‘सानैदेखि नेतृत्व गर्न रुचाउँथे’
हरिमाया शर्मा माओवादी केन्द्रकी नेतृ हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेकी शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा पनि हिँडिन् । युद्धकालमा उनले पत्रकारितासमेत गरिन् । हाल माओवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी प्रदेश नं. ६ की संयोजक र केन्द्रीय आयोजक समिति सदस्यसमेत छिन् । वि.सं. २०३९ माग ७ गते बुबा कविराज शर्मा र आमा पवित्रा शर्माको माइली छोरीको रूपमा उनी नारायण नगरपालिका–३ खुर्सानीबारी दैलेखमा जन्मिएकी हुन् । उनले आफ्नो बाल्यकालको सम्झाना हाम्रा सहकर्मी
मुना हमालसँग यसरी साटेकी छिन्ः
मेरो जन्म एउटा सामान्य परिवारमा भएको हो । हामी चार बहिनी र दुई भाइ थियौं । पहिले गाउँमा छोरीलाई पढाउन हुन्न भन्ने मान्यता थियो । अझ हामी धेरै बहिनी थियौं । त्यसमाथि पनि घरको आर्थिक अवस्था कमजोर । मेरो दाइ सानै उमेरमा पढ्नु भएको थियो । तर दिदीले भने पढ्न पाउनुभएको थिएन् । हामी पहिले नारायण नगरपालिकाकै खुर्सानीबारी गाउँमा बस्थ्यौं । त्यहाँ झन् प्रायः कसैले पनि छोरी पढाएकै थिएनन् । म सात वर्षको हुँदा हामी दैलेख बजारमा आयौं । बुबाले वन कार्यालयमा जागिर गर्न थाल्नुभयो । बुबामा पनि छोरीलाई पढाउनुपर्छ भन्ने चेतना बजार आएपछि आएको थियो । हामी बजार आएपछि आर्थिक अवस्था पनि सुध्रिदैं गयो र छोराछोरी दुवैलाई शिक्षा दिनुपर्छ भन्ने भावनाले बुबाले मलाई र भाइबहिनीलाई विद्यालय भर्ना गरिदिनुभयो । मलाई पनि बजारमा आएपछि मात्र पढ्नुपर्छ भन्ने सोच आयो । जनता प्राविबाट मेरो पढाइ सुरु गरेको हुँ । त्यसबेलामा म सात वर्षको थिएँ । अझ कक्षामा सबैभन्दा ठूलो र उमेरले म नै थिएँ । म पढाइमा प्रथम हुन्थें ।
म सानोमा कम बोल्ने । मलाई घरको काम गर्न धेरै मन पथ्र्यो । भनेको मान्ने स्वभावको थिएँ । बुबाआमा र शिक्षकको म आज्ञाकारी थिएँ । त्यसकारण मलाइ विद्यालयमा शिक्षकले धेरै माया गर्नुहुन्थ्यो । घरको अवस्थाले घरायसी काम धेरै गर्नुपथ्र्यो । तर मैले होमवर्क नगरेकै कारणले शिक्षकबाट कहिले पनि सजाय पाइनँ । दिदी र आमा खेतबारीको काममा भ्याइ–नभ्याइ हुन्थ्यो । मैले चार भाइबहिनीलाई खाना पकाएर खुवाएर आफूसँगै विद्यालय लिएर जाने गर्थें । कहिलेकाँही विद्यालयमा लाइन लाग्न सुरु हुन्थ्यो । हातमा किताब समातेर विद्यालय दौडिएको अहिले जस्तै लाग्छ । सार्वजनिक धारामा पानी भर्नुपर्ने, एक घण्टा हिँडेर घट्ट जाने पनि गथ्र्यौं ।
मलाई बाल्यकालमा धेरै पढ्नुपर्छ, जागिर खानुपर्छ र सामाजिक भूमिका निभाउनुपर्छ भन्ने लाग्थ्यो । ढिलो समयसम्म विवाह नगर्ने, धेरै पढ्ने, जागिर खाने, समाजको लागि केही गर्ने अनि आफू स्थापित भइसकेपछि विवाह गर्ने कल्पना गर्थें । मेरो पढाइ अनि सोच राम्रो लागेर होला दाईले मलाई पढ्न हौसला दिनुहुन्थ्यो । यसले केही गर्छ भन्ने विश्वास थियो दाइलाई । म यहाँसम्म आइपुग्न दाई, बुबा र आमाको प्रेरणा छ । उहाँकै प्रेरणाले म स्कुल गएँ । पढ्न जाँदा कहिले पनि दिक्क लाग्ने भएन् । म व्यवहारिक छु जस्तो लाग्थ्यो । घरको काम गर्न धैरै मनपथ्र्यो । तर बाध्यताले पनि काम गर्नु त पथ्र्यो नै । घरको कामले भ्याएर कहिलेकाहीं राती दुई बजेसम्म पढ्थें । पढ्दा–पढ्दै निन्द्रा लाग्न थाल्यो भने डोरीले कपाल बान्ने गर्थें, नजिकै नुनखुर्सानी पिसेर राख्थे । दिउँसमा भन्दा मेरो पढाइ यसरी रातीमा नै हुने गथ्र्यो । म कम बोल्ने भएको कारणले बुबाआामा र अरु घरपरिवारले यसले केही पनि गर्न सक्दैन्, सोझी छे भनेर दुःख मान्नुहुन्थ्यो । उहाँले त्यसो भनिरहँदा मलाई झन अघि बढ्न हौसला हुन्थ्यो । मैले पाँच कक्षा पास गरिसकेपछि वक्तृत्वकला, हाजिरजवाफ प्रतियोगिता लगायत विद्यालयमा हुने विभिन्न अतिरिक्त कार्यक्रमहरूमा भाग लिने गर्थेँ । त्यसले गर्दा मेरो बोल्ने बानी बढ्दै गयो । मैले वक्तृत्वकला र हाजिरजवाफ प्रतियोगितामा प्रथम नै हुन्थें ।
