काँक्रेविहार अब कुमारी बैंक
सुर्खेत, १५ असार ।
सुर्खेतमा प्रधान कार्यालय रहेको काँक्रेविहार विकास बैंकले आज (शुक्रवार) देखि कुमारी बैंक लिमिटेडको नाममा सेवा दिने भएको छ । कुमारी बैंकसँग गाभिएपछि काँक्रेविहारले पनि आजदेखि कुमारीकै नाममा सेवा प्रवाह गर्ने भएको हो ।
काँक्रेविहार विकास बैंक, काष्ठमाण्डप डेपकलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र कुमारी बैंक मर्ज भएका थिए । अब यी सबै बैंकले कुमारी बैंकको नाममा सेवा दिनेछन् । कुमारी बैंकको नाममा सेवा प्रवाहसँगै सुविधा पनि वृद्धि भएको काँक्रेविहार विकास बैंकका प्रबन्धक जगत थापाले बताए ।
उनका अनुसार अहिलेसम्म काँक्रेविहारसँग कारोबार गर्दै आएका उपभोक्ताहरूले अब राष्ट्रियस्तरको कमर्सीयल बैंकले दिने सबै सेवा सुविधा उपभोग गर्न पाउने जानकारी दिए । एटीएम, ई–बैंकिङ्ग, एसएमएस बैंकिङ्ग लगायतका सेवा सेवाग्राहीले पाउनेछन् ।
साझा बिसौनी संवाददाता ।