‘भागेर जात्रा हेर्न जान्थ्यौं’

प्रकाश अधिकारी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । वि.सं. २०३६ साउन ३ गते उनी जाजरकोटमा जन्मिए । उनी बुबा लक्ष्मीप्रसाद शर्मा र आमा रत्नदेवी शर्माका जेठा छोरा हुन् । व्यवसायिक क्षेत्रमा आफूलाई स्थापित गराइसकेका अधिकारी व्यवसायिक हकहतिसँगै समाजिक भूमिका समेत निभाएका छन् । उनी रत्नलक्ष्मी ग्रुपका प्रबन्धक हुन् । उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः

मेरो जन्म जाजरकोटको खलंगामा भयो । बाल्यकालको धेरै समय दैलेखमा बिताएँ । मेरो बुबा निजामती कर्मचारी हुनुहुन्थ्यो । म जन्मिएको ६ महिनापछि बुबाको सरुवा नेपालगन्ज भएकोले हामी नेपालगन्ज गयौं । त्यहाँ दुई वर्ष बसेपछि हामी दैलेख गएका हौं । मेरो पढाइ पनि त्यहींबाट सुरु भयो । हामी चार भाईबहिनी छौं । म जेठो छोरा हुँ । बुबा निजामती कर्मचारी, प्रायः हाम्रो परिवारमा निजामती सेवातर्फ ध्यान थियो । त्यसकारण पनि सामान्य ज्ञान म धेरै पढ्थँे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा म नछुटाइकन सहभागी हुने गर्थें । म सानोमा अरु साथीहरूका अगाडि सबैभन्दा सानो थिएँ । एक पटक जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता थियो । हाम्रो विद्यालयबाट मेरो समूहको साथीहरू थियौं सहभागी हुने । अन्तिममा दुई वटा टीमको प्रतिस्पर्धा भयो । मैले अन्तिममा एउटा प्रश्नको उत्तर भनें । म सानो हुँदा मैले भनेको प्रष्ट सुनिएन । पछि एक जना कार्यालय प्रमुखले मलाई उचालेर भन्न लगाउनुभयो ।
म सानोमा चकचके स्वभावको थिएँ । मलाई प्रायः चोटपटक लागिरहन्थ्यो । म ३ कक्षामा पढ्ने बेलामा हो । काठको बारदली भएको घर थियो । म बारदलीबाट हेरिरहेको थिएँ । तल एक जना महिला बच्चा समातेर बस्नुभएको थियो । म बारदलिबाट खसें र उहाँको टाउँकामा परें । उहाँको हात नै भाँचियो । मलाई भने केही भएन् । मलाई सानोमा एक्साइज गर्न बढी मन पथ्र्यो । विद्यालयबाट बिदा हुन बित्तिकै हामी ज्याम्नेष्टिक खेल्थ्यौं । दैलेख बजारमा पहिले प्रायः एक–एक तलाका घरहरू थिए । हामी एक घरको छतबाछ अर्को घरको छतमा हाम फालेर रमाइलो गरी खेल्थ्यौं । ती घरका मान्छेहरूले घरमा बुबालाई भनिदिएछन् । बुबाले त रामधुलाई नै गर्नुभयो । मलाई कसैले केही काम गरेको छ भने त्यस्तै गर्न मन लाग्थ्यो । गाउँमा चुनाव आएको थियो । बुबा मदतान अधिकृत हुनुहुन्थ्यो । उहाँसँग निर्वाचनका लागि भनेर मतपत्रहरू घरमा ल्याएर राख्न्नु भएको थियो । ८÷१० वटा मत्रपत्र चोरेर विद्यालयमा लिएर गएँ । सबैलाई मतपत्रमा यसरी छाप लगाउनुपर्छ भनेर सिकाएँ । साथीहरूबीच मतदान गर्ने र यसमा को–को उम्मेदवार उठ्ने भनेर छलफल भयो । एउटा समूहबाट मलाई अध्यक्षको उम्मेदवार गराए । मतदान गरिसकेपछि मैले अध्यक्षमा जितें । साथीहरूले खुशीयालीमा रंग भनेर माटो टाउकाबाट खनाए । सरले देख्नुभयो र थाहा पाउनुभयो । बुबालाई त्यहाँ लक्ष्मी सुब्बा भनेर चिन्थे । मलाई लक्ष्मी सुब्बाको छोरा भनेर भन्थे । सरले बुबालाई भनिदिएपछि बुबाले बेस्सरी पिट्नुभयो ।
