जलस्रोतको सदुपयोग र क्षति न्यूनीकरणका उपाय
नेपाल जलस्रोतमा धनी देश हो । यहाँका नदीनालाहरूबाट ८३ हजार मेगावाट बिजुली निकाल्न सकिने जलस्रोत विज्ञहरू बताउँछन् । जलस्रोतको सदुपयोगमा सिँचाइमा, पिउने पानीको रूपमा, औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ । साथै जलविद्युत शक्तिको उत्पादन गर्नसकेमा यसबाट औद्योगिक विकासमा प्रयोग गर्न सकिन्छ । यदि नदीनालाहरूमा बग्ने पानीलाई सिँचाइ प्रणालीमार्फत् पोखरी ताल तलैयामा ल्याएर जम्मा गर्नसकेमा पानीको अभाव भएको समयमा यसको प्रयोग सिँचाइ प्रयोजनमा गर्न सकिन्छ । यसबाट कृषि उत्पादन बढ्न गइ समग्र देशको खाद्यान्न उत्पादनमा पनि वृद्धि हुन्छ र भोकमरी तथा कुपोषणको समस्या समाधान गर्न सकिन्छ । खासगरी कोशी, गण्डकी र कर्णाली, महाकाली नदीहरू हुँदै सम्पूर्ण नेपालको जलाधार क्षेत्रमा परेको पानी बाहिरिने गर्दछ । प्राविधिक भाषामा जलाधार क्षेत्र भनेको यस्तो जलीय सीमाना हो जहाँबाट पानी बगेर कुनै एक विन्दुमा जम्मा भइ निकास हुन्छ, पानी ढलोदेखि निकाससम्मको भू–भागलाई जलाधार भनिन्छ । आज जनसंख्याको चापले गर्दा वनजंगल विनाश,जमिनको उर्वराशक्ति विनाश र ह्रास हुँदै जाने,पानीको स्रोतहरूको कमी हुँदै जाने र पानीजन्य प्राकृतिक प्रकोपहरूले गर्दा सम्पूर्ण जलाधार क्षेत्रमा बस्ने बासिन्दाहरूको जीवीकोपार्जनमा समेत असर परिरहेको छ । व्यापक वृक्षारोपण, गह्रा सुधार, पानीको संरक्षण, माटोको संरक्षण र दिगो कृषि उत्पादन प्रविधि, जलाधार संरक्षण शिक्षा र पूर्वाधारहरूको विकास, जलाधार क्षेत्रहरूको पहिचान, प्रकोप न्यूनीकरण र पूर्वतयारी तथा एकीकृत जलाधार व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्नसकेमा पानीले निम्त्याउने प्रकोपका घटनाहरूमा कमी आउने पक्का हो ।
नेपाल कृषि प्रधान देश पनि हो । यद्यपि कृषि क्षेत्रले विभिन्न किसिमका समस्याहरू र चुनौतीहरूको सामना गरिरहनुपरेको छ । हालैका केही वर्षहरूमा जलवायु परिवर्तन र यसले कृषि क्षेत्रमा पारेको प्रभावहरू विकरल हुँदै आइरहेको छ । कृषकहरू निम्नस्तरका र निर्वाहमुखी कृषिमा निर्भर छन्, स्रोतमा गरीब र सिमान्तकृतरूपमा रहेका छन्, प्राकृतिक प्रकोपहरूसँग जुध्ने क्षमता कम र कृषि प्रणालीमा आइपर्ने खतराहरूलाई सहन नसक्ने अवस्थाका छन् । जलवायु परिवर्तनसँगै त्यससँग अनुकूलन हुने क्षमता र खतरा भएको अवस्थामा भार बहन गर्ने क्षमता पनि ज्यादै कम रहेको छ । जलवायु परिवर्तन र यसको कारणले ल्याउने विपत्तिबाट जोगिनको लागि पूर्व तयारीहरूको जानकारी र अनुशरणको क्षमता पनि आवश्यक पर्दछ । त्यसको लागि स्थानीयस्तरमा अटोमेटेड हावापानी नाप्ने संयन्त्रण र त्यसले दिने सूचनाहरूको संकलन, विश्लेषण पश्चात् त्यस्ले दिने जानकारीहरूको अलावा समुदायहरूलाई यसतर्फ क्षमता