सुर्खेतमा लगानीकोे सम्भावनाबारे काठमाडौंमा छलफल

सुर्खेतमा लगानीका सम्भावनाहरूबारे काठमाडौंमा छलफल गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा सुर्खेत उद्योग वाणिज्य संघले लगानीका सम्भावना र नीतिगत समस्याका बारेमा छलफल आयोजना गरेको हो ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघले प्रकाशन गरेको सुर्खेत इन्भेष्टमेन्ट प्रोफाइल समेत विमोचन गरिएको छ । उक्त प्रोफाइल विमोचन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सुर्खेतसहित प्रदेश नम्बर ६ मा अभाव मात्रै नभएर सम्भावनाहरू पनि उत्तिकै रहेको बताइन् । उनले अब प्रदेश नम्बर ६ मा लगानी केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो । यस प्रदेशमा औद्योगिक विकासको प्रशस्त सम्भावनाहरू रहेको भन्दै राणाले लगानी भिœयाउन महासंघले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

अध्यक्ष राणाले प्रदेश ६ मा लगानी गर्न अन्य उद्योगी तथा लगानीकर्ताहरूलाई आग्रहत समेत गरिन् । यसका साथै महासंघले भारतीय उद्योग वाणिज्य संघको सहकार्यमा नेपालमा लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिदंै उनले उक्त सम्मेलनमा प्रदेश नम्बर ६ का लगानीका सम्भावनाहरूलाई प्राथमिकताका साथ समेटिने जानकारी दिइन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न लगानी वर्ष घोषणा गरिएको जानकारी दिदैं २३ अर्बभन्दा बढीको लगानीमा ठूला र राम्रा मेगा प्रोजेक्टहरू सञ्चालन गर्न सकिने आधार र वातावरणका बारेमा जानकारी गराएका थिए । उनले ठूलो लगानी भिœयाउन केही नीतिगत समस्याहरू रहेको भन्दै त्यस्तो नीतिगत समस्या हटाउन ध्यानाकर्षण समेत गराए ।

छलफलमा सुर्खेत उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक गणेशकुमार कार्कीले सुर्खेतमा लगानीका सम्भावनाहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले लगानी वर्ष घोषणाका क्रममा तय गरिएका कृषि, खानी खनिज, जडिबुटी, जलस्रोत लगायतका प्रमुख क्षेत्रहरूका साथै शिक्षा, होटल र पर्यटनमा पनि लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोग, कृषि मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको छलफलले सुर्खेतको लगानीका सम्भावनाहरूलाई राष्ट्रियस्तरमै प्रचार गर्न तथा लगानीकर्ताहरूलाई आकर्षित गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मितिः   २३ असार २०७४, शुक्रबार १०:०९