दैलेखमा गाठे मंगल र लाखे जात्रा लाग्थ्यो । त्यहाँ नेवार बस्ती भएकोले उनीहरूको परम्परा संस्कृतिलाई संरक्षण गर्न उनीहरू जात्रा लगाउँथे । म घरबाट साथीहरूसँग भागेर जान्थें । जात्राको बेलामा रातभरी हामीले गाठे मंगल निकालेर बिहान जात्रामा सहभागी हुन्थ्यौं । त्यसबेलामा जिल्ला विकास समिति परिसरमा रहेका सुन्तला, नास्पति चोरेर खान्थ्यौं । लाखे जात्रामा म आफै नाँच्थे । त्यसबेलाको रमाइलो घटनाको याद छ । एक पटक म घरबाट भागेर लाखे जात्रामा गएँ । हामी केटा–केटीसँग सामान किन्न पैसा हुन्थेन् । केतुकीलाई पानीमा पिटेर कपाल जस्तो गरायौं । थोरै–थोरै पैसा उठाएर भक्कु किन्यौं । त्यो मैले नै लगाएर नाँचे, भोलिपल्ट । घरमा त खोजाखोज गरेछन् । सबैतिर खोजेछन् म लाखे भएर नाँचेकोले चिन्नुभएन छ, पछि अंकलले चिन्नुभयो ।


अहिलेको जस्तो थिएन पहिले । केटा–केटी एउटै बेन्चमा बस्ने चलन पनि थिएन् । बोल्न पनि अप्ठ्यारो महसुस हुने गथ्र्यो । ४ कक्षामा पढ्ने बेला हो । उचाई र बनौट भन्ने पाठ पढ्नुपथ्र्यो । हिउँदमा चौरमा घाम तापेर पढ्ने गथ्र्यौ । म होचो कदको थिएँ । म्याडमले मलाई सानो देखेर उक्त पाठक पढ्नका लागि भन्नुभयो । मसँगै केटी साथीलाई पनि उठाउनुभयो । हामीलाई जोडेर साथीहरूले जिस्काउन थाले । उनले पनि अप्ठ्यारो महसुस गरिन् । मलाई पनि धेरै नराम्रो लाग्यो । त्यसपछि म घरमा गएर रोएँ । किन रोएको भनेर सोध्दा चिसो भएर रोएको भनें । त्यसपछि टोपी किनिदिन भनें र लामो टोपी किन्न पठाएँ । अघिल्लो दिन आधा रहेको पाठ पढ्न बाँकी थियो । म्यामले फेरि पनि हामीलाई नै उठाउनुभयो । मैले म्याडमलाई म अग्लो छु भने । उहाँले मलाई टोपी लगाएर अग्लो छु भन्ने भनेर निकाल्न लगाउनुभयो ।
म अन्याय भने सहन सक्दैन्थें । लिडरशीप गर्न मनपथ्र्यो । चार÷पाँच कक्षा पढ्ने बेलामा नै हो । अंग्रेजी पढाउने चन्द्र सर हुनुहुन्थ्यो । उहाँ सबै सरहरू भन्दा कडा स्वभावको हुनुहुन्थ्यो । एउटा विषयको समयमा सर पढाउन आउनुभएको थिएन् । हामी साथीहरू हल्ला गरेर बसेका थियौं । चन्द्र सर आएर हातमा लठ्ठीले हान्नुभयो । पछि हामी अब विद्यालय नै बहिस्कार गर्ने भनेर निवेदन लेख्यौं । हामीलाई यसरी पिट्ने ? हाम्रो स्वास्थ्यमा असर प¥यो यसरी पिट्न पाइन्न भनेर । सबै साथीहरू बाहिर बसेका थियौं । पछि प्राचार्य सरले अफिस कोठामा बोलाउनुभयो । सबैलाई लाइन लगाउनुभयो । उहाँले हामीलाई पालैपालो सोध्नुभयो । कोही पनि बोलेनन् । मैले हामीले खाली घण्टी भएकोले हल्ला मात्र गरेका थियौं । हाम्रो हात यसरी सुनिएको छ । हामीले उहाँलाई माफी पनि दिन्नौं र उहाँ हाम्रो गुरु हो । यो भन्दा पनि बढी केही भन्दैनौं भनें । सरले एक पटक सरलाई माफी देऊ भन्नुभयो । पछि हामीले माफी दियौं ।
