सुशासन कायम गर्न के गर्नुपर्ला ?

मेघनाथ सापकोटा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग
कुनै सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले अनुचित कार्य अथवा भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा कानुन बमोजिम अनुसन्धान र तहकिकात गर्ने गराउने, सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिले अनुचित कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सचेत गराउन वा विभागीय वा अन्य आवश्यक कारबाही गर्न अख्तियारवालालाई लेख्ने । सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार गरेको देखिएमा त्यस्तो व्यक्ति तथा सो अपराधमा संलग्न अन्य व्यक्तिहरू उपरसमेत मुद्दा दायर गर्ने वा गराउने काम अख्यिार अनुसन्धान आयोगले गर्छ र हामीले ती कामहरू गरिरहेका छौं ।

 

महादेव पन्थ, जिल्ला प्रशासन कार्यालय
जिल्लामा शान्ति सु–व्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य हो । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाइ सुशासनको प्रत्याभूति गर्ने उद्देश्यहरू पनि जिल्ला प्रशासनको हो । हामीले भनेको समयमा सेवाग्राहीहरूलाई सेवा पनि दिइरहेका छौं । प्रशासनमा नागरिकता बनाउने, पार्सवड सिफारिस, हातहतियार सम्बन्धी, ठाडो उजुरी लगायतका कामहरू गर्ने भएकाले सेवाग्राहीको भीड पनि हुन्छ । तर, ती सेवाग्राहीलाई समयमा र तोकिएको समयमा हामीले सेवा दिइरहेका छौं ।

 

 

भोजराज लम्साल, जिल्ला शिक्षा कार्यालय
नेपाल सरकार शिक्षा मन्त्रालयबाट निर्माण भएका शैक्षिक नीति र कार्यक्रमहरूलाई जिल्ला, विद्यालय र समुदाय तहमा कार्यान्वयन गर्ने र गराउने काम जिल्ला शिक्षा कार्यालयले गर्दछ । शिक्षा सम्बन्धी र अन्य प्रचलित ऐन नियमहरू साथै शिक्षा मन्त्रालय एवम् विभागको नीति निर्देशनको अधिनमा रही आफ्ना कार्यक्रमहरूलाई सेवाग्राही लक्षित वर्ग समक्ष पु¥याउने काम जिल्ला शिक्षा कार्यालयले गर्छ । हामीले जिल्लाको शिक्षा क्षेत्रमा सुशासन कायम गर्नका लागि कामहरू पनि गरिरहेका छौं । जिल्लाको हरेक विद्यालयहरूमा विद्यार्थीहरूलाई गुणस्तर शिक्षा दिनको लागि हामीले समय समयमा अनुगमनहरू पनि गरिरहेका छौं ।

 

 

गणेश कार्की, उद्योग वाणिज्य संघ
निजी क्षेत्र आर्थिक गतिविधिलाई माथि उठाउने क्षेत्र हो । सुर्खेत उद्योग वाणिज्य संघले जिल्लामा रहेका व्यापारी र व्यवसायहरूको हकहितका लागि काम गर्नेगर्छ । जहाँ आर्थिक जोडिएको हुन्छ त्यहाँ सुशासन कायम गर्न अयन्तै जरुरी छ । आर्थिकसँग भ्रष्टाचार जोडिने भएकाले सुशासन कायम गरी जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउने प्रयासमा हाम्रो पनि साथ रहन्छ । हामीले कार्यालयमा प्रत्यक्ष रूपमा जनताको र उपभोक्ताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्नका लागि सुझाव पेटिका राखेका पनि छौं । कार्यालयले गर्ने कामका बारेमा पनि वडा नागरिक पत्र राखेका छौं ।

 

 

कालिकाप्रसाद कोइराला, जिल्ला कृषि विकास कार्यालय
जिल्ला कृषि विकास कार्यालय प्रत्यक्ष रूपमा किसानसँग जोडिएको हुनाले किसानका गुनासा र जिज्ञासालाई पूर्णरूपमा सुन्ने र समस्या समाधान गर्ने काम हामीले गरिरहेका छौं । जिल्लालाई कृषिमा कसरी आत्मनिर्भर गराउन सकिन्छ भनेर हामीले निरन्तर काम पनि गरिरहरेका छौं । कृषक समूहहरू छन् ती समूहहरूको सुझाव र प्रतिक्रिया लिएर हामीले काम गरिरहेका छौं । कार्यालयमा सुझाव पेटिका राखेका छौं र प्रत्यक्ष रूपमा किसानहरूले फोनमार्फत् पनि सेवा लिइरहनुभएको छ । कृषि क्षेत्रबाट पनि हामीले जिल्लामा सुशासन कायम गर्ने काम गरिरहेका छौं ।

