निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत, ११ असार ।
नेपाल औषधि व्यवसायी संघको ४४ औं स्थापना दिवस सुर्खेतमा पनि मनाइएको छ । दिवसको अवसरमा संघ सुर्खेत शाखाले प्रशान्ती वृद्धआश्रम केन्द्रमा आश्रित भइ आवासीय रूपमा रहेका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि र फलफूल वितरण गरेको छ ।


स्थापना दिवसलाई उपलब्धिमूलक बनाउने उद्देश्यले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधि वितरण गरिएको संघ सुर्खेतका कार्यावाहक अध्यक्ष प्रेमबहादु भण्डारीले जानकारी दिए । उनले संघले आगामी दिनमा पनि यस्ता सामाजिक कामहरू गर्दै जाने बताए ।
कार्यक्रममा भेरी अञ्चल आयुर्वेद औषधालय कालागाउँ सुर्खेतका प्रमुख डा. महेशकुमार खनाल, प्रशान्ती वृद्धाश्रम केन्द्र सुर्खेतका पदाधिकारीहरू चेत अधिकारी, बालकृष्ण श्रेष्ठ, शशी थापासहित नेपाल औषधि व्यवसायी संघ सुर्खेतका रणबहादुर खड्का, राघवेश ज्ञावली, देवराज भारती, गोमा विक, रमेशबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।