बाल्यकालमा घरायसी कामहरू भने गरिएन् । प्रायः आमाले नै गर्नुहुन्थ्यो । हामीलाई पढाइमा मात्र ध्यान दिनु भन्नुहुन्थ्यो । हामी बस्ने नजिक प्रायः सबैले दुई वटासम्म बाख्रा पालेका थिए । म स्कुलबाट फर्किसकेपछि साथीहरूसँग बाख्रा चराउन जान्थें । आउँदा खुशीको माथि चढेर आउँथे । आमाले अब खशी दुब्लाउने भयो भनेर कुट्नुहुन्थ्यो । अलि ठूलो भएपछि पौडी खेल्न मन लाग्थ्यो । वन कार्यालय नजिकै पानी ट्यांकी थियो । पानी फोहोर थियो । हामी त्यही गरेर पौडी खेल्ने गथ्यौं । आमाले थाहा पाएर खुट्टा बानेर घरमा ल्याएर नुहाइदिनुभयो । अहिले त स्वीमिङ पुल छन् । हामीले हाम्रा छोराछोरीको लागि त्यही नै लैजान्छौं । सम्झदा अहिलेको जस्तो पहिले हाम्रो पालामा भएको भए कुटाइ खानु पर्दैनथ्यो भन्ने लाग्छ । म साधारण थिएँ । बुबाको कमाइले सबैलाई पुग्दैन भनेर म जिद्धी गर्दैनथें । दुई÷तीन जोर कपडा मैले एक वर्षसम्म बनाउँथे ।
म कक्षा ९ मा पढाइ सकेपछि बुबाको सरुवा कालिकोट भयो । त्यसपछि म र बहिनीलाई सुर्खेतमा पढाउने भनेर सुर्खेत आएँ । अमरज्योति नमुना माविमा फेरि नौ कक्षाबाट पढें । यहाँ आएपछि पनि मैले अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन छोडिन । दैलेखमा जस्तो अतिरिक्त क्रियाकलापमा भाग लिनलाई सजिलो रहेनछ । प्रथम, दोस्रो र तेस्रोलाई मात्र भाग लिन दिने रहेछन् । त्यस बेलामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता रहेछ । मैले भाग लिन पाइन । त्यही पनि कार्यक्रम हेर्नको लागि आएको थिएँ । तर मैले टीम नपुगेकाले भाग लिने अवसर पाएँ । सरले दुई जना साथीहरू लिएर टीम बनाउ भन्नुभयो । मैले बाटोमा हिँडेका साथीहरूलाई ल्याएर टीम बनाएँ । भाग लिएँ । अन्तिममा मेरो टीम प्रथम भयो । मैले विद्यालय पढ्दा करिब डेढ सय किताबहरू पुरस्कार पाएको थिएँ । पछि एसएलसी सकेपछि मैले तिनी पुस्तकहरू सहिद स्मृति पुस्तकालयमा दिएँ ।
पढ्नमा जान्ने छ । लोकसेवा आयोगको तयारी गरेर निजामती सेवामा प्रवेश गरोस् भन्ने चाहना घरमा थियो । पछि उमेर बढ्दै गएपछि मैले राजनीति, सामाजिक क्षेत्रतिर रुचि पनि राख्न थालें । हजुरबुबा व्यापार व्यवसाय गर्नुहुन्थ्यो । बुबाहरू निजामती कर्मचारी भएको कारणले हजुरबुबा बितेपछि मैले व्यापार गर्न थालें । हाम्रोतिर पढेलेखेकाले जागिर गर्नुपर्छ नपढेकाले व्यापार व्यवसाय भन्ने सोच छ । म एक पटक पोखरा एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ धेरै पढेलेखेकाले व्यापार गरेको देख्दा पढेकोले पनि गर्ने रहेछन् भन्ने लाग्यो । मैले २०५८ सालदेखि व्यवसायिक यात्रा सुरु गरेको हुँ । समग्रमा बाल्यकाल राम्रोसँग नै बित्यो । बाल्यकालका केही कुराहरूले मेरो जीवनमा अहिलेसम्म सहयोगी भूमिका निभाएका छन् । मैले अहिले व्यापार क्षेत्रमा व्यवसायसँगै अधिकारका लागि नेतृत्व लिएको छु ।

प्रकाशित मितिः   १२ असार २०७४, सोमबार १५:०४