गर्न अधिकांश पुरुष भारत जाँदा महिलाहरू वस्तुभाउ पाल्ने, घाँस दाउरा काट्ने, गोबर सोहोर्ने, वस्तु चराउने, पानी खुवाउने काममा व्यस्त रहन्छन् । विद्यार्थीहरू पनि पढ्दा–पढ्दै आधामै पढाइ छोडेर भारत जाने हुँदा कक्षामा सबै उपस्थित हुँदैनन् । कुनै काम गर्न सक्षम हुने बित्तिकै भारत पलायन भइहाल्ने चलनले, कोही बाध्यताले, केही लहैलहैमा लागेर या केही कहरले भारत पस्दा गाउँमा खेतीपातीको काम गरिदिने जनशक्तिको अभाव छ । आफ्ना तथा परिवारका सदस्यहरूको आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने अभिलाषा बोकेर भारत जानेहरूको समूह धेरै छ । जमिन नहुनेहरू कतिपय स–परिवार भारत पुगेका छन् घर कुरुवा राखेर । कसै–कसैको घरमा बुढाबुढी र केटाकेटी मात्रै छन् । पु¥याइदिनेहरू जम्मै बाहिरिएपछि बेसाहारा भएका छन् उनीहरू । कतिपय गाउँमा महिलाहरू मात्रै छन्, खेतीपाती गर्नेहरू नहुँदा खेताबारी बाँझै छन् । कम उर्वराभूमिमा जति खेती गरे पनि उत्पादन नहुने हुँदा गाउँमा भएकैहरूले जोत्न छोडेका छन् । गाउँमा पनि हुने खाने र हुँदा खानेहरूको परिवार छ । हुने खानेहरूको केही उत्पादन हुने खेतबारी हुँदा खानेहरूले खनीकुटी गर्छन् यसले पनिपुग्दैन र सबैको अन्तिम विकल्प कमाउनेतिरै हुन्छ । हरेक परिवारमा सदस्य संख्या बढी हुनाले खाद्यान्न समस्या सिर्जना भएको हो । प्रजनन् स्वास्थ्य शिक्षाको अभावमा वर्षेनी बच्चाहरूको जन्म भइरहँदा कमाउने भन्दा खानेहरू धेरै हुँदा खाद्यान्न संकट देखापरेको हो ।
जेटीए पुग्दैनन् गाउँमा
पहाडका गाउँहरूमा उत्पादन हुने जमिनकम छ । अझै पनि पुरानै तरिकाले खेतीपाती गर्ने प्रचलनले झन् कम उत्पादन भइरहेको छ । कृषि औजार सामग्रीहरू सबै पुरानै छन् । कुनबालीको लागि कुन माटो उपयुक्त छ भन्ने थाहै नपाइ बाली लगाउने कृषकहरू बढी छन् । जीवन धान्नका लागि कृषिमा निर्भर भएका मान्छेहरू नै कृषि सम्बन्धी कुराहरूमा अनभिज्ञ छन् । सरकारले कृषि क्षेत्रलाई जति प्राथमिकतामा राखे पनि ग्रामीण क्षेत्रमा त्यो लागू हुन सकिरहेको छैन । कृषकहरूले नयाँ–नयाँ प्रविधिको ज्ञान हासिल गर्न सकिरहेको छैनन् । उन्नत जातका बीऊविजन र मलको उचित प्रयोग गर्न सकिरहेका छैनन् । हिजो आज रासायनिक मल तथा किटनाशक औषधिको सट्टामा प्रांगारिक मल र घरेलु औषधिहरू प्रयोग गर्नुपर्ने अवधारणाको विकास भए पनि गाउँमा प्रांगारिक मल र घरेलु औषधिको प्रयोग राम्रोसँग भइरहेको छैन । जेटीए तथा जेटीहरू गाउँमा पुग्दैनन् यसले गर्दा नयाँ प्रविधि अपनाउने ज्ञानको अभावले कृषि उत्पादन वर्षैपिच्छे ह्रास हुँदा गइरहेको छ ।
जेटीएको सरसल्लाह नपाउनु, उन्नत जातको बीउबिजन नपाउनु आदिले बाली नाली वर्षेनी बिग्रिरहेको छ । यातायातको अभाव र बजारको कमी हुँदा कृषि बीऊविजन र कृषि औजारहरू भित्रिन सकिरहेका छैनन् भने बाटोघाटो र सञ्चारको अभावले पनि अहिलेसम्म ग्रामीण क्षेत्रमा कृषिमा खासै सुधार हुन सकिरहेको छैन । भीरपाखामा समेत खेती गर्ने प्रवृत्तिले भू–क्षय र बाढी पहिरोको प्रकोप बढ्नले विभिन्न भागहरूमा ठूलो महामारी र संकट उत्पन्न भइ वातावरण दुषित भएको छ । अवैज्ञानिक र पुरानो