मप विश्वविद्यालय : सुधार्ने कि बिगार्ने ?
नेपालको संविधानमा उल्लेख गरेबमोजिम नेपालमा आधारभूत शिक्षा अनिवार्य र माध्यामिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । त्यसकारण नेपाली नागरिकले शिक्षा ग्रहण गर्न पाउनु नैसर्गिक अधिकार सरह नै स्थापित भइसकेको छ ।
नेपालको शिक्षा सम्बन्धी हुने गरेको प्रायः सेमिनार, गोष्ठी, छलफल तथा अन्तरक्रिया कार्यक्रममा ठूल्ठूला शिक्षा प्रेमी, बुद्धिजीवि र प्रबुद्र्धवर्गहरू अक्सर आरोप लाउँछन् कि शिक्षामा राजनीतिकरण हावी भयो र यसैको कारणबाट नेपालको शिक्षा प्रणालीमा गुणात्मक विकास हुनुको साटो दिनानु दिन शिक्षाको उपलब्धि खस्कदैं गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बमोजिम दक्ष जनशक्तिको अभाव तथा सेवा र सुविधाको अभावमा दक्ष जनशक्तिको पलायन हुने कार्य बढ्दो छ । यहाँ नेर सोचनीय कुरा के छ भने शिक्षा क्षेत्र जस्तो अति संवेदनशील र राष्ट्रकै भविष्य बोकेको क्षेत्र किन आज राजनीतिकरणको आरोपप्रत्यारोपित हुँदै आएको छ ? अर्थशास्त्रको नियम अनुसार जहाँ लगानी त्यहाँ प्रतिफलको सुनिश्चितता हुनु पर्छ भन्ने अर्थ अनुसार शिक्षामा थुप्रै लगानी भएता पनि बालुवामा पानी सरह भएको र प्रतिफल शून्य हात परेको छ । यो हुनुमा राजनीति कै कारणबाट भएको हो त ? हो भने किन शिक्षामा राजनीतिकरण गर्ने त ! अनि देशकै दुर्गति बनाउने त त्यसकारण आम राजनीतिकर्मी र देशको राजनेता बेलैमा सोच्न कि ?
नेपालको सन्दर्भमा उच्च शिक्षाको जननी त्रिभुवन विश्वविद्यालय हो । यसको आधार स्तम्भबाट आज नेपालमा उच्च शिक्षाको दियो विश्वभर बलिरहेको छ । आज त्यही त्रिवि पनि संकटमा फसेको छ । आरोपित छ स्वप्न हाँसोमा यर्थाथता लुकाउन हम्मे–हम्मे परेको छ । त्यसमा पनि राजनीतिकरणको हावाले क्षत विक्षत पारेको छ भने त्योसँगै अन्य विश्वविद्यालयहरू पनि राजनीति हस्तक्षेपबाट अछुतो रहन सकेको छैन । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विगत सुरुवाती अवस्थादेखि हालसम्म तालाबन्दी नै तालाबन्दीको चपेटामा फसिरहेकोछ । के यो मप विश्वविद्यालयका लागि सान्दर्भिक छ ? या सुर्खेतबासीका लागि अभिसापको सत्तोसराप पार्ने रचियताहरू मौलाएकै हुन त ? यसैक्रममा मैले एक जना शिक्षा प्रेमी, समाजसेवी सीताराम कार्कीसँग कुराकानी र उहाँको भनाइलाई टिपोट गरी सारगत केही भनाइसहित मप विश्वविद्यालयको स्थापना, वर्तमान र भविष्यको विषयमा छलफल गर्ने अवसर जुरेको थियो । यहाँ मैले कुनै आग्रह पूर्वाग्रह नराखी, काल्पनिक भनाइलाई उदृत गरेको छैन । छ केवल यर्थाथता सँगै मपको विगत, वर्तमान र भविष्यको भाग्यरेखा । मैले उहाँलाई सोधेको थिएँ कि ‘यस मप विश्वविद्यालयमा किन पटक–पटक तालाबन्दीको चपेटामा परेको होला ?’ उहाँले आफ्नो अनुकूलताको भागवण्डा नपुगेर होला भन्ने सिधा जवाफ दिनुभयो । कुराकानीकै क्रममा उहाँले व्यक्त गर्नुभएको विचारको सारलाई छोटकरीमा म यहाँ राख्न चाहन्छु । उहाँले भन्नुभयो, ‘महायज्ञ खुवै हर्ष उल्लासका साथ सुर्खेतमा आर्थिक संकलन पनि भयो । सोचेको भन्दा बढी नै दानदाताहरूले दान कबुल गर्नुभयो । लगभग २६ करोड भन्दा बढी जिन्सी र नगद बोलकबुल प्राप्त भयो । तत्कालीन अवस्थामा हामीले संघर्ष गरी आजको विश्वविद्यालय स्थापना गर्न दिनरात एक भएर लागि प¥यौं । हामीले चक्रिय प्रणालीबाट महायज्ञ सञ्चालन गरेका थियौं । त्यसको उद्देश्य आर्थिक संकलन गरी विश्वविद्यालय स्थापना गर्नु नै थियो । मौदगल्य सेवा समाज नेपाल, धनधान्य महायज्ञ मूल सञ्चालन समिति र विश्वविद्यालय स्थापना मूल समितिको त्रिकोणात्मक ऐक्यबद्धताबाट हामीले महायज्ञ जस्तो ठूलो कार्य सिद्धि ग¥यौं । तर हाम्रो मात्र देन छैन हाम्रो भन्दा ठूलो श्रेय यहाँका सुर्खेतबासी जनता दाजुभाइ दिदीबहिनी, आमाबाबु सबै शिक्षित प्रबुद्धवर्गलाई दिन चाहन्छु । त्यस बखत विश्वविद्यालय स्थापना गर्न हामी सबै सुर्खेती जनताको पसिना र रगतको मूल्य जोडिएको छ यहाँ । त्यसबखत हामी सबै विश्वविद्यालय रूपी सिताफलको वृक्ष रोपेका थियौं र आशा थियो त्यो वृक्ष झाँगिदै गएर सबैले स्वादिलो फल खान पाउनेछन् । अफसोच आज उक्त वृक्षमा विषको सेचन गरि फल फलाउन तयार गरिदैछ या योजना विनाको खाका कोरिदैंछ ? यसो किन हुँदैछ भन्नेमा म लगायत सम्पूर्ण सुर्खेतबासी र सुर्खेतीदाताहरू अचम्मितमा परेका छन् । अर्कोतर्फ सस्तो सुलभ गुणस्तरिय शिक्षाको आवश्यकता यहाँका जनतालाई । । यस मध्यपश्चिम विकास क्षेत्र नेपालकै गरिबीको रेखामुनी रहेको तथ्यांक हामीसँग छ । त्यसैले केही विवाद र विमति छ भने जो सुकै होस् वार्ता र सहमति समझदारीमा आएर सुल्झाउन प¥यो । अर्को कुरा यदि विमति नै कायम रहे जसले विश्वविद्यालय स्थापना गर्न ठूलो योगदान दिनुभयो । उहाँहरूले बुझ्ने गरी मिडिया, पत्रपत्रिका, अन्य माध्यमबाट समस्याको जडको विषयमा भन्नुप¥यो कि यहाँ यस्तो समस्या आइप¥यो । तर यहाँ बेमौसमी बाजा बजाएर ढोल पिट्ने आरोप–प्रत्यारोप लाउने आन्दोलनको नाममा भौतिक संरचना तोडफोड गर्ने आदि क्रियाकलाप विल्कुलै बुद्धिमता र मानवीय कार्य होइन । त्यसैले सबै हामी संयमता अपनाउनुप¥यो । विश्वविद्यालय सञ्चालक टीम पनि सौहार्दपूर्वक नीति नियम र सुर्खेती जनताको हित विपरित कार्य गर्नु भएन । विद्यार्थी वर्गहरूले पनि यो हाम्रो सम्पत्ति हो भने माया र सद्भाव जोडनुप¥यो । यदि शैक्षिक व्यवस्थापकहरूको गल्ती छ भने सरल भाषामा जनताले बुझ्ने गरी सभा सम्मेलन शान्तिपूर्ण आन्दोलन र कानुनी उपचार खोज्नुप¥यो । तर प्रश्न छ पटक–पटकको तालाबन्दी र तोडफोड कसका लागि गर्ने ? यो पटकै सोभनीय कार्य हुनै सक्दैन अहिले मप विश्वविद्यालयका शैक्षिक व्यवस्थापक टीम सचेत छ कि यो टीम भन्दा पहिलाका टीमको गल्ती र लापरबाही र कारबाही उहाँहरूलाई अवगत नै छ । त्यसैले आजको तालाबन्दी र तोडफोड प्रति मेरो खेद प्रकट गर्दै गुणस्तर शिक्षा र व्यवस्थापनमा मेरो समर्थन सदैव हुनेछ । अर्को