सुर्खेतमा सीजीको ‘ब्राण्ड शोरुम’

सुर्खेत, २६ असार । (साबिस)
सुर्खेतको वीरेन्द्रनगरमा सीजी ब्राण्ड शोरुम उद्घाटन गरिएको छ । न्यू विष्णु रेडियो इम्पोरियमले सञ्चालनमा ल्याएको उक्त शोरुमको सोमवार नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ६ का अध्यक्ष पदमबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

वीरेन्द्रनगर–६ लक्ष्मीहल लाइनमा रहेको शोरुमको उद्घाटन गर्दै शाहीले सुर्खेतको व्यवसायिक विकासमा सीजीको ब्राण्ड शोरुमले थप सघाउ पुर्‍याउने बताए । उनले वीरेन्द्रनगरमा शोरुम स्थापना भएपछि सीजीका ग्राहकहरूलाई सहज हुने प्रतिक्रिया दिए ।

शोरुमका सञ्चालक प्रेम आचार्यले ग्राहकहरूको माग र सुविधालाई मध्यनजर गर्दै सुविधा सम्पन्न र अत्याधुनिक सीजी ब्राण्ड शोरुम सञ्चालनमा ल्याइएको बताए । उनले अब सीजी कम्पनीले उत्पादन गरेका सबै वस्तुहरू सजिलै यहाँबाट प्राप्त गर्न सकिने जानकारी दिए । शोरुम उद्घाटनको अवसरमा सीजी ब्राण्डको फ्रिज तथा डिफ्रिजको खरिदमा छुटका साथै उपहार, एसी खरिदमा छुटका साथै जडान खर्च निःशुल्क, फ्यान कुलरको खरिदमा छुटका साथै उपहार, सीजी मोबाइलमा उपहारका साथै स्मार्ट फोन खरिदमा हात खाली नजाने उपहार लगायतका विशेष योजना ल्याइएको आचार्यले जनाए ।

प्रकाशित मितिः   २७ असार २०७४, मंगलवार १४:५३