खेती प्रणाली अपनाउँदै आएका कृषकहरूले समयानुकूल प्राविधिक सहयोग पाउन सकिरहेका छैनन् । कृषि क्षेत्र बाहेक अन्य क्षेत्रमा रोजगार पाउन गाह्रो हुँदा मानिसले चाहेर वान चाहेर पनि कृषि योग्य जमिन न्यून हुँदा पनि कृषि क्षेत्रमा संलग्न हुन बाध्य छन् जसले विदेश पलायन बढ्दो छ । हावापानी, वर्षा र माटोका आधारमा कृषि उत्पादन कतै बढी त कतै कम हुन्छ यसका बारेमा गाउँका कृषकहरू जानकार छैनन् । त्यसैले कृषिमा उत्पादकत्व बढाउन र कृषक समूहलाई कृषि सम्बन्धी जनचेतना फैलाउन गाउँ–गाउँमा जेटीएहरू पुग्नु पर्ने नितान्त आवश्यक छ । कृषि शिक्षाबाट वञ्चित गाउँका कृषकहरूलाई कृषि सम्बन्धी औपचारिक एवम् अनौपचारिक शिक्षामा पहुँच बढाउनुपर्दछ ।
कोदाले प्राण धान्यो
पहाडमा धान कम फाल्ने हुुँदा कहिले कहीं मात्रै भात खाने भएकोले त्यो बेला एउटा उखान गाउँमा प्रचलन माथियो ‘कोद्याले परानी धान्यो खोस्यायो भातले’ तर अचेल पहाडका विभिन्न गाउँहरूलाई सडकले छोएपछि बाहिरको चामल आउन थालेको छ । सडकको छेउछाउमा स–साना बजारहरू स्थापना भएका छन् । किनेर खानसक्ने परिवारलाई चामलको अभाव छैन त्यस्ता परिवारले अचेल कोदो खान छाडिदिएका छन् । बजारको चामल किन्न नसक्नेहरू घण्टौं हिँडेर खाद्य संस्थानको प्रांगणमा लाम लाग्न थालेका छन् । गाउँमा खाइने अधिकांश छाक मकै र कोदोको ठाउँमा चामल बन्दै गइरहेको छ । विस्तारै–विस्तारै भातमै बानी पर्न थालेकाहरू मकै र कोदो खान छोड्दैछन् । सबैले हेंला गरिने तर प्रोटिन, कार्बोहाइड्रेड, आइरन र क्याल्सियम जस्ता बढी पोषकतŒवहरू पाइने कोदोको महŒव नबुझ्दा यसको खेती पनि हरेक वर्ष घट्दै गएको पाइन्छ ।
गाउँमा चामल पुगे पनि माथिउल्ले खित प्रचलित उखानले अर्को अर्थ के राख्छ भने कम महŒवको दृष्टिकोणले हेरिएको वस्तु र विषयले धेरै काम ग¥यो र चल्यो भने अर्को महŒवपूर्ण वस्तु विषयको के अर्थ ? गाउँमा सहजै प्राप्त गर्न सकिने स्थानीय खाने अन्न छोडेर मान्छेहरू सडेगलेको र उपयुक्त किसिमले भण्डारण नगरी धेरै समयसम्म थन्क्याइएको चामलकै पनि किन दौडिरहेका होलान् ? कृषि मन्त्रालयको एक तथ्यांक अनुसार अन्य खाद्यान्नहरू भन्दा चामलमा कम पोषकतत्व पाइने देखिएको छ । बारीमा फलाइएको सीमी, आलु, कोदो, मकै र फापर छोडेर चामल खाएमा आफू विशिष्ट बन्ने मानसिकताबाट ग्रसित गाउँलेहरूलाई एक ज्येष्ठ नागरिक व्यंग्य गर्छन् ‘यिनीहरूले आफूले भात खायौं भनेर किनफूर्ति लगाउँछन् कुन्नी खाएको केही समयमै पेटमा मुसा दौडन सुरु गरिहाल्छन् बरु भोक मेटाउनलाई त कोदाको रोटी नै काफी छ ।
स्थानीय खाद्यान्न खानलाई सबैलाई प्रेरित गर्ने बेला गाउँकै एक दुई जना घरघरमा मोटो र मसिनो चामलको विज्ञापन गर्दै हिँडिरहेका छन् । यो पंक्तिकार जुनी चाँदेबाट फर्कंदा चौतारोमा बसेर केही स्थानीयहरू चामलको गोदाम राखेर फाइदा लिन पल्केकाहरूसँग थरी–थरीका चामलको मोलमोलाइ गरिरहेका थिए । पाखो गोडेर फर्किएकी जस्ती देखिने एक महिला उही उखान भन्दै थिइन्
‘कोद्याले परानी धान्यो खोस्यायो भातले’ यो सुनेर अलि पर घट्टबाट कोदो पिसेर फर्किएकी एक थकित किशोरी मुस्कुराउँदै थिइन् ।
साझा बिसौनी ।