साना किसान सहकारीको साधारण सभा

सुर्खेत: वीरेन्द्रनगर–३ उत्तरगंगामा रहेको साना किसान कृषि सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । ‘साना किसानको समृद्धिका लागि कृषिको रूपान्तरण र उद्यमशिलताको विकास’ भन्ने मूल नारासहित संस्थाकी अध्यक्ष विन्द्रा थापाको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ मा कूल ५१ करोड ५१ लाख नौ हजार चार सय ७७ कारोबार गर्न सफल भएको मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मीले बताए । उनका अनुसार संस्थाले कृषि उत्पादन, व्यापार, पशुपालन, ग्रामीण उद्यमलगायतमा लगानी एवम् कर्जा प्रवाह गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष विन्द्रा थापाले शेयर सदस्यलाई ६.५ प्रतिशत शेयर बोनस उपलब्ध गराउन सफल भएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयका शाखा प्रबन्धक सविन लामिछानेले सदस्यहरूलााई सहकारीका सेवा सुविधाको प्रभावकारी उपयोग गर्दै वित्तीय अनुशासन कायम गर्नुपर्ने बताए ।

साधारण सभाका अवसरमा विधिन्न विधामा योगदान पू¥याएका सदस्यहरूलाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक योजना तथा कार्यक्रमहरूसमेत प्रस्तुत गरिएको थियो । आगामी वर्षमा संस्थाको सेवा विस्तार, सदस्यको आर्थिक तथा सामाजिक विकास, वित्तीय पहुँच अभिवृद्धि तथा सहकारीको संस्थागत सुदृढकिरणमा प्राथमिकता दिइने जनाइएको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०८३, बिहीबार १६:४३