महŒवपूर्ण के छ भने मप विश्वविद्यालयमा राजनीतिकरणको हावा निकै चलेको भन्ने सुन्नमा आउँछ । तर हामीले उक्त विश्वविद्यालय स्थापनार्थ गर्न कुनै पनि राजनैतिक भागवण्डा र आर्थिक संकलन गर्ने गरी विश्वविद्यालय स्थापना गर्न लागि परेका थिएनौं । त्यसैले यो विश्वविद्यालय सबै सुर्खेती जनताको आत्मीय, अपनत्व बोक्न सक्ने गरी यसको भविष्यको आकार कोरिनुपर्छ र यसको श्रेय, यसको फल र दुःखमा सुर्खेतबासी नै अगाडि सर्ने साथ सहयोग हुनेमा कुनै शंका रहन्न । हो पनि आमाको प्रश्रव पीडा बच्चालाई के थाहा जब बालिका आमा बन्न तयार हुन्छिन् अनि प्रश्रव पीडाको महŒव कति हो कति उल्लेखित भनाइ साँच्चिकै भावुक र मन छुने खालको छ । आज मप विश्वविद्यालय खेल मैदानको रूपमा परिणत भएको छ । त्यसैले मप विश्वविद्यालय मध्यपश्चिमबासीको शान हो भने सुर्खेतबासी जनताको अथक त्याग र तपस्या हो तथापि हामी सबै बौद्धिक वर्ग विद्यार्थीजन, व्यवस्थापकीय टीम, लगायत सम्पूर्ण शुभचिन्तक नेपाली शिक्षा प्रेमीले यसको उज्वल भविष्यप्रति सदैव उत्तरदायी भूमिका निर्वाह गर्न जरुरी छ ।’
नेपालको परिप्रेक्षमा कुरा गर्नुपर्दा शिक्षा र स्वास्थ्य दुई क्षेत्रमा अति नै बेथिति र घृणित कार्य हुँदै आएको पाइन्छ । त्यसैले नेपालको शिक्षा प्रणाली तथा शिक्षालाई बहुआयामिक बनाउन राजनैतिक हस्तक्षेपबाट नितान्त पृथक राख्न जरुरी छ । आजभन्दा केही समय अगाडी डा. गोविन्द केसीले स्वास्थ्यमा भ्रष्टाचार र आर्थिक चलखेलबाट एमडी अध्ययनको शुल्क र कोटा सिस्टमको विरुद्धमा अनशन जारी राख्दा सरकार र केसीबीच २० लाखमा उक्त कोर्ष सम्पन्न हुने सहमतिलाई लत्याइ पुनः ३५ लाख नै कायम गरिएको छ । भने यो कस्तो सरकारको चरित्र हो । भन्नैपर्छ नेपालमा शिक्षा र स्वास्थ्यमा विल्कुलै राजनैतिकरणको हावाले छोएको छ । शिक्षा र स्वास्थ्यमा पार्टीगत भागवण्डादेखि लिएर सरकार चलाउने पार्टी स्वयमले आफ्नो कार्यकर्तालाई पोस्ने र भोटिङ्ग सेभ ल्याडिङ गर्ने थलोको रूपमा विकास गराएका छन् । यदि त्यसो नभएको भए आज नेपालमा शिक्षित बेरोजगारीको संख्या किन ह्वात्त वृद्धि हुन्थ्यो ? यथार्थ हाम्रो सामु छ अवसर हाम्रो अगाडि छ तर सदुपयोगतर्फ सरकार विमुख छ । त्यसो हुनुमा पनि राजनैतिक आवरणबाट सरकार विचलित छ । नेपालको सबै क्षेत्र राजनैतिक आवरणको चपेटा फस्दै गरेको अवस्थामा शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र ग्रसित र सिथिल बन्दै गएको छ । आज हामी देख्न सक्छौं त्यही निजी शैक्षिक क्षेत्र आज गुणस्तर शिक्षा व्यवस्थापन र दक्ष जनशक्ति उत्पादनमा अगाडि छ । भलै त्यो व्यवसायिक शिक्षा किन नहोस् तर शिक्षामा उसले ठूलो योगदान पु¥याएको छ । हेक्का छ ती राजनीतिकर्मी र नेतालाई कि राजनीतिकरणको बेफाइदा के हुन्छ भन्नेमा त्यसैले शिक्षा र स्वास्थ्य जस्तो प्रत्यक्ष जनतासँग सरोकार राख्ने क्षेत्रलाई राजनीतिककरणबाट टाढा राख्ने नितान्त जरुरी छ । अर्को महŒवपूर्ण कुरा के छ भने विश्वविद्यालयको कुलपति तत्कालिन प्रधानमन्त्री हुनुपर्ने संस्कार र पद्धति नै गलत छ किन कि प्रधानमन्त्री एउटा राजनीतिक पृष्ठभूमिबाट आएको हुँदा उसको स्थान उचित नै होला तर त्यो स्थानबाट हुने गतिविधि राजनीतिक लाभ वा प्रभावबाट सञ्चालित हुने कारणबाट पनि विश्वविद्यालयको शैक्षिक गुणस्तर कार्यान्वयन प्रभावित हुने देखिन्छ ।