विद्यालयमा साथीहरूबीच म नेतृत्वदायी भूमिका निभाउँथे । केटी साथीहरूलाई केही समस्या प¥यो भने मलाई भन्थे । कोही केटा साथीहरूले मेरो साथीहरूलाई केही भनेपछि उनीहरू मलाई भन्न आइहाल्थे । कक्षाका केटा साथीहरू त मलाई कक्षामा आएको देख्नेबित्तिकै ‘हरिमाया आइ यसको बेन्चमा बस्नु हुँदैन’ भनेर उठेर जान्थे । एक पटक मैले घरमा नसोधेर नै बहिनीकोमा बस्न गएँ । म १०–११ वर्षको थिएँ । बर्खाको समय थियो । खेतमा पानी लगाउन जानुपर्ने । घरबाट अलि टाढा नै थियो । साँझ खेतमा पानी लगाएर उतैबाट बहिनीकोमा बस्न गएँ । रातीसम्म घर नआएपछि खेतमा घरबाट खोज्न जानुभएछ । कतै नभेटेपछि म जिउँदो छु भन्ने आश नै मार्नु भएछ । भोलिपल्ट बिहान म घरमा आउँदा सबै रोएर बसेको देखें । नसोधेर जाँदा परिवारलाई यति पीडा भएछ भनेर पछि आफैलाई नराम्रो लाग्यो । एक पटक घरमा एक्लै थिएँ । घ्यू खान मन लाग्यो । हामी गाउँमा नै हुँदा हो । म ६ वर्षको जति थिएँ होला । सिसामा आमाले घ्यू राख्नुभएको थियो । घ्यू तान्दा सिसा खस्यो र घ्यू पनि पोखियो । सिसा पनि फुट्यो । अब गाली पाइन्छ भनेर म करेसामा डेढ घण्टा जति लुकें । पछि बुबाले सम्झाएर घरमा ल्याउनुभयो ।
बाल्यकालको रमाइलो पल वनभोज खान गएको सम्झना आउँछ । सबै साना–साना साथीहरू पाँच÷पाँच रूपैयाँ उठाउने, घरबाट दालचामल, तरकारी उठाउने अनि वनमा गएर पकाएर खाएको सम्झना छ । आगोमा पकाउने त्यही पनि काँचो हुन्थ्यो खाना । तर पनि साथीहरूसँग हुँदा रमाइलो नै लाग्थ्यो । एक पटक पाँच कक्षा पढ्दा सरले सोधेको प्रश्नको उत्तर दिँदा पनि सजाए पाएको छु । कक्षामा सबैभन्दा बढी जान्ने विद्यार्थी मै थिएँ । सरले सबैलाई सोधिसकेपछि कसैलाई आएन भने अन्तिममा मलाई सोध्ने गर्नुहुन्थ्यो । त्यसदिन कसैले पनि मिलाएनन् । अन्तिममा मैले मिलाएँ । सरले साथीहरूलाई पिट्न लगाउनुभयो । सबैको नाक समातेर पिट भन्नुभयो । अब कसरी पिट्ने साथीहरूलाई म अप्ठ्यारोमा परे । पिट्नै पर्ने बाध्यता भएपछि विस्तारै पिट्न थालेको थिएँ । सरले देखेर मलाई बोलाउनुभयो । पिट्न सिकाउँछु भनेर मेरो नाक समातेर मलाई पिट्नुभयो । त्यसपछि मैले साथीहरूलाई पनि त्यसै गरी पिटें ।
९÷१० कक्षा पढ्ने बेलामा मैले राजनीति समान्य बुझ्ने मौका पाएँ । विद्यालयमा विद्यार्थीका संगठनहरू गठन भएका थिए । संगठनका कार्यक्रमहरूमा सहभागी हुन्थें । म अखिल क्रान्तिकारी ईकाइ कमिटी विद्यार्थीको अध्यक्ष भएको थिएँ । तर यो कुरा शिक्षकहरूलाई मन परेको थिएन् । उहाँहरूले मेरो पढाइ राम्रो भएकाले राजनीतितर्फ भन्दा पनि पढेर केही गर्छ भन्ने थियो । मलाई सानोमा बुझदै गएपछि समाजमा हुने विभेद किन हुन्छ होला, के कारणले गर्छन् होला भन्ने प्रश्नहरू मनमा आउने गथ्र्यो । त्यसकारण पनि समाजिक भूमिका निभाउनुपर्छ भन्ने लाग्थ्यो । बाल्यकाल समग्रमा राम्रोसँग नै बित्यो । अलि–अलि कष्टकर पनि भयो । सबैभन्दा ठूलो कुरा पढ्न पाइयो त्यसै कुरामा खुशी लाग्छ ।
साझा बिसौनी ।