अभिवृद्धि गर्नसकेमा स्थानीयस्तरमा कृषि बाली प्रणाली, ठाउँ विशेष कृषि प्रणालीको विकास र अनुसरणमा तथा जलवायु परिवर्तनबाट निम्तिन सक्ने घटनाहरूको समयमै व्यवस्थापन गर्न सहयोग पुग्ने देखिन्छ । कृषि विकासको नाममा खासगरी हाइब्रिड जातका कृषि बालीहरूको प्रयोग बढिरहेको छ जुन स्थानीय हावापानीसँग लामो समयसम्म घुलमिल गर्न नसक्ने क्षमता भएका हुन्छन् । तसर्थ स्थानीय हावापानीमा हुर्केका रैथाने जातहरू जो प्रतिकूल मौसममा पनि केही उत्पादनको क्षमता राख्दछन् ती त्यस्ता जातहरूको संरक्षण, सम्वद्र्धन र बजारीकरणको आवश्यक भइसकेको छ । अनुकूलन जहिले पनि स्थानीय वातावरणमा हुने घटना हो । विभिन्न खाले अनुकूलनका उपायहरू आजको कृषि क्षेत्रमा र प्राकृतिक प्रकोपहरूको न्यूनीकरण र व्यवस्थापनमा आवश्यक परेको छ । परम्परागत र वैज्ञानिक तरिकाहरूको समीश्रणबाट स्थानीय हावापानी र स्थानहरूमा अनुकूलन हुने खालका प्रयासहरूको खोजी गर्नु जरुरी छ । जलाधार संरक्षण र विकास कार्यक्रमहरू, जलवायु परिवर्तन अनुकूलन कार्यक्रमहरू, अनुकूलित दिगो कृषि, कृषि जलवायु, जलस्रोत वा पानीको बजेटिङ्ग, जैविक विविधता र पर्यावरणीय प्रणालीका सेवाहरू, प्रकोप न्यूनीकरण,दिगो जिविकोपार्जन, बैकल्पिक ऊर्जा प्रबद्र्धन, खानेपानी र सरसफाइ, स्वास्थ्य र पोषण, महिला सशक्तीकरण, नीति नियमहरूको वकालत जस्ता क्षेत्रहरूलाई सँगै प्रभावकारी रूपमा लैजान सकेमा जलवायुको परिवर्तनबाट हुने प्रत्यक्ष असर र प्रभावहरूबाट बच्न सकिन्छ ।
नदी तथा खोलामा आउने बाढीले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । फेरि तिनै गाउँबस्तीका मानिसहरूले ती नदी खोल्सा खोल्सीहरूको प्राकृति बहाव क्षेत्रलाई बेवास्ता गरी अतिक्रमणकै जस्तो शैलीमा बहाव क्षेत्रमा बाटो बनाउने वा घर बनाउनका लागि प्रयोगमा ल्याउने तथा खोला किनारतिर घर फर्काएर र टसायर हाल्ने गर्दा पानीको प्राकृतिक बहावको बाटो अबरुद्ध भइ वर्षामा आएको बाढीको पानी खोलामा बग्नुपर्नेमा गाउँबस्ती र घरतिर आइ उदण्डा मच्चाइरहेको छ । सहर बजारक्षेत्रमा खासगरी पक्की घरहरू बनाउने, बाटो पक्की बनाउने, नालाहरू बनाउने र आकाशबाट परेको पानी परेकै ठाँउमा सोसिन नपाइकनै बग्ने गर्दा पनि नजिकैको खोलानालामा पानीको परीमाण बढ्ने गर्दछ र जसले प्रकोप निम्तिरहेको छ । पानी जसरी जमिनमा पर्छ त्यसरी नै त्यसलाई जमिनभित्र माटोभित्र नै सोसिन सक्ने प्रविधि विकास गर्नसकेको खण्डमा यो बाढीको समस्या धेरै हदसम्म समाधान हुनेछ । गाउँबस्ती नजिकका खोलाहरूका किनारहरूका वृक्षारोपण गरी बिरुवाहरू हुर्काउने, जाली तटबन्धहरूको निर्माण गर्ने आदि क्रियाकलापहरू पनि गर्नु आवश्यक भएको छ । यस्तै जथाभावी बाटो बनाउने क्रममा प्राकृतिकरूपमा अडिराखेको भूखण्डलाई भत्काइ कमजोर बनाउने काम भइरहेको