अधिकांश विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेत्रबाट ग्रसित छ । जहाँ राजनैतिककरणले प्रवेश पाउँछ त्यहाँ भागवण्डा भाडभैलोको स्थितिको सिर्जना हुन्छ । सन्दर्भ मप विश्वविद्यालय सुर्खेतमा जोड्न चाहन्छु । यस विश्वविद्यालयलाई स्थापित गर्न यहाँको जनताहरूले गाँस र भोटोलाई थाँती राखी स्थापितमा अमूल्य योगदान पु¥याएको सबैलाई अवगत नै छ । तर स्थापनाकालसँगै यो विश्वविद्यालय शिथिल छ । पूर्वव्यवस्थापकीय टीमको तुच्छ व्यवहारबाट भ्रष्टाचार जस्तो जघन्य अपराधलाई आत्मसात् गर्दा बीचमै विश्वविद्यालयका कार्य प्रभावित भयो । सुरुवाती अवस्थामा कक्षा सञ्चालन गर्न, आवश्यक प्राध्यापक र विद्यार्थी पाउन शीला खोज्नु परे जस्तो थियो । तथापि छरप्रष्ट पाठ्यक्रम, अव्यवस्थित भौतिक संरचना बाबजुद पनि यस विश्वविद्यालयको साख जोगाउनका लागि ती प्राध्यापक र विद्यार्थीहरूले ठूलो योगदान पु¥याएका छन् विडम्बना भरखर जन्मेको विश्वविद्यालय त्यसमा पनि तालाबन्दी नै तालाबन्दीको चपेटामा हालसम्म पनि विमुख हुनसकेको छैन । यसरी तालाबन्दी नै तालाबन्दीबाट आक्रान्त यस विश्वविद्यालयको भविष्य कहाँ खोज्ने होला ? अहिले लगभग स्नाकोत्तर र स्नातक गरी तीन ब्याच यस विश्वविद्यालयबाट उत्तीण हुने संघारमा छ । अब ती उत्पादित जनशक्तिको इन्पुट प्लेट फर्म कहाँ छ र कहाँ खोज्ने भन्नेमा अन्यौल छ । यसरी उत्पादित जनशक्तिको व्यवस्था र प्रयोग गर्न यस विश्वविद्यालयल केही कदम चाल्ने कि ? सुनिन्छ हाल यस विश्वविद्यालयमा तालाबन्दी र तोडफोढ जस्ता जघन्य कार्य हुँदै आएको छ । त्यस प्रति मेरो पनि खेद प्रकट छ । किन कि म पनि यसै विश्वविद्यालयको अंशियार हुँ भनिन्छ हावा नचले पात हल्लिदैन भने झै अहिले आंगिक र सम्बन्धनको विषयमा सम्बन्धन निजी शैक्षिक संस्थालाई दिनुपर्छ या पर्दैन भन्ने पक्षमा विवाद बढेको देखिन्छ । यदि त्यो नीति नियम संगत सम्बन्धन दिन मिल्ने र नमिल्ने भए सोको पुनर्विचार गरियोस् र अर्कोतर्फ यसक्षेत्रका जनताको हक र समृद्धि खाँतिर यो विश्वविद्यालय जानुपर्छ निवेदन छ सबै प्रबुद्ध वर्गलाई यो विश्वविद्यालय राष्ट्रकै नमुना विश्वविद्यालय बनाउन प्रयत्न गरौं जुटौं, तर तालाबन्दी र राजनैतिक पूर्वाग्रही त्यागौं सबल र मितव्ययी तरिकाले यसको उन्नति पथमा लागि परौं अहिले नगरे कहिले गर्ने र गर्नुपर्ने समय आएको छ र शिक्षा क्षेत्रलाई स्वच्छ र राजनीतिककरणबाट टाढा राखौं ।
(लेखक मप विश्वविद्यालयका पूर्व विद्यार्थी हुन् ।)
प्रकाशित मितिः १९ असार २०७४, सोमबार १५:१६
साझा बिसौनी ।