 

 

शम्भु ज्ञवाली, जिल्ला जनस्वास्थ्य कार्यालय
जिल्ला जनस्वास्थ्य कार्यालयले समग्र जिल्लाको स्वास्थ्य अवस्था र जिल्लामा रहेका स्वास्थ्यचौकीमा रहेका दरबन्दी अनुसार कर्मचारी खटाउनु काम गर्छौं । यसमा हामी सधैं निष्पक्ष भएर काम गरिरहेका छौं । गाउँस्तरमा रहेका स्वास्थ्यचौकीहरूमा औषधि त्यहाँका जनताले पाएका छन् वा छैनन् भनेर अनुगमन पनि गर्छौं । पछिल्लो समय जिल्लामा खुल्ला रूपमा सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइएने भनेर हामीले त्यसको नियमित रूपमा अनुगमन पनि गरिरहेका छौं । यस सम्बन्धी विद्यालयस्तरमा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि गरिरहेका छौं । मलाई लाग्छ यसमा पनि सुशासन जोडिएको छ ।

 

 

अमृत लम्साल, जिल्ला समन्वय समिति
जिल्ला समन्यव समिति जिल्लाको एउटा जिम्मेवार निकाय हो । जिल्लाको बजेट बाँडफाँटदेखि जिल्लामा रहेका हरेक आयोजना हेर्ने काम गर्छ । त्यसले गर्दा पनि यसमा सुशासन जोडिएको छ । आर्थिक कारोबार जोडिएको हुँदा हामीले निश्पक्ष भएर काम गर्ने प्रयास गरिरहेका छौं । हामीले कार्यालयमा प्रत्यक्ष रूपमा जनताको गुनासा सुन्नको लागि सुझाव पेटिका राखेका छौं । नागरिक वडा पत्र पनि छ त्यसैअनुसार हामीले काम गर्ने गर्छौं । सुझाव पेटिका हामीले समय समयमा खोलेर हेर्ने पनि गर्छौं तर, सुझाव पेटिका भन्दा प्रत्यक्ष रूपमा टेलिफोनबाट गुनासाहरू आउने गरेका छन् हामीले ती गुनासालाई सुन्ने र समयमा काम पनि गर्ने गरेका छौं ।

 

जमुना पौडेल, महिला तथा बालबालिका कार्यालय
हाम्रो कार्यालयले पीडित महिला जो हिंसामा परेर आउनुहुन्छ त्यस्ता महिलाहरूलाई उहाँहरूको अधिकारका बारेमा जानकारी दिने र उहाँहरूलाई सम्बन्धी निकायसँग समन्यवन गरिदिने काम गर्छौं । महिला अधिकारका लागि हामीले सक्दो र पाएको अधिकारको प्रयोग गरिरहेका छौं । त्यस पनि पछिल्लो समय हाम्रो कार्यालयले अपांगता परिचय पत्र र वृद्धवृद्धाहरूको परिचय कार्ड बाँड्ने जिम्मेवारी पाएको हुँदा हामीले सहज र सरल रूपमा काम गरिरहेका छौ । संस्थागत कामदेखि लैंगिक हिंसा सम्बन्धीका कामहरू पनि गरिरहेका छौं । हामीसँग आउने गुनासा र सुझावहरूलाई मनन् गर्दै हामीले काम गरिरहेका छौं ।

 

जगत बस्नेत, क्षेत्रीय प्रशासन कार्यालय
क्षेत्रीय प्रशासन कार्यालयमा नेपाल सरकारले हेलो सरकारमार्फत् जनताका गुनासा र सुझावहरू सुन्ने गरेको छ । जुनसुकै सरकारी कार्यालयले गरको कामको ढिला सुस्तीका बारेमा सेवाग्राहीहरूले जुनसुकै समयमा पनि गुनासा राख्नसक्ने गरी हेलो सरकारको स्थानीय गरिएको छ । हामीले जनताका गुनासा सुनेर सम्बन्धित कार्यालयहरूमा जनताले पठाएका सुझावहरू पठाउने र सुधारका लागि पहल पनि गर्ने काम गर्छौं र साथै आफ्नै कार्यालयमा पनि हामीले सेवाग्राहीको गुनासा सुन्नको लागि सुझाव पेटिका राखेका छौं । नियमित रूपमा सेवाग्राहीको काम पनि भइरहेको छ । सरकारी कार्यालयहरूमा हुने कामहरूको बारेमा अनुगमन पनि गरिरहेका छौं ।

प्रकाशित मितिः   ११ असार २०७४, आईतवार १२:३३