अविरल वर्षा, बाढीको जोखिम
सुर्खेत: सुर्खेतसहित कर्णाली प्रदेशका अधिकांश जिल्लामा शुक्रवार दिनभर पानी प¥यो । अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । साथै बलियो न्यूनचापीय प्रणाली (डिप्रेसन) भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास छ । यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना छ ।
विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा, मधेस तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने आज राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । अनि मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः १० आश्विन २०८३, शनिबार १५:५९
साझा बिसौनी ।