छ । जसमा वर्षात्मा पानी पर्नासाथ त्यसबाट पानीको अलावा माटोका कणहरू बगेर तलतिर आइ जम्मा हुँदै जाँदै गर्दा खोला नदीहरूमा आइपुग्दा पानीको आयतन बढन जान्छ र नदी खोला नालाले आफ्नो वास्तविक बहाव क्षेत्र परिवर्तन गरी बाढी गाउँबस्तीमा पस्ने गरेको छ । यसले ठूलो मानवीय र भौतिक वस्तुहरूको क्षति गरिरहेको छ । गर्मी मौसममा तराईका जंगलदेखि भित्रि मधेश र पहाडका फेदीका जंगलहरू जलेर खरानीमा परिणत
हुन्छन् । अनि पानी पर्न सुरु गरेपछि परेको पानी जमिनमा सोसिन पाउँदैन किनभने पानीलाई सोस्ने र रोक्ने अवरोधहरू हुँदैनन् साथै पानीलाई अड्याइ राख्ने वस्तुहरू हुँदैनन् वा भए पनि साह्रै कमजोर अवस्थामा रहेका हुन्छन् र जति पानी पर्छ त्यो सबै सतहमा बग्दै जाँदै गर्दा खोलामा मिसिने बेलासम्म त्यसको परिमाण बढ्छ र भयानक खतरनाक बाढीको रूप लिन्छ ।
जंगल र खेतबारीमा परेको पानीलाई यथास्थानहरूमा रोक्ने कुरा, खोला खाल्सीमा बाध पैधि, तटबन्धन बाधी पानी र माटोलार्ई अड्याइ राख्ने कुरा, पक्की घर बाटो आदिबाट बग्दै आएको पानीलाई पनि नजिकैका स्थानहरूमा जमिनतिर नै सोसिन सक्ने प्रविधिहरूको विकास गर्न जरुरत भएको छ । हाम्रो देशको फैलावट पूर्वदेखि पश्चिमतिर लामो आयातकार जस्तो गरी फैलिएको छ तर हाम्रा राजमार्ग, पुल, नहर जस्ता ठूला पूर्वाधारहरूको निर्माण पूर्व पश्चिम मोहडामा फैलिएका छन् र पानीको निकाश भने उत्तरतिरबाट दक्षिणतिर जाने गरेको छ जस्ले प्राकृतिकरूपमा वर्षाको पानीको बहाव जाने स्थानहरूमा यी ठूला पूर्वाधारका संरचना र अन्य मानव निर्मित संरचनाहरूले अवरोध सिर्जना गरेकाले पनि नदी र खोलाहरूको कटान र पटानको कार्य बढ्न गइ प्रकोप कै रूपमा निम्तिने गरेको भन्न सकिन्छ । हालैका वर्षहरूमा सरकारले चुरेक्षेत्र संरक्षण कार्यक्रमहरू ल्याएको छ । खास समस्याहरू के–के छन्, त्यसको अनुसन्धान गरी यथोचित उपायहरू पत्ता लगाउनु जरुरी भइसकेको छ । हाम्रा जलाधार क्षेत्रहरू कुन–कुन हुन्, ती जलाधार क्षेत्रमा कति पानी प¥यो भने त्यो पानी परेकै ठाउँमा सोसिन्छ वा सेचुरेशन हुन्छ, कति परिमाणको पानी प¥यो भने त्यो सतहमा बग्न थाल्छ र समग्रमा कति पानी प¥यो भने उक्त जलाधार क्षेत्रबाट उत्पत्ति भएका खोला नदीहरूमा बाढीको रूपलिन्छ र हालको नदीको आफ्नो बहाव क्षेत्रको सतह कति बढ्छ र कुन हदसम्म वर्षातको पानी प¥यो भने बाढीको रूप लिन्छ वा लिदैंन भन्ने कुरा पर्ने पानीको परिमाण, समय, नदी खोलाको प्रभाव क्षेत्र (क्याचमेन्ट क्षेत्र) को क्षेत्रफल, सेचुरेशनको अवस्था र सतहमा बग्ने अवस्था आदि जस्ता तथ्यहरूको वैज्ञानिक तवरले अनुमान गर्नसकेमा पनि हामीले बाढीबाट हुने ठूलो धनजनको क्षतिलाई कम गर्नसक्छौं र हामीले तय गर्ने बाढी नियन्त्रण र व्यवस्थापनका कार्यक्रमहरूलाई पनि सहयोग प्रदान गर्न सक्दछ ।
वि.सं. २०७१ साल साउन महिनाको २८, २९ र ३० गते परेको अविरल वर्षाका कारण बर्दिया र सुर्खेतमा बग्ने नदी, खोला किनारका बस्तीहरूमा बस्ने मानिसहरू बढी प्रभावित भए । हामीले नदी खोलामा आउने बाढीको बारेमा पूर्व अध्ययन र सूचनाहरू पाउनका लागि चाहिने केही अवस्थाहरू खासगरी हाम्रा जलाधार क्षेत्रहरूको पहिचान, जलाधार क्षेत्रमा पर्ने पानीको वितरण र विवरण, बाढीको रूप लिनसक्ने अवस्था, खोला खाल्सी र नदीको आफ्नो बहाव क्षेत्रको पहिचान जस्ता जानकारीहरूको बारेमा अवगत भएको भए र नदी र खोला नालामा आएको बाढीकोे संकेत ती गाउँहरू बस्तीहरूमा समयमै पु¥याउन सकेको भए यति ठूलो धनजनको क्षति हुने थियन । हाम्रा नदी नालाहरूको जलाधार क्षेत्रहरू कुन–कुन हुन, त्यसको प्रभाव क्षेत्रको क्षेत्रफल कति होे, ती जलाधार क्षेत्रहरूमा कति परिमाणको पानी प¥यो भने तलतिर बग्ने नदीको सतह कति बढ्छ भन्ने कुराको अनुसन्धान हुनु जरुरी छ । नदीको कति सतह बढ्यो भने वा ती जलाधार क्षेत्रहरूमा कति परिमाणमा पानी प¥यो भने त्यही जलाधार क्षेत्रहरूमा रहेका गाउँबस्तीहरूमा पस्ने सम्भावना रहन्छ कि रहँदैन भन्ने कुराको अनुसन्धान हुनु आवश्यक छ । हाम्रा पहाडहरू पहाडतिरका गाउँबस्तीहरू अब वर्षात् जाने बित्तिकै चरम खडेरीको मारमा पर्छन् त्यो सर्वविधितै छ ।
तसर्थ अब सानादेखि ठूला पानी संरक्षण गर्ने पोखरीहरू बनाउनुपर्छ । यी पोखरीहरू हामीले सामूहिक, सार्वजनिक र निजी अवधारणा बमोजिम पनि बनाउन सकिन्छ । स्थानीय रैथाने बोट बिरुवाहरूको प्रयोगबाट स्थानीय वनजंगललाई र जमिनलाई थप हरियाली बनाउनुपर्छ । कृषि क्षेत्रमा गह्रा सुधार गरी वर्षातको पानी बारी र खेतबाट बाहिर सकभर कम भन्दा कम खेर जानदिइ त्यसलाई त्यही संरक्षण र व्यवस्थापन गर्नसकेमा कृषिको दिगो उत्पादन र जीविको पार्जनमा सहयोग पुग्ने देखिन्छ र सिँचाइ गर्न सकिन्छ । अबका दिनहरूमा पानीजन्य स्रोतहरूले निम्त्याउने बाढी पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि एकीकृत जलाधार संरक्षण कार्यक्रमलाई सघनरूपमा लैजानु आवश्यक छ । कृषि क्षेत्रमा पर्ने जलवायु परिवर्तनको असरहरूलाई न्यूनिकरण गर्नका लागि कृषिमा अनुकुलनका तरिकाहरू जस्तै बालीनालीहरूको लगाउने समयमा फेरबदल, बालीनालीहरूमा विविधिकरण र खेतीमा विविधिकरण, मिश्रित खेतीमा बढावा, सिँचाइ असुविधा भएको स्थानहरूमा थोपा र फोहरा सिँचाइ प्रविधि, स्थानीय रैथाने बालीनालीका विभिन्न जातहरूको संरक्षण÷ विस्तार÷बजारीकरण, बाली बिरुवाहरूको अनुवंशिक विकास वा प्रजनन्द्वारा नयाँ वातावरणमा उत्पादन दिने जातहरूको विकास गर्नु अपरिहार्य भएको कुरा निश्कर्षमा आउन सक्दछ ।
(लेखक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाई सुर्खेतका कृषि अधिकृत हुन् ।)
साझा बिसौनी